Annfsu-अनेरास्ववियु

Annfsu-अनेरास्ववियु Student Organization (ANNFSU)

अनेरास्ववियु उपत्यका विषेश बागमति प्रदेश कमिटि द्वारा आयोजित उपत्यका स्तरीय Futsal Tournament को टिम दर्ता अब केहि दिन म...
05/08/2026

अनेरास्ववियु उपत्यका विषेश बागमति प्रदेश कमिटि द्वारा आयोजित उपत्यका स्तरीय Futsal Tournament को टिम दर्ता अब केहि दिन मात्र।
सम्पर्क व्यक्ति -
नितेश लामिछाने- 9855074643
रवि मगर- 9841992549

आज जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी नियन्त्रण तथा सहज आपूर्तिको सुनिश्चितताका ला...
05/08/2026

आज जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी नियन्त्रण तथा सहज आपूर्तिको सुनिश्चितताका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा उपमहानगरपालिका कमिटीको तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएकोछ।

अनेरास्ववियु खोटाङ-काठमाडौं सम्पर्क कमिटीको आठौं अधिवेशन नेपाल कमर्स क्याम्पस बानेश्वरमा संगठनका सचिव कमरेड Gopal Nepal ...
01/08/2026

अनेरास्ववियु खोटाङ-काठमाडौं सम्पर्क कमिटीको आठौं अधिवेशन नेपाल कमर्स क्याम्पस बानेश्वरमा संगठनका सचिव कमरेड Gopal Nepal को प्रमुख आतिथ्यता बाट क.मनोज विष्टको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरि सम्पन्न भएको छ,नवगठित सिंगो कमिटीलाई बधाइ तथा शुभकामना व्यक्त गर्दछु।

#अनेरास्ववियु

हिमाल पहाड तराई कोहि छैन पराई!!सामाजिक सद्भभाब कायम गर्न आयोजित सद्भभाब र्यालिमा उपस्थितिको लागि सम्पूर्ण साथिहरुमा हार्...
31/07/2026

हिमाल पहाड तराई कोहि छैन पराई!!
सामाजिक सद्भभाब कायम गर्न आयोजित सद्भभाब र्यालिमा उपस्थितिको लागि सम्पूर्ण साथिहरुमा हार्दिक अनुरोध गर्दछौ😍🙏

 #प्रेस विज्ञप्तिसुनसरी जिल्लाको देवानगञ्ज लगायत तराईका विभिन्न जिल्लामा केही दिनयता भइरहेका श्रृंखलाबद्ध हिंसात्मक घटना...
30/07/2026

#प्रेस विज्ञप्ति
सुनसरी जिल्लाको देवानगञ्ज लगायत तराईका विभिन्न जिल्लामा केही दिनयता भइरहेका श्रृंखलाबद्ध हिंसात्मक घटनाहरू तथा जारी प्रदर्शनका क्रममा सरकारी पक्षको अत्यधिक बल प्रयोग बाट युवाहरुको मृत्यु भएको घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण
भएको छ ।
देशले विषम परिस्थितिको सामना गरिरहेको यस समयमा प्रधानमन्त्री र गृहमन्त्रीले समस्या समाधानका लागि आवश्यक तदारुकता देखाउनुपर्नेमा मौन रहँदै कुनै ठोस पहल नगर्नु अत्यन्त गैरजिम्मेवारपूर्ण छ । सरकारले ठोस कदम चाली घटनालाई नियन्त्रणमा लिनुको सट्टा आंफै मस्त निन्द्रामा परी नागरिकलाई मर्न बाध्य बनाउने रवैयाप्रति गम्भीर खेद प्रकट गर्दछौं ।
राज्यको अनियंत्रित बल प्रयोगका क्रममा ज्यान गुमाएका युवाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । साथै, वर्तमान परिस्थितिलाई थप जटिल बन्न नदिन सम्पूर्ण राजनीतिक दल, प्रदेश सरकार, नागरिक समाजका अगुवा, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा तथा सम्बन्धित सबै सरोकारवालाहरुलाई सामाजिक सद्भाव, शान्ति, संयम र सहअस्तित्वको पक्षमा एकजुट हुन हार्दिक अपिल गर्दछौं 🙏

अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कूल अफ ल को तेस्रो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।विश्वविद्यालयका पूर्व ...
29/07/2026

अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कूल अफ ल को तेस्रो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।

विश्वविद्यालयका पूर्व संयोजक रोशन घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनले दिलीप चापागाईंको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।

नवनिर्वाचित पदाधिकारीहरू:
• अध्यक्ष: दिलीप चापागाईं
• उपाध्यक्ष: खेमप्रसाद आचार्य, कविता चापागाईं, दीपेश पोखरेल, अनिश अग्रहरी
• सचिव: बामदेव खडका
• सहसचिव: प्रमिला प्रजुली, विशाल पाण्डे, अञ्जली लोध
• कोषाध्यक्ष: सीमा बस्याल
• संगठन विभाग प्रमुख: रोशनी गुप्ता

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना। विद्यार्थी हक, हित र विश्वविद्यालयको समग्र शैक्षिक तथा संगठनात्मक विकासमा नयाँ नेतृत्वले उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दछु।

जिवनका उकालि ओरालि हरुमा सम्हालिएर हिड्न सिकाउने पुजनिय गुरु प्रति  शत-शत नमन:गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्...
29/07/2026

जिवनका उकालि ओरालि हरुमा सम्हालिएर हिड्न सिकाउने पुजनिय गुरु प्रति शत-शत नमन:
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। 🙏

 #प्रेस विज्ञप्ति त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस अगाडी मेरिटोक्रेसीको सुनिश्चितता, सेवा आयोगको नियुक्ति पुनरा...
23/07/2026

#प्रेस विज्ञप्ति
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस अगाडी मेरिटोक्रेसीको सुनिश्चितता, सेवा आयोगको नियुक्ति पुनरावलोकन, बढ्दो महँगी तथा शिक्षामा सरकारको बढ्दो हस्तक्षेपविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अनेरास्ववियु त्रि.वि. का विद्यार्थी नेताहरु हिक्मत कुमार बुढा, कुलबहादुर बुढा, भरत बुढा, प्रकाश सन्ज्याल, प्रकाश क्षेत्री, सुमन डाँगी र दिनेश रेग्मी लगायत अन्य विद्यार्थीहरू माथि प्रहरीले चरम दमन गरी पक्राउ गरेको घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।
राज्यसत्ताको चरम दुरुपयोग गर्दै आम नागरिकमा आतंक सिर्जना गर्ने तथा भुइँमान्छाका आवाजहरूलाई कुल्चिएर अघि बढ्ने सरकारको प्रवृत्ति लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र संविधानप्रदत्त मौलिक अधिकार विपरीत रहेको हाम्रो ठहर छ ।
अतः यस्ता दमनकारी गतिविधि तत्काल बन्द गर्न र पक्राउ परेका सम्पूर्ण विद्यार्थीहरूलाई निसर्त तत्काल रिहा गर्न सरकार समक्ष जोडदार माग गर्दछौं ।

हार्दिक अभिवादन सहित!

 #शोक वक्तव्य अनेरास्ववियु निर्वाचन आयोग सचिव क. विशाल पराजुलीकी ममतामयी माता मिना पराजुलीको असामयिक निधनको खबरले अनेरास...
21/07/2026

#शोक वक्तव्य

अनेरास्ववियु निर्वाचन आयोग सचिव क. विशाल पराजुलीकी ममतामयी माता मिना पराजुलीको असामयिक निधनको खबरले अनेरास्ववियुको सिङ्गो पंक्तिलाई मर्माहित बनाएको छ ।
दिवंगत माताप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा कमरेड विशाल लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

उपत्यकामा रहनुहुने सम्पूर्ण कम्रेडहरुलाइ उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछु ।।।
15/07/2026

उपत्यकामा रहनुहुने सम्पूर्ण कम्रेडहरुलाइ उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछु ।।।

Address

Https://goo. Gl/maps/hqZRJe6Xg4SDFN5r 5
Kathmandu
44605

Alerts

Be the first to know and let us send you an email when Annfsu-अनेरास्ववियु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Annfsu-अनेरास्ववियु:

Shortcuts

Share