Ministry of Education and Sports-Nepal

Ministry of Education and Sports-Nepal Official page of Government of Nepal, Ministry of Education and Sports

प्रेस विज्ञप्ति
19/08/2026

प्रेस विज्ञप्ति

शिक्षा संवाद | बुटवलशिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँ...
19/08/2026

शिक्षा संवाद | बुटवल
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने अभियान ‘शिक्षा संवाद’ आज श्री कालिका मानवज्ञान माध्यमिक विद्यालय, कालिकानगर-बुटवलमा हुँदैछ।
शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग संवाद गर्दै सुझाव र अपेक्षा संकलन गरिनेछ।

शिक्षा संवाद | पोखरा शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालास...
18/08/2026

शिक्षा संवाद | पोखरा
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने अभियान ‘शिक्षा संवाद’ आज श्री विन्ध्यवासिनी मा.वि. बाटुलेचौर,पोखरामा हॅुदैछ।
शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग संवाद गर्दै सुझाव र अपेक्षा संकलन गरिनेछ।

कार्यक्रममा सहभागी हुन 9851014006 मा सम्पर्क गर्नुहोस्।यदि तपाईं प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ हुनुहुन्छ भने Google...
17/08/2026

कार्यक्रममा सहभागी हुन 9851014006 मा सम्पर्क गर्नुहोस्।

यदि तपाईं प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ हुनुहुन्छ भने Google Form मार्फत पनि आफ्ना सुझाव तथा अपेक्षा पठाउन सक्नुहुनेछ।

https://forms.gle/pXdFjnQPhehgCG1q9

शिक्षा संवाद | हेटौंडाशिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवाला...
17/08/2026

शिक्षा संवाद | हेटौंडा
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने अभियान ‘शिक्षा संवाद’ आज श्री प्रगति माध्यमिक विद्यालय, मकवानपुर , हेटौंडामा हुँदैछ।
शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग संवाद गर्दै सुझाव र अपेक्षा संकलन गरिनेछ।

शिक्षा संवाद | जनकपुरशिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालास...
16/08/2026

शिक्षा संवाद | जनकपुर
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने अभियान ‘शिक्षा संवाद’ आज जनकपुरमा हुँदैछ।
शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग संवाद गर्दै सुझाव र अपेक्षा संकलन गरिनेछ।

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल तथा माननीय सांसद सरिता महतोको उपस्...
12/08/2026

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल तथा माननीय सांसद सरिता महतोको उपस्थितिमा नेपालमा न्यूरो विकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको सुदृढीकरणसम्बन्धी सरोकारवालासँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।

छलफलमा न्यूरो विकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, प्रारम्भिक पहिचान तथा निदान, थेरापी एवं पुनर्स्थापना सेवा, समावेशी शिक्षा, दक्ष जनशक्ति, पूर्वाधार तथा देशभर सेवाको पहुँच विस्तारका विषयमा छलफल गरिएको थियो।

बालबालिका र तिनका परिवारका लागि पहुँचयोग्य, समावेशी र दिगो सेवा प्रणाली सुदृढ गर्दै आवश्यक नीति, कार्यक्रम तथा कार्यदिशा तय गर्ने उद्देश्यले छलफल गरिएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयको तर्फबाट सम्पूर्ण नेपाली युवाहरूमा अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को हार्दिक शुभकामना!युवाक...
12/08/2026

शिक्षा तथा खेलकुद मन्त्रालयको तर्फबाट सम्पूर्ण नेपाली युवाहरूमा अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को हार्दिक शुभकामना!
युवाको सिर्जनशीलता, क्षमता र ऊर्जालाई सही अवसर, शिक्षा, सीप र नेतृत्वसँग जोड्दै समावेशी, सक्षम र समृद्ध नेपाल निर्माणमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।

माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलज्यूको उपस्थितिमा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच, अवसर र समावेशि...
11/08/2026

माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलज्यूको उपस्थितिमा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच, अवसर र समावेशितासम्बन्धी विषयमा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।

छलफलमा माननीय सांसद यशोदा बरालज्यू, माननीय सांसद गंगा छन्त्यालज्यू तथा माननीय सांसद सरिता महतोज्यू लगायत अपाङ्गता भएका व्यक्ति, शिक्षक, अपाङ्गता अधिकारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

व्यवस्थापिका र कार्यपालिका दुवै तहका प्रतिनिधि, सरोकारवाला तथा अपाङ्गताको प्रत्यक्ष अनुभव भएका व्यक्तिहरूको सहभागितामा शिक्षाको क्षेत्रमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका चुनौती तथा अवरोधहरूबारे छलफल गरिएको थियो।

छलफलमा प्राप्त अनुभव, सुझाव र सरोकारका आधारमा विद्यमान चुनौतीहरूको पहिचान गर्दै समावेशी, पहुँचयोग्य, समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक नीतिगत तथा व्यावहारिक उपायहरू बारे छलफल गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित “Policy Lab on University Faculty Recruitment, Development, and Promotion ” दुई...
08/08/2026

शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित “Policy Lab on University Faculty Recruitment, Development, and Promotion ” दुई दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको दोस्रो दिन राष्ट्रिय योजना आयोग अनुदान , विश्वविद्यालय अनुदान आयोग तथा शिक्षक सेवा आयोगका पदाधिकारीहरूले विश्वविद्यालय शिक्षक भर्ना, क्षमता विकास, कार्यसम्पादन, वृत्ति विकास तथा पदोन्नति प्रणालीसँग सम्बन्धित महत्वपूर्ण विषयवस्तु तथा सुझावहरू प्रस्तुत गर्नुभयो। साथै, उच्च शिक्षा क्षेत्रको गुणस्तरीयता, पारदर्शिता, जवाफदेहिता तथा समसामयिक आवश्यकताअनुकूल नीतिगत सुधारका विषयमा सहभागीहरूबीच गहन छलफल तथा विचार विमर्श भएको थियो।
उच्च शिक्षा प्रणालीलाई थप गुणस्तरीय, अनुसन्धानमुखी, प्रतिस्पर्धी तथा उत्तरदायी बनाउने उद्देश्यले आयोजित यस नीतिगत प्रयोगशालाले प्रमाणमा आधारित नीति निर्माण, सरोकारवालाबीचको सहकार्य तथा विश्वविद्यालय शिक्षक व्यवस्थापन प्रणालीमा आवश्यक सुधारका लागि महत्वपूर्ण आधार तयार गरेको छ।
कार्यक्रमको समापन शिक्षा तथा खेलकुद मन्त्रीज्यूका सल्लाहकार श्री शैलेन्द्र झाले गर्नुभयो।
दुई दिनसम्म सञ्चालन भएको यस नीतिगत प्रयोगशालामा प्राप्त सुझाव, विचार तथा निष्कर्षलाई आगामी नीतिगत सुधार तथा निर्णय प्रक्रियामा उपयोग गरिने अपेक्षा गरिएको छ।

Address

सिंहदरबार, काठमाडौँ, नेपाल
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ministry of Education and Sports-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ministry of Education and Sports-Nepal:

Shortcuts

Share