27/07/2026
बुढानिलकण्ठ नगरपालिका वडा २ र १३ जोड्ने भद्रकाली पुल नजिक सडकमा खाल्डो परेको छ।
सो स्थानको पुलमा खाल्डो पर्दा सवारी आवागमनमा अवरोध पुगेको वडा -२ का अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन। सो क्षेत्रको निकै महत्वपूर्ण पुर्वाधारका रूपमा रहेको पुल र खाल्डो निर्माण गर्न तत्काल पहल शुरु गरिएको बताउदै अध्यक्ष श्रेष्ठले असुविधा प्रति दु:ख व्यक्त गरेका छन।