14/09/2026
राष्ट्रिय बाल दिवस २०८३ | बालापनको रक्षा: भविष्यको सुरक्षा 🌈
हरेक बालबालिकाले माया, सुरक्षा, सम्मान, शिक्षा, खेल्ने अवसर र आशाले भरिएको बालापन पाउनुपर्छ।
आज राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा बालबालिका, अभिभावक, परिवार, समुदाय, नागरिक समाज तथा नेपाल सरकारसँगै हामी पनि प्रत्येक बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनप्रति आफ्नो साझा प्रतिबद्धता व्यक्त गर्दछौँ।
यस वर्षको राष्ट्रिय नारा “बालापनको रक्षाः भविष्यको सुरक्षा” ले हामी सबैलाई बालबालिकाको वर्तमान सुरक्षित नगरी सुरक्षित भविष्य निर्माण गर्न नसकिने महत्वपूर्ण सन्देश दिन्छ।
विशेषगरी हालैका विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सुरक्षा र संरक्षण अहिले अझ महत्वपूर्ण बनेको छ। धेरै बालबालिकाले अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका, विस्थापित भएका वा हिंसा, शोषण तथा बेचबिखनको जोखिम सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा उनीहरूको सुरक्षा, मनोसामाजिक स्वास्थ्य, शिक्षा, परिवारसँग पुनर्मिलन र आधारभूत सेवामा पहुँच लाई प्राथमिकतामा राख्नु हाम्रो साझा जिम्मेवारी हो।
राइज अप फाउन्डेसन नेपाल को विश्वास छ—बाल संरक्षण दया वा सहयोगको विषय मात्र होइन; यो बालबालिकाको मौलिक अधिकार र हाम्रो साझा जिम्मेवारी हो।
आउनुहोस्, यस्तो समाज निर्माण गरौँ जहाँ:
🌱 हरेक बालबालिका हिंसा र शोषणबाट सुरक्षित होस्।
📚 हरेक बालबालिकाले शिक्षा र विकासको अवसर पाओस्।
💬 हरेक बालबालिकाको आवाज सुनियोस् र सम्मान गरियोस्।
❤️ हरेक बालबालिकाले सम्मान र सुरक्षित वातावरणमा बाँच्न पाओस्।
आज बालापन जोगाऔँ, भोलिको भविष्य सुरक्षित गरौँ।
🌈 राष्ट्रिय बाल दिवस २०८३ को हार्दिक शुभकामना!
#राष्ट्रियबालदिवस२०८३ #बालापनकोरक्षाभविष्यकोसुरक्षा #बालअधिकार #बालसंरक्षण #बालसहभागिता #हरेकबालबालिकामहत्वपूर्णछन्