Kathmandu Valley Police Training School

Kathmandu Valley Police Training School कानुन भन्दा कोहि छैन माथी,
उत्कृष्ट प्रहरी कार्य सम्पादन निर्माणमा हाम्रो योगदान । काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय,महाराजगंज

आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८३।०५।०१ गते देखि यस काठमाडौ उपत्यका  प्रहरी शिक्...
17/08/2026

आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८३।०५।०१ गते देखि यस काठमाडौ उपत्यका प्रहरी शिक्षालय महाराजगन्जमा सञ्चालन भएको “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (जु.प्र.अ.) तालिम आठौँ समूह" को समुद्घाटन कार्यक्रम यस शिक्षालयका प्रहरी निरीक्षक भगवती तिमिल्सेनाज्यूबाट सम्पन्न भएको छ ।

पुरस्कार वितरण कार्यक्रम सम्पन्न २०८३ साउन २९ गते ।*******यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जमा कार्यरत प्रश...
14/08/2026

पुरस्कार वितरण कार्यक्रम सम्पन्न
२०८३ साउन २९ गते ।
*******
यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जमा कार्यरत प्रशिक्षक र प्रशिक्षार्थीहरूको मनोबल अभिवृद्धि कार्यक्रम अन्तर्गत मिति २०८३ साउन २७ गते देखि आज २९ गतेसम्म सञ्चालन भएको बुद्धिचाल प्रतियोगिताका विजेता तथा उप विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै सांगठनिक नीति निर्देशन बमोजिम आफूलाई प्राप्त जिम्मेवारी तथा पदीय दायित्वलाई अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भई उच्च व्यवसायिकताका साथ निर्वाह गरि यस शिक्षालयको प्रशिक्षण तथा प्रशासनिक गतिविधिहरुलाई समयानुकुल गुणस्तरीय बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई यस शिक्षालयका समादेशक प्रहरी उपरीक्षक श्री वीरेन्द्र बहादुर शाहीज्यूको प्रमुख आतिथ्यता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका केही झलकहरू .....

सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ।।आज मिति २०८३।०४।२९ गतेका दिन यस कार्यालयका प्रहरी कर्मचारी र प्रहरी जवान आधारभूत...
14/08/2026

सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ।।
आज मिति २०८३।०४।२९ गतेका दिन यस कार्यालयका प्रहरी कर्मचारी र प्रहरी जवान आधारभूत तालिम ३-७ औँ समुहका प्रशिक्षार्थीहरुको सहभागितामा रानीवारी सामुदायिक वन र रानीदेवी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका केही झलकहरू........................

"शुभकामना तथा फेरी भेटौला कार्यक्रम" सम्पन्नःनेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा,...
11/08/2026

"शुभकामना तथा फेरी भेटौला कार्यक्रम" सम्पन्नः
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको च.नं. ५५१, मिति २०८३/०४/२५ गतेको पत्रले काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा काज सरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक श्री कमल बजगाँईज्युको आज मिति २०८३/०४/२६ गते यस शिक्षालयका समादेशक प्रहरी उपरिक्षक श्री बिरेन्द्र बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरी भेटौंला” कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा समादेशकज्यूले रवाना भई जान लाग्नुभएका प्र.ना.उ. श्री कमल बजगाँईज्यूलाई फुलगुच्छा, खादा र मायाको चिनो प्रदान गर्नुका साथै नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो । सोहि अवसरमा रवाना भई जान लाग्नु भएका प्र.ना.उ. श्री कमल बजगाँईज्यूले आफ्नो अनुभव सहित मन्तव्यको क्रममा यस शिक्षालयमा कार्यरत रहँदाको बखत शिक्षालय परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रमका केहि झलकहरु....................

आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८३/०४/०४ गते देखि यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, म...
10/08/2026

आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८३/०४/०४ गते देखि यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जमा सञ्चालित "महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (प्र.ज. देखि प्र.व.ह.) तालिम नवौँ समूह” को आज मिति २०८३/०४/२५ गते यस शिक्षालयका समादेशक प्रहरी उपरीक्षक श्री बीरेन्द्र बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सम्बोधन गर्नुका साथै तालिम सफलतापू्र्वक समापन गरेकोमा सम्पुर्ण सहभागीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा उक्त तालिमका तालिम संयोजक प्रहरी निरीक्षक श्री भगवती तिमिल्सेनाज्यूले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो ।
उक्त कार्यक्रमका केहि झलकहरू...........

"बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न"२०८३ साउन २० गते बुधबार ।....................................................आज मि...
05/08/2026

"बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न"
२०८३ साउन २० गते बुधबार ।....................................................
आज मिति २०८३ साउन २० गते यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालयबाट अनिवार्य सेवा निवृत्त हुनु भएका प्रहरी कार्यालय सहयोगी श्री गजेन्द्र ठाकुर हजामज्यूको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस शिक्षालयका समादेशक प्रहरी उपरीक्षक श्री बीरेन्द्र बहादुर शाहीज्यूले अनिवार्य सेवा निवृत्त भई जान लाग्नुभएका प्रहरी कार्यालय सहयोगी गजेन्द्र ठाकुर हजामज्यूलाई अवकाश पत्र, कदर पत्र र मायाको चिनो प्रदान गरी फुलमालाद्वारा सम्मान एवं शुभकामना व्यक्त गर्दै सेवामा रहँदा पुर्‍याउनुभएको योगदानको उच्च कदर तथा प्रशंसा गर्नुका साथै सेवा निवृत्त पश्चातको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना समेत व्यक्त गर्नुभएको थियो । शुभकामना तथा धन्यवाद ज्ञापनकै क्रममा उपस्थित परिवारजन समेतलाई निज प्रहरी कार्यालय सहयोगी सेवामा रहँदाका बखत पुर्‍याउनुभएको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रमका केहि झलकहरू....

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न:२०८३ साउन १९ गते मंगलबार ।.................................................
04/08/2026

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न:
२०८३ साउन १९ गते मंगलबार ।.....................................................................
आज मिति २०८३ साउन १९ गते तालुक काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुशील सिंह राठौरज्यूद्वारा यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षणका क्रममा प्र.अ.म.नि. ज्यूले यस कार्यालयको परिसर, सम्पूर्ण शाखाहरु, आन्तरिक प्रशिक्षण कक्षाकोठाहरु, प्रशिक्षक तथा प्रशिक्षार्थी ब्यारेक, सिमुलेसन हल, लाईब्रेरी, मेष तथा क्यान्टिन लगायतका स्थानहरूको निरीक्षण तथा अनुगमन गर्नु भई उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्ने, लैङ्गिक संवेदनशीलता कायम गर्ने, प्रशिक्षण कार्यमा विषयवस्तुसँग सम्बन्धित क्षेत्रका विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण प्रदान गर्दा प्रभावकारी हुने लगायतका विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रमका केही झलकहरू ....................................................................................

03/08/2026
“प्रहरी जवान आधारभूत तालिम ३-८ औँ समूह” को तालिम समुद्‍घाटन कार्यक्रम सम्पन्न.............------------------------------...
30/07/2026

“प्रहरी जवान आधारभूत तालिम ३-८ औँ समूह” को तालिम समुद्‍घाटन कार्यक्रम सम्पन्न.............
-------------------------------------------------------------------
आज मिति २०८३ साउन १४ गतेका दिन यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जका समादेशक प्रहरी उपरीक्षक श्री बीरेन्द्र बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा 'प्रहरी जवान आधारभूत तालिम ३-८ औँ समूह' को विधिवत रुपमा तालिम समुद्‍घाटन भएको छ ।
उक्त कार्यक्रममा समादेशकज्यूले प्रशिक्षार्थीहरूलाई प्रहरी संगठनमा आबद्ध हुनुभएकोमा बधाई तथा धन्यवाद व्यक्त गर्दै अनुशासित तवरले तालिम सफलतापुर्वक सम्पन्न गर्नको लागि शुभकामना व्यक्त गर्नुका साथै प्रशिक्षक वर्गलाई गुणस्तरीय प्रशिक्षण प्रदान गरी समय सापेक्ष प्रहरी जनशक्ति उत्पादन गर्दै संगठनको लक्ष्य प्राप्तिको लागि विशेष तवरले खटी योगदान पुर्‍याउनको निम्ति निर्देशन समेत दिनुभएको थियो ।
सो कार्यक्रममा उक्त तालिमका तालिम संयोजक प्रहरी निरीक्षक श्री गम्भिर जंग थापाज्यूले तालिम सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रमका केहि झलकहरू.......................

काठमाडौँ उपत्यका प्रहरी शिक्षालयको १६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न...
28/07/2026

काठमाडौँ उपत्यका प्रहरी शिक्षालयको १६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न
मिति २०८३।०४।१२ गते मंगलबार ।
-----------------------------------------------------------------------------
आज मिति २०८३।०४।१२ गतेका दिन यस शिक्षालयको १६ औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवासँगको समन्वयमा ‘रक्तदान कार्यक्रम’ आयोजना गरी सम्पन्न गरिएको छ । साथै सोहि अवसरमा यस शिक्षालय परिसरभित्रका विभिन्न स्थानहरुमा वृक्षारोपण गरिनुका साथै वार्षिकोत्सवको अवसरमा आयोजित फुटबल तथा भलिबल प्रतियोगितामा विजेता हुन सफल प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा यस शिक्षालयका समादेशक प्रहरी उपरीक्षक श्री बीरेन्द्र बहादुर शाहीज्यूले सम्पुर्ण प्रहरी कर्मचारीहरु तथा प्रशिक्षणरत प्रशिक्षार्थीहरुलाई शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रमका केहि झलकहरु...........

Address

Maharajgunj
Kathmandu
10378

Alerts

Be the first to know and let us send you an email when Kathmandu Valley Police Training School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kathmandu Valley Police Training School:

Shortcuts

Share