14/05/2026
गुरुङ, मगर, नेपाल भाषा तथा तामाङ भाषालाई पोखरा महानगरपालिको सरकारी कामकाजको भाषा र आधारभूत तहमा मातृभाषा शिक्षाको व्यवस्था सम्बन्धमा निवेदन पत्र !
यही मिति २०८३ वैशाख ३१ गते बिहिवारका दिन पोखरा महानगरपालिकाको सरकारी कामकाजको भाषा र विद्यालयको आधारभूत तहमा मातृभाषा शिक्षाको व्यवस्था सम्बन्धमा निवेदन पत्र नगर प्रमूख धनराज आचार्य ज्यूको अनुपस्थितिमा उप प्रमूख मञ्जुदेवी गुरुङ ज्यू मार्फत नगर प्रमूख ज्यूले पत्र बुझ्ने गरि उप प्रमूख ज्यूलाई पत्र बुझाउने कार्य सम्पन्न भयो I
साथै उक्त पत्र बुझाउने क्रममा उपस्थित हुने प्रमूख ज्यूको निजी स्वकीय सचिव पूर्ण लामा ज्यू लगायत सम्पूर्ण अधिकारकर्मी मित्रहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ I
निवेदन पत्रको व्योहोरा निम्नानुसारको छ I
नगर प्रमूख ज्यू ,
पोखरा महानगरपालिका,
नगर कार्यपालिकाको कार्यलय,
गण्डकी प्रदेश, नेपाल I
विषय : पोखरा महानगरपालिकाको सरकारी कामकाजको भाषा र विद्यालयको आधारभूत तहमा मातृभाषा शिक्षाको व्यवस्था सम्बन्धमा I
महोदय,
प्रस्तुत विषयमा नेपालको संविधानको धारा ६, ऐ. धारा ७ को उपधारा (२) , ऐ. धारा १८ को उपधारा (२), ऐ. धारा ३२ को उपधारा (१), ऐ. धारा ३२ को उपधारा (२), ऐ. धारा ३२ को उपधारा (३), ऐ. धारा २८७ को उपधारा (६) को खण्ड (क), ऐ. धारा ५१ को खण्ड (ग) को उपखण्ड (७), गण्डकी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन, २०८२, नेपालको संविधानको धारा ३१ को उपधारा (१), ऐ. धारा ३१ को उपधारा (५), ऐ. धारा २८७ को उपधारा (६), स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (फ), ऐ. ऐन को दफा ११ को उपदफा (२) को खण्ड (ज), शिक्षा ऐन २०२८, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, विद्यालय क्षेत्र विकास योजना, आवधिक योजना, भाषा आयोगको प्रतिवेदन, २०७५, राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६, मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR) १९४८, युनेस्को (UNESCO) को शिक्षामा विभेद विरुद्धको महासन्धि, १९६०, बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ (Convention on the Rights of the Child - CRC), दिगो विकास लक्ष्य ( The Sustainable Development Goals - सन् २०३०; आर्थिक, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ (International Covenant on Civil and Political Rights - ICCPR), सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (ICESCR), आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र (United Nations Declaration on the Rights of Indigenous Peoples - UNDRIP), आदिवासीसँग सम्बन्धित अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ (Indigenous and Tribal Peoples Convention, 1989) (No 169), अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी घोषणापत्र (Declaration on the Rights of Persons Belonging to National or Ethnic, Religious and Linguistic Minorities, 1992) त्यसका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासहरु बमोजिम निम्न लिखित बुदाँहरु कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइयोस् भनि हार्दिक अनुरोध गर्दछौ I
१) गण्डकी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन, २०८२ को कार्यान्वयन संगै गण्डकी प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा गुरुङ र मगर भाषा लागु भएको सन्दर्भमा पोखरा महानगरपालिकाले पनि सरकारी कामकाजको भाषाका विषयमा सोही बमोजिम हुने गरि गुरुङ र मगर भाषालाई पोखरा महानगरपालिको सरकारी कामकाजको भाषा लागु गर्ने व्यवस्था मिलाइयोस् I
२) नेपालको संविधानको धारा २८७ को उपधारा (६) अनुसार भाषा आयोगले गण्डकी प्रदेशमा नेपाल तथा तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा निश्चित क्षेत्र र कार्यका लागि प्रयोग गर्न सकिने भनि सिफारिस गरेको हुनाले सोही बमोजिन नेपाल भाषा तथा तामाङ भाषालाई पोखरा महानगरपालिको सरकारी कामकाजको भाषा लागु गर्ने व्यवस्था गरियोस् I
३) साथै निश्चित क्षेत्र र कार्यका लागि प्रयोग गर्न सकिने गरि अल्पसंख्यक र लोपोन्मुख मातृभाषालाई पनि पोखरा महानगरपालिको सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिने व्यवस्था गरियोस् I
४) काठमाडौँ महानगरपालिकामा विद्यालयको आधारभूत तहमा नेपाल भाषा (मातृभाषा) मा आधारित स्थानीय विषयको शिक्षा उपलब्ध गराए जस्तै पोखरा महानगरपालिका विद्यालयमा पनि स्थानीय विषयको शिक्षा प्रादेशिक र बहुसंख्यक मातृभाषा; गुरुङ भाषामा उपलब्ध गराउने व्यवस्था मिलाइयोस् I
५) ऐतिहासिक भाषिक सघनता भएको क्षेत्रमा र बहुसंख्यक मातृभाषी विद्यार्थी भएको विद्यालयमा उक्त मातृभाषाको विषयगत शिक्षणको व्यवस्था गरियोस् I
६) त्यस्तै अल्पसंख्यक र लोपोन्मुख मातृभाषी समूदायका विद्यार्थीलाई दुर तथा खुल्ला शिक्षाको माध्यम मार्फत मातृभाषाको विषयगत सिकाइको मिलाइयोस् I
त्यसै गरि Nelson Mandela को भनाइले पनि मातृभाषा र बहुभाषिक नीतिको सुन्दर बहुआयामिक पक्षको उजागर गरेको छ I "If you talk to a man in a language he understands, that goes to his head. If you talk to him in his language, that goes to his heart."
अत : माथि उल्लेख गरिएका बुदाँहरुको कार्यान्वयनले नेपालको संविधानको मर्म र विद्यालय शिक्षाको उदेश्य ; बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई आत्मसात् गर्दै मानव अधिकार, सामाजिक न्याय, समानता, समावेशिता, सामाजिक सद्भाव तथा सहिष्णुता मूल्य मान्यताको थप अभिवृद्धि गर्दै दिगो शान्ति कायम गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने छ I
मिति : ३१ वैशाख २०८३, बिहिवार
बोधार्थ :
१, श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँ I
२, श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौँ I
३, श्री सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा I
४, श्री शिक्षा समिति, पोखरा महानगरपालिका I
धन्यवाद I
राष्ट्रिय न्यायिक अधिकार मञ्च, नेपाल ।
📞 सम्पर्क नं : ९८४६९०६५८८