14/06/2026
२१ औ स्थापना दिवस सम्पन्न ।
हार्दिक आभार तथा धन्यवाद सहयोगी हातहरू प्रति ।
किरात किरात राई सांस्कृतिक कलाकार संघको २१ औ स्थापना दिवस यही ३० जेष्ठ२०८३ काठमाडौ र ओखलढुंगामा एकै साथ सभ्यभब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा किराती सभ्यता विकास निर्माणमा उल्लेख्य योगदान गर्नुहुने ब्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कारहरू र किरात राई अन्तर संघसंस्था हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मान तर्फ:
सम्मानहरूमा किरात राई सांस्कृतिक सम्मान -२०६८ द्वारा नगद सहित किराया पुर्वअध्यक्ष यसोदा राई, किरात राई संगीत सम्मान- २०७८ द्वारा बरिष्ठ गायक, संगीतकार संघको संस्थापक पुर्वअध्यक्ष जीतेन राईलाई नगद सहित सम्मान गरियो ।
पुरस्कार तर्फ:
किरात राई प्रतिभा पुरस्कार कोष -२०६७ द्वारा नगद सहित गायक सागर संसार राई, हर्कजङ छलिशोभा किरात कला पुरस्कार कोष २०६८ द्वारा किराती व्यक्तित्व / श्रष्टा नगद सहित चन्द्र जयपाल राई, तेज- तिला किरात संगीत पुरस्कार -२०७० द्वारा किराती व्यक्तित्व / श्रष्टा नगद सहित आसोक लोहोरुङ राई र शिव चन्द्र डिक सोभा राई उत्कृष्ट रचना पुरस्कार -२०८१ द्वारा किराती व्यक्तित्व / श्रष्टा नगद सहित वीरेन्द्र राईलाई नगद सहित सम्मान गरिएको थियो ।
हाजिरी जवाफ तर्फ :
हाजिरी जवाफमा यस पटक भने ऐतिहासिक गढीहरूको नामहरूबाट राखिएको थियो । जसमा क्रमश प्रथम स्थान हासिल साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्वन केन्द्र अन्तराष्ट्रिय समिति (मझुवा गढी -खोटाङ), द्वितीयक स्थान साङ्केन क्रियाशन (तलुवा गढी -ओखलढुङ्गा), तेस्रो स्थान किरात चेलीमाइती समुह (च्यास्मी गढी -खोटाङ) भएका थिए जसलाई क्रमश नगद रु १५००००/- (अक्षरेपी पन्ध्र हजार), १२०००/- (वाह हजार ), १००००/- (दश हजार मात्र ) र प्रमाणपत्र सहित वितरण गरिएको थियो ।
अन्य सहभागी संस्थाहरूमा जुनशिला कलेक्शन (खोटेहाङ गढी), रोदुङ चाम्लिङ दिखलिपाछा रोमीपोमी (हलेसी गढी -खोटाङ), किरात स्वायत्तता जनअभियान के. स. (खाम्तेल गढी -खोटाङ), बोमाखाम्छा चाम्लिङ राई खोटाङ काठामाडौं सम्पर्क समिति (खिल्कु गढी -खोटाङ), किराया ललितपुर (चैनपुर गढी -संखुवासभा), किरात संस्कृति जागरण पुस्ता (केपिलास गढी-खोटाङ), किरात राई कर्मचारी मंच (पाप्माखाम गढी -भोजपुर), किरात देवास राई उत्थान समाज नेपाल (ओगानेम गढी -संखुवासभा), छेन्विखिम कलेक्सन (हेदाङ्ना गढी -संखुवासभा), किरात राई सुम्निमा संघ जिकास काठमान्ड़ो (साँगुरी गढी -धनकुटा), स्वतत्र समूह ( सहदेउ गढी -खोटाङ) २, र किराया नगरकार्य समिति कागेश्वरी (चौदण्डी गढी -भोजपुर) रहेका थिए ।
अक्षयकोष दातालाई सायारेम:
प्रेमशिला सांस्कृतिक पुरस्कार कोष २०८३ अक्षयकोष दाता भोगिन्द्र चाम्लिङ र सजिना राईलाई हार्दिक धन्यावाद सहित ताम्रपत्रले सम्मान गरियो र आगामी वर्षबाट यसकोषद्वारा सम्मानित हुदै जानेछन् ।
हार्दिक आभार तथा धन्यावाद :
प्रमुख अथिति, बिशिष्ट अथिति, अथितिहरू, सहभागी संघ संस्थाहरू,पत्रकार / मिडिया हाउस, जिकास ललितपुर, काठमान्ड़ो, निर्णायक मण्डल र सहयोगी समुह, अक्षयकोष दाताहरू, पुरस्कार / हल प्रायोजन गरिदिनु हुने व्यक्तित्वहरू सुजन हाङखिम, राई, रोसन राई, जानुका राई, खाजा सौजन्य गरिदिनु हुने दाताहरू, पुर्व अध्यक्षहरू, सल्लाहकारहरू, पुर्व पदाधिकारी तथा सदस्यहरू, भिडियो सम्पादन गरिदिनु हुने धन खालिङ राई लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउने सम्पूर्ण सहयोगी हातहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।
किरात राई सांस्कृतिक कलाकार संघ
केन्द्रीय कार्यसमिति ।