11/07/2026
संसारका मजदुर तथा उत्पीडित जनता एक होऔं !
मार्क्सवाद-लेनिनवाद-माओवाद- जिन्दावाद !
क्रान्तिकारी शक्य फक्सनस्ट पार्टी नेपाल
Revolutionry Coquiet Party of Nepal
पत्र संख्या/Serial No. चलानी नं./Regd. No.
मिति :
प्रेस-वक्तव्य
गत असार २५ गते दुर्गम मुगु जिल्लाबाट काठमाडौँ आई राइड-सेयरिङ सेवामा काम गरेर श्रीमती र छोरीको जीविका धानिरहेका एक २५ वर्षीय युवा गणेश नेपालीले त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफ्नो जीविकाको साधन मोटरसाइकलमा नगर प्रहरीले ह्विललक गर्दा त्यसको प्रतिवाद गरे । त्यसको लगत्तै उनले आत्मदाहको लागि आफ्नो शरीरमा आगो सल्काए । आगोमा सल्केर घाइते भइसकेको मानिसलाई प्रहरीले धकेल्दै वीर अस्पताल पुऱ्यायो । असार २६ गते बिहानै उनको दुःखद निधन भयो । यसरी एउटा युवकको हत्या गर्यो जनघाती, राष्ट्रघाती र फासीवादी बालेन्द्र साह सरकारले । हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल यस घटनाबाट मर्माहत भएको त छ नै, साथसाथै फाँसीवादी राज्य सत्ताप्रति तथा हत्यारो सरकारप्रति आक्रोश, घृणा एवम् निन्दा प्रकट गर्दछ । मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न सदा पीडित परिवारको साथमा रहने र यो सरकारका विरुद्ध पार्टी संघर्ष अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दछ ।
यस सन्दर्भमा हामी आम युवाहरुलाई के आह्वान गर्न चाहन्छौं भने समस्याको समाधान आत्महत्या होइन । नेपाली शोषित उत्पीडित सर्वहारा जनसमुदायका समस्याको समाधान जनघाती, राष्ट्रघाती र फासीवादी राज्यसत्ताका विरुद्धको जनसंघर्ष, जनप्रतिरोध संघर्ष र जनविद्रोह हो । जनविरोधी राज्यसत्ताबाट होइन, जनविद्रोहबाट पाप्त हुने जनताको राज्यसत्ता अर्थात् जनगणतन्त्र नै समाधानको एकमात्र उपाय हो ।
मिति: असार २७, २०८३
सुदर्शन प्रवक्ता
सम्पर्क कार्यालय कुपण्डोल, सम्पर्क इमेल: [email protected]
Contact Office: Kupondole, Contact Email: [email protected]