28/08/2026
भाद्र १२, २०८३
शुभकामना सन्देश
नेपाली हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा, रक्षा बन्धन, ऋषितर्पणी, श्रावण पूर्णिमा तथा गायत्री जयन्तीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यी धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा, संस्कार, सहिष्णुता, पारिवारिक आत्मियता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै आएका छन् । जनै पूर्णिमा तथा रक्षा बन्धनले चेली-माइतीबीच आपसी प्रेम, विश्वास र पारस्परिक जिम्मेवारीको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।
ऋषितर्पणीले ज्ञान, संस्कार र परम्पराप्रति सम्मान गर्ने प्रेरणा प्रदान गर्दछ भने गायत्री जयन्तीले सत्य, सदाचार, ज्ञान र आध्यात्मिक चेतनाख मार्गमा अघि बढ्न प्रेरित गर्दछ । यस्ता पर्वहरूले नेपाली समाजमा विविधताबीचको एकता, सहिष्णुता र भाइचाराको भावना थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्या उँदै आएका छन् ।
यस पावन अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भाव कायम रहोस् । साथै, आजको दिन राष्ट्रिय एकता, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र समृद्धिको यात्राले थप गति लिइयोस् र यसका प्रति प्रतिबद्धता व्यक्त गरौं भन्दै जनै पूर्णिमा, रक्षा बन्धन, ऋषितर्पणी, श्रावण पूर्णिमा तथा गायत्री जयन्तीको हार्दिक मंगलमय शुभकामना ।
जय नेपाल !
भीष्मराज आङदेम्बे
नेता
नेपाली कांग्रेस संसदीय दल