बुटवल उपमहानगरपालिका शिक्षा शाखा

  • Home
  • Nepal
  • Kathmandu
  • बुटवल उपमहानगरपालिका शिक्षा शाखा

बुटवल उपमहानगरपालिका शिक्षा शाखा The official platform for educational administration, policy implementation, and school governance within Butwal Sub-Metropolis.

Dedicated to ensuring quality and equitable education for all.

12/07/2026

सामाजिक विकास डिभिजन कार्यालय, भैरहवा (रुपन्देही) द्वारा आयोजित ‘उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम’ मा बुटवल उपमहानगरपालिकाको सिफारिसमा उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित हुनुभएकोमा बुटवल उपमहानगरपालिका हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।
सम्मानित शिक्षक तथा विद्यालयहरू:
🎖️ उत्कृष्ट शिक्षक:
श्री कृष्णप्रसाद गौतम (कालिका मानवज्ञान मा.वि.)
श्री युवराज कंडेल (कालिका मानवज्ञान मा.वि.)
श्री गुणाखर भट्टराई (कालिका मानवज्ञान मा.वि.)

🏫 उत्कृष्ट विद्यालय: कान्ति माध्यमिक विद्यालय, बुटवल

बुटवल उपमहानगरपालिका क्षेत्रभित्रको शैक्षिक गुणस्तर र विद्यालयहरूमा स्वास्थ्य सेवाको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यका...
09/07/2026

बुटवल उपमहानगरपालिका क्षेत्रभित्रको शैक्षिक गुणस्तर र विद्यालयहरूमा स्वास्थ्य सेवाको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आज मिति २०८३ असार २५ गते एक विशेष कार्यक्रमका बीच कोटा पत्र वितरण गरिएको छ।
बुुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेज्यूको समुपस्थितिमा नगरका विभिन्न सामुदायिक विद्यालयहरूलाई नगर अनुदान बालविकास सहयोगी कार्यकर्ता (स.का.), विद्यालय नर्स (स्टाफ नर्स) र शिक्षक कोटाको पत्र आधिकारिक रूपमा हस्तान्तरण गरिएको छ।
यस व्यवस्थाले विद्यालयहरूमा जनशक्तिको अभावलाई कम गर्दै बालबालिकाहरूको प्रारम्भिक विकास, स्वास्थ्य रेखदेख र पठनपाठनलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
आ.व २०८३/०८४ को लागि थप वितरित कोटा विवरण:
* प्रा.वि. कोटा -१ वटा
* नि.मा.वि. -२ वटा
* मा.वि. अनुदान शिक्षक कोटा - ३ वटा
* विद्यालय नर्स (स्टाफ नर्स) -५ वटा
* बालविकास सहयोगी कार्यकर्ता (स.का.) कोटा - ६ वटा
शिक्षा र स्वास्थ्यको विकास नै समृद्ध बुटवलको आधार! 🤝✨

बुटवल उपमहानगरपालिकाद्वारा 'पढाइसँगै रोजगार' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।नेपालमै पहिलोपटक स्थानीय सरकारको नवप्...
07/07/2026

बुटवल उपमहानगरपालिकाद्वारा 'पढाइसँगै रोजगार' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपालमै पहिलोपटक स्थानीय सरकारको नवप्रवर्तनकारी प्रयासका रूपमा सञ्चालित ‘पढाइसँगै रोजगार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत नगरका १० वटा क्याम्पसका विद्यार्थीहरूलाई समेटेर दैनिक ४ घण्टा अन-द-जब ट्रेनिङ (OJT) स्वरूप ट्राफिक व्यवस्थापनमा १०० जना र राजस्व व्यवस्थापनमा १०० जना गरी कुल २०० जना विद्यार्थीहरूलाई सम्बन्धित कार्यक्षेत्रमा खटाइएको थियो।
कार्यक्षेत्रमा खटिएका विद्यार्थीहरूले उत्कृष्ट एवं उदाहरणीय रूपमा कार्य सम्पादन गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेकोमा समापन समारोहका अवसरमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरिएको छ। यस कार्यक्रमको भव्य सफलताले आगामी दिनहरूमा विद्यार्थी लक्षित थप प्रभावकारी कार्यक्रमहरू तर्जुमा गर्न स्थानीय सरकारलाई थप हौसला र बल पुगेको छ।

बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित "शिक्षक मेन्टरिङ कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ। नवप्रवेशी शिक्षकहरूको पेसागत...
05/07/2026

बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित "शिक्षक मेन्टरिङ कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ। नवप्रवेशी शिक्षकहरूको पेसागत सहयोग तथा क्षमता विकासका लागि मिति २०८२/१०/०८ देखि २०८३/०३/१३ गतेसम्म यो कार्यक्रम सञ्चालन गरिएको थियो।
मिति २०८३ असार २१ गते आयोजित विशेष समारोहका बीच मेन्टर र मेन्टी बीच अनुभव आदानप्रदान गर्नुका साथै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण सहभागी शिक्षकज्यूहरूलाई प्रमाणपत्र वितरण गरियो।
नवप्रवेशी शिक्षकहरूलाई पेसागत मार्गदर्शन प्रदान गर्ने यस महत्त्वपूर्ण कार्यक्रममा सहभागी भई निरन्तर पेसागत वृत्ति विकासमा लाग्नुहुने सम्पूर्ण शिक्षकज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ!
"समानता, स्वाभिमान र अवसर - बस्न योग्य बुटवल सहर"
#बुटवलउपमहानगरपालिका #शिक्षकमेन्टरिङ

बुटवल उपमहानगरपालिका द्वारा नगर भित्रका निजि तथा सामुदायिक बिद्यालयलाका १ देखि ५ कक्षा सम्मका २४ हजार बढी विद्यार्थीलाई ...
04/07/2026

बुटवल उपमहानगरपालिका द्वारा नगर भित्रका निजि तथा सामुदायिक बिद्यालयलाका १ देखि ५ कक्षा सम्मका २४ हजार बढी विद्यार्थीलाई “हाम्रो बुटवल” किताब निशुल्क बितरण गरेको छ ।

बुटवल उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यले ...
04/07/2026

बुटवल उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ६ दिने तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूमा जीवनोपयोगी शिक्षाको माध्यमबाट मानसिक तथा मनोसामाजिक स्वास्थ्य र सामाजिक-भावनात्मक सिकाइ (SEL) प्रवर्द्धन गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित यस तालिममा असार १५ गते प्रधानाध्यापकज्यूहरू र असार १६ देखि २० गतेसम्म सामाजिक विषयका शिक्षकज्यूहरूको सक्रिय रह्यो ।
"शिक्षामा सबल, बुटवल अब्बल" 📖💡
#बुटवलउपमहानगरपालिका #शिक्षकक्षमताविकास

Successful completion of Day 1 of the "Child and Adolescent Mental Health Program".Today marks the successful conclusion...
29/06/2026

Successful completion of Day 1 of the "Child and Adolescent Mental Health Program".
Today marks the successful conclusion of the first day of the workshop, organized by Butwal Sub-Metropolitan City for the Head Teachers of our community schools.
The program aims to build the capacity of school leadership and educators to promote mental health, psychosocial well-being, and Social-Emotional Learning (SEL) through life-skills education for students.
A special thanks to our esteemed facilitators, Dr. Bikram Kaphle and Ashish Bhusal, for their insightful and impactful sessions today. Starting tomorrow, the 5-day training session will continue for Social Studies teachers.

Venue: Gyanodaya Secondary School Assembly Hall, Butwal-05, Rupandehi

बुटवल उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा आधारभूत तथा माध्यमिक तहमा अङ्ग्रेजी विषय शिक्षण गर्ने शिक्षकहरुक...
28/06/2026

बुटवल उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा आधारभूत तथा माध्यमिक तहमा अङ्ग्रेजी विषय शिक्षण गर्ने शिक्षकहरुका लागि आयोजना गरिएको ५ दिने "Integrating AI and Digital Pedagogy in English Language Education" सम्बन्धी क्षमता विकास तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ ।
असार १० देखि १४ गतेसम्म ज्ञानोदय माध्यमिक विद्यालय, बुटवल-०५ को सभाहलमा सञ्चालित यस तालिमले हाम्रा विद्यालयहरूको पठनपाठनलाई प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
यस तालिमलाई अत्यन्तै प्रभावकारी रूपमा सहजीकरण गरिदिनुहुने हाम्रा मुख्य प्रशिक्षकद्वयलाई हार्दिक धन्यवाद:
👨‍🏫 श्री ईवराज तिवारी (कालिका मानवज्ञान मा.वि.)
👨‍🏫 श्री युवराज पन्थी (नाहरपुर मा.वि.)
सक्रिय रूपमा सहभागी भई डिजिटल सिकाइलाई आत्मसात गर्न तयार रहनुभएका सम्पूर्ण आदरणीय शिक्षकज्यूहरुमा हार्दिक आभार!

Butwal Sub-Metropolitan CityA significant step toward strengthening the quality of education. The Education Review Offic...
26/06/2026

Butwal Sub-Metropolitan City
A significant step toward strengthening the quality of education. The Education Review Office (ERO) has successfully completed the 'School Performance Audit and Evaluation' for schools within Butwal Sub-Metropolitan City, and officially handed over the results and booklets to the respective schools and the municipality today.

Address

Butwal Sub Metropolitan City
Kathmandu

Alerts

Be the first to know and let us send you an email when बुटवल उपमहानगरपालिका शिक्षा शाखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बुटवल उपमहानगरपालिका शिक्षा शाखा:

Shortcuts

Share