16/10/2026
प्रस्ताव पेश गर्ने समयावधि थप गरिएको सम्बन्धमा !!!
जस्ट नेपाल फाउन्डेसनद्वारा हेलम्बु गाउँपालिकाको सहकार्यमा सञ्चालित लागत साझेदारीमा आधारित व्यावसायिक कृषि उत्पादन तथा बिक्री प्रवर्द्धनसम्बन्धी क्रियाकलापका लागि प्रस्ताव आह्वान गरिएकोमा यसअघि तोकिएको प्रस्ताव पेश गर्ने अन्तिम मिति २०८३ साल असोज ३० गते, दिउँसो २:०० बजेसम्म रहेकोमा उक्त समयावधि थप गरी २०८३ साल कार्तिक १५ गते, दिउँसो २:०० बजेसम्म कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
उक्त कार्यक्रममा सहभागी हुन इच्छुक तथा योग्य कृषक, कृषक समूह, कृषि फर्म, सहकारी संस्था तथा निजी कम्पनीहरूलाई संशोधित समयसीमाभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्नुहुन अनुरोध गरिन्छ।
प्रस्ताव पेश गर्ने अन्तिम मिति: २०८३ साल कार्तिक १५ गते, दिउँसो २:०० बजेसम्म
📍 प्रस्ताव पेश गर्ने स्थान: जस्ट नेपाल फाउन्डेसनको कार्यालय, हेलम्बु–२, किउल, सिन्धुपाल्चोक।