16/07/2026
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार तथा सम्मान वितरण कार्यक्रम २०८३ साल असार १८ गते बिहीबार मन्त्रालयको सभाहलमा आयोजना गरेको थियो। उक्त कार्यक्रम मन्त्रालयका माननीय मन्त्री रामजी यादवज्यूको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको थियो।
वैदेशिक रोजगारीबाट आर्जन गरेको सीप, अनुभव र पूँजीलाई स्वदेशमै उद्यम, उत्पादन र रोजगारी सिर्जनामा रूपान्तरण गर्दै उल्लेखनीय योगदान पुर्याउने ७ जना उद्यमीलाई राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।
स्वदेशमै उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुर्याउने सम्पूर्ण उद्यमीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ७ जना उद्यमी राष्ट्र...