18/08/2026
फेरि एक पटक देउवाजीकै कुरा!
शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रले आफूलाई जेल हालेको विषयमा ठूलो कुण्ठा र आक्रोश व्यक्त गरे। गणतन्त्रप्रतिको समर्थन त्यही प्रतिशोधको अभिव्यक्ति भएको संकेत गरे।
देउवाजी,
के वीपी, गणेशमान र कृष्णप्रसादले तपाईँलाई त्यही सिकाएका थिए? उनीहरूले त राजाबाट धेरै ठूलो पीडा पाएका हुन्। तर उनीहरूले "देशका लागि अत्यावश्यक" भनेर त्यत्रो पीडा पाउँदा पनि राजसंस्था कहिल्यै त्यागेनन्।
तपाईँकै अनुकरण गर्ने हो भने त मैले पनि ५० दिनकै लागि किन नहोस् मलाई बेफ्वाँकमा हिरासतमा हाल्ने केपी ओली र रमेश लेखकसँग प्रतिशोधको भाव राख्नु पर्यो, होइन? त्यही कारणले अहिले पनि अदालत धाइरहेछु। राजनीतिमा यस्तो हुन्छ।
तपाईँजस्तो मान्छेमा समेत चरम कुण्ठा र प्रतिशोधको भाव देखेर म छक्क परेको छु। आफूलाई सच्याउनोस्, कृपया। प्रतिशोधको भाव त्यागेर 'प्रचण्डपथ'बाट 'वीपीपथ'मा फर्किनोस्। नत्र कांग्रेस र देश दुबैको भविष्य खतरामा छ।
यतिचाहिँ मान्नुहुन्छ होला: यदी नेपालमा राजसंस्था भैदिएको भए, भदौ २४ गते न तपाईँको दम्पत्तिले रक्ताम्य हुने गरेर पिटाई खानु पर्थ्यो न ओलीजी हेलिकोप्टर चढेर भाग्नुपर्थ्यो।
#विचारभन्दामाथिदेश
#देशकालागिनरेश