Epidemiology and Disease Control Division, Nepal

Epidemiology and Disease Control Division, Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Epidemiology and Disease Control Division, Nepal, Public & Government Service, Teku, Kathmandu.

24/08/2026

द्रुत प्रतिकार्य टोलि तथा आपतकालीन चिकित्सकीय समूह परिचालन सम्बन्धी जानकारीमुलक भिडियो

EDCD को समन्वयमा, WHO Nepal र धुलिखेल अस्पतालको प्राविधिक सहयोग तथा प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय स्वास्थ...
24/08/2026

EDCD को समन्वयमा, WHO Nepal र धुलिखेल अस्पतालको प्राविधिक सहयोग तथा प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा “Capacity Building on Integrating and Strengthening Chronic Respiratory Disease Services into Primary Health Care in Nepal (InCRD–Nepal)” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
चार व्याचमा सञ्चालित उक्त दुईदिने प्रशिक्षण कार्यक्रम २०८३/०४/२२ देखि २०८३/०४/३० गतेसम्म सम्पन्न भएको थियो, जसमा नमोबुद्ध, रोशी, भुम्लु, मण्डनदेउपुर, पाँचखाल, चौरीदेउराली र महाभारत स्थानीय तहका ३२२ स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले स्वास्थ्यकर्मीहरूको दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान, व्यवस्थापन तथा उपचारसम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

मिति २०८३/०५/०४ गते, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको समन्वय, नेपाल हेल्थ इकोनोमिक्स एसोसिएशनको सहय...
21/08/2026

मिति २०८३/०५/०४ गते, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको समन्वय, नेपाल हेल्थ इकोनोमिक्स एसोसिएशनको सहयोग तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा “Monitoring Mental Health Policy Implementation in Nepal: Indicators, Stakeholder Preferences and Governance” परियोजनाअन्तर्गत सरोकारवालाहरूको कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भयो।

नेपालमा मानसिक स्वास्थ्य नीति कार्यान्वयनको प्रभावकारी अनुगमनका लागि प्राविधिक कार्यसमूहद्वारा प्रस्तावित अनुगमन सूचकहरूको अन्तिम रूपरेखा निर्धारण गर्नु कार्यशालाको मुख्य उद्देश्य रहेको थियो।

उक्त कार्यशालामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, विभिन्न मन्त्रालय तथा राष्ट्रिय निकाय, स्वास्थ्य तथा शैक्षिक प्रतिष्ठान, स्थानीय तह, विकास साझेदार संस्था तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

आज अगस्त -२०  विश्व लामखुट्टे दिवस (World Mosquito Day) “Small Bite, Big Threat”संसारमा ३५०० भन्दा वढी प्रजातिका लामखुट्...
20/08/2026

आज अगस्त -२० विश्व लामखुट्टे दिवस (World Mosquito Day)
“Small Bite, Big Threat”
संसारमा ३५०० भन्दा वढी प्रजातिका लामखुट्टे प्रतिवेदन भएपनि नेपालमा हाल सम्म १६८ लामखुट्टे प्रजाति रहेको पुष्टि भएको छ ।
इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो दिनको पुर्व सन्ध्यामा मिति २०८३-०५-०३ गते स्वास्थ्य सेवा विभागका श्रीमान महानिर्देशक ज्यूको अभिवावाकत्वमा सबै सरोकारवालाहरु माझ (Vectots of Public Health Importance of Nepal - A Country Profile नामक एक पुस्तकको विमोचन पनि गर्यो । यो पुस्तक/प्रतिवेदनले हाल सम्मको नेपालमा रिपोर्ट भएको रोग सार्ने बाहकहरुको बेस लाईन तथ्यांक तयार गरेको छ । खासगरी डेंगी,औलो,कालाजार,हात्तीपाईले,जापनिज इन्सीफलाईटिस, जस्ता रोगहरुको बाहकको एक माईल स्टोन तयार भएको छ ।
यो पुस्तक तयार पार्न भूमिका खेल्ने सबैलाई धेरै धेरै धन्यवाद ।
"लामखुट्टेको टोकाई वाट बचौ
घर वरिपरी सफा राखौ "
तिन महिने डेंगी सचेतना अभियान #

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पाक्षिक रुपमा डेंगी रोगको संक्रमणको अवस्थालाई विश्लेषण गरिरहेको छ । २०८२ साल प...
19/08/2026

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पाक्षिक रुपमा डेंगी रोगको संक्रमणको अवस्थालाई विश्लेषण गरिरहेको छ । २०८२ साल पुस १७ देखि २०८३ श्रवाण ३० गते (जनवरी १ देखि अगस्त १५ ) सम्म देशको ७४ जिल्लाहरु वाट २८४४ जनामा डेंगी संक्रमण प्रतिवेदन भएको छ । डेंगी संक्रमण धेरै प्रतिवेदन भएका जिल्ला र स्थानीयतहहरुमा महाशाखा वाट अवस्थाको विश्लेषण सहित डेंगीको रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने सुझाव समेत निरन्तर भईरहेकै छ । झापा,बागलुंग ,सुनसरी,पाल्पा , कास्की , लगायतका जिल्लाहरुमा केहि संक्रमण बढ्दै गएको देखिन्छ । नगरपालिकाको हकमा हाल वाग्लुंग नगरपालिका (३९५ ), भद्रपुर नगरपालिका (१०६ ), धराण उप महानगरपालिका (९० ) र इटहरी नगरपालिका (८८) जनामा डेंगी संक्डेंरमण भएको तथ्यांक छ । डेंगी संक्रमण बर्षा र बर्षा पश्चात को समय सम्म पनि बढ्ने भएकोले सवैले सजकता र सचेतता अपनाउनु पर्दछ ।
“श्रावण, भाद्र, आश्विन: डेंगी सचेतना तीन महिने अभियान”
डेंगी सार्ने लामखुट्टेको वासस्थान /प्रजनन स्थलको निरन्तर निगरानी र व्यवस्थापन

स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना तथा विश्वस्वास्थ्य संगठनको सहयोगमा विभिन्न प्रदेशक...
18/08/2026

स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना तथा विश्वस्वास्थ्य संगठनको सहयोगमा विभिन्न प्रदेशका २० जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख तथा रोग निगरानी सम्पर्क व्यक्तिहरुको उपस्थितिमा २ दिने समुदायमा आधारित रोग निगरानी प्रणालीको अभिमुखीकरण TOT कार्यक्रम सञ्चालन भईरहेको छ। यसबाट समुदायमा आधारित रोग निगरानी प्रणाली विस्तार गर्न सहज हुने विश्वास लिईएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा २० जिल्लाका सबै वडाका स्वास्थ्य संस्थाहरुमा प्रणाली विस्तार हुनेछ जसबाट जनस्वास्थ्य सम्बन्धी अनपेक्षित घटनाहरु तथा तुरुन्त सुचित गर्नुपर्ने रोगहरुको समयमै सूचना प्राप्त भई प्रतिकार्य गर्न सहज हुने र समग्र जनस्वास्थ्य सुरक्षामा टेवा पुग्ने विश्वास लिईएको छ।

हज यात्रालाई सुरक्षित र स्वास्थ्यपूर्ण बनाउन समन्वयस्वस्थ यात्रु, सुरक्षित यात्रा र सफल हज यात्राका लागि EDCD को निरन्तर...
13/08/2026

हज यात्रालाई सुरक्षित र स्वास्थ्यपूर्ण बनाउन समन्वय
स्वस्थ यात्रु, सुरक्षित यात्रा र सफल हज यात्राका लागि EDCD को निरन्तर प्रतिबद्धता।
हज यात्रामा सहभागी हुने नेपाली नागरिकहरूको सुरक्षित र स्वास्थ्यपूर्ण यात्रा सुनिश्चित गर्न गत साता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) र हज समितिका अध्यक्षज्यू तथा पदाधिकारीहरुबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा हज यात्रुहरूलाई आवश्यक खोप समयमै, निर्धारित प्राविधिक मापदण्डअनुसार र सुरक्षित रूपमा प्रदान गर्ने, साथै साउदी अरब सरकारले तोकेका स्वास्थ्यसम्बन्धी आवश्यकताहरूको पूर्ण पालना गर्ने विषयमा विशेष जोड दिइएको थियो।
EDCD ले प्रत्येक वर्ष हज यात्रामा जाने नेपाली तीर्थयात्रीहरूलाई आवश्यक खोप प्रदान गर्दै आएको छ। यस वर्ष पनि सम्बन्धित सबै निकायबीचको प्रभावकारी समन्वयमार्फत खोप सेवा समयमै, सहज र गुणस्तरीय रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।

🐍 मनसुनसँगै बढ्दो सर्पदंश: एक स्वास्थ्य (One Health) दृष्टिकोणबाट सामूहिक प्रयास आवश्यक🤝 मानव जीवन बचाऔँ, सर्प र प्रकृति...
08/08/2026

🐍 मनसुनसँगै बढ्दो सर्पदंश: एक स्वास्थ्य (One Health) दृष्टिकोणबाट सामूहिक प्रयास आवश्यक
🤝 मानव जीवन बचाऔँ, सर्प र प्रकृतिको संरक्षण गरौँ, एक स्वास्थ्यको भावनासहित सर्पदंशविरुद्ध एकजुट बनौँ।
स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयको तर्फबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) द्वारा आयोजित बैठकमा नेपालमा सर्पदंश व्यवस्थापनको समग्र अवस्था, चुनौती तथा आगामी प्राथमिकताहरू सम्बन्धी प्रस्तुति गरेको छ।
बैठकमा सर्पदंशको रोकथाम, समुदायस्तरको सचेतना, सुरक्षित तथा प्रभावकारी उपचार, Anti-Snake Venom (ASVS) को उपलब्धता तथा व्यवस्थापन, स्वास्थ्य प्रणालीको क्षमता, विपद् जोखिम न्यूनीकरण, समन्वय, साझेदारी तथा स्रोत परिचालनलगायत विषयमा छलफल भयो।
हाल मनसुनसँगै सर्पदंशका घटनामा वृद्धि हुने जोखिम रहेको सन्दर्भमा बैठकले समुदायलाई सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेमा गर्नुपर्ने र गर्न नहुने कार्य तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा व्यापक रूपमा सचेत र सशक्त बनाउनु तत्कालको प्रमुख प्राथमिकता रहेको निष्कर्ष निकालेको छ।
सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर नफाली, प्रभावित अंगलाई स्थिर राखी सकेसम्म छिटो नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्‍याऔँ।

“श्रावण, भाद्र, आश्विन: डेंगी सचेतना तीन महिने अभियान” अन्तरगत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयजनामा   मिति ...
07/08/2026

“श्रावण, भाद्र, आश्विन: डेंगी सचेतना तीन महिने अभियान” अन्तरगत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयजनामा मिति २०८३-०४-२१ गते सातै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक ज्यू र केहि वढी डेंगी प्रतिवेदन भएका जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयका प्रमुख ज्यूहरु संग डेंगी रोकथाम तथा नियन्त्रण कार्य योजनाको वारेमा जुम वैठक मार्फत छलफल गरियो । स्वास्थ्य सेवा विभागका श्रीमान महानिर्देशक डा.अनुज भट्टचन ज्यू को अभिभावकत्वमा भएको उक्त जुम वैठकमा सबै जिल्ला तथा स्थानीयतहहरुमा खोज तथा नष्ट अभियान,विधालय शिक्षा कार्यक्रम, अन्तरक्रिया तथा पैरवी वैठक र जोखिम संचारका क्रियाकलापहरु भईरहेको विवरणहरु प्राप्त भए ।
अझै डेंगी संक्रमणको जोखिम निरन्तर वढ्दै छ त्यसैले आफु,आफ्नो समुदायमा सचेतना फैलाऔ

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका सचिवज्यूको अध्यक्षतामा मिति २०८३/०४/१५ गते  काभ्रेपलान्माचोक जिल्...
05/08/2026

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका सचिवज्यूको अध्यक्षतामा मिति २०८३/०४/१५ गते काभ्रेपलान्माचोक जिल्लामा सञ्चालन भइरहेको नसर्ने रोग (NCD) – Hypertensive Care Cascade Model (including Diabetes and Chronic Respiratory Disease) को सुदृढीकरण तथा बागमती प्रदेशका अन्य जिल्लामा विस्तारसम्बन्धी छलफल सम्पन्न भयो। बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका शाखा प्रमुखज्यू, बागमती प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा स्वास्थ्य तालिम केन्द्रका निर्देशकज्यूहरू, विश्व स्वास्थ्य संगठन (WHO) का Senior Health Policy Advisor सहित WHO टिम तथा काभ्रे जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुखको सहभागिता रहेको थियो। छलफलका क्रममा काभ्रेमा सञ्चालन भइरहेको NCD Model को उपलब्धि, सिकाइ, चुनौती बारे छलफल गर्दै सफल अभ्यासलाई बागमती प्रदेशका अन्य जिल्लाहरूमा प्रभावकारी, व्यवस्थित र दिगो रूपमा विस्तार गर्ने विषयमा महत्वपूर्ण विचार–विमर्श भयो। नसर्ने रोगको बढ्दो भारलाई दृष्टिगत गर्दै कार्यक्रमलाई थप सुदृढ, प्रभावकारी र दिगो रूपमा विस्तार गर्न संघीय, प्रादेशिक र स्थानीय तहबीचको समन्वय र साझा प्रतिबद्धतालाई अझ सुदृढ बनाउने सहमति व्यक्त गरिएको छ।

Address

Teku
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Epidemiology and Disease Control Division, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share