31/07/2026
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको ४०० केभि न्यू बुटवल सबस्टेशनको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। सबस्टेशन अन्तर्गतका जीआईएस भवन, कन्ट्रोल भवन, ट्रान्सफर्मरको जग, ग्यान्ट्रीहरू र उपकरण जडानस्थलका जग निर्माणको काम भइरहेका छन्।
निर्माण सम्पन्न भएपश्चात उक्त सबस्टेशनले आगामी वर्षहरूमा नेपालको विद्युत् प्रसारण सञ्जाल सुदृढीकरण र भरपर्दो विद्युत् आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
"Construction of the 400 kV New Butwal Substation under the MCC Nepal Compact is progressing rapidly. Construction of the GIS building, control building, transformer foundation, gantries, and equipment foundations are well underway. Once completed, the substation will play a key role in strengthening Nepal's electricity transmission network and supporting reliable electricity supply for years to come.