गुठी संस्थान - Guthi Sansthan

गुठी संस्थान - Guthi Sansthan गुठी संस्थान नेपालको सांस्कृतिक सम्पदाको संरक्षण, चाडपर्व, मन्दिर र सामुदायिक स्रोतहरूको व्यवस्थापन गरी स्थानीय समुदायको सेवा गर्न प्रतिबद्ध छ।

नेपाल सरकार (मा. मन्त्रि स्तर) बाट २०८३साल भदौ १५ गते भएको निर्णयानुसार  तीन बर्षको लागि  संस्थान संचालक समितिको अध्यक्ष...
01/09/2026

नेपाल सरकार (मा. मन्त्रि स्तर) बाट २०८३साल भदौ १५ गते भएको निर्णयानुसार तीन बर्षको लागि संस्थान संचालक समितिको अध्यक्ष पदमा नियूक्तिभइ मिति २०८३ भदौ १६ गते पदभार ग्रहण समेत गरिसक्नुभएका श्रीमान् डा. गोविन्द टण्डनज्यूलाई गुठी संस्थान परिवार हार्दिक बधाई दिन चाहन्छ। उहाँको कार्यकाल अझ सशक्त, थप प्रभावकारी तथा गुठी धर्म, संस्कृति सम्वर्द्धनमा अब्बल बन्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं ।

28/08/2026
गुठी संस्थानका श्रीमान् प्रशासकज्यू,सम्वद्ध जनशक्ति तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा मिति २०८३/०५/०९ गते मंगलबार गुठी...
26/08/2026

गुठी संस्थानका श्रीमान् प्रशासकज्यू,सम्वद्ध जनशक्ति तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा मिति २०८३/०५/०९ गते मंगलबार गुठी संस्थान, प्रधान कार्यालयको सभाहलमा २०८३ सालको श्री इन्द्रजात्रा पर्व सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा दोस्रो छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ समेतका प्रतिवेदनमा उल्लिखित सुझाव त...
22/08/2026

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ समेतका प्रतिवेदनमा उल्लिखित सुझाव तथा सिफारिस कार्यान्वयन गर्न गठित कार्यान्वयन समितिको निर्णयानुसार धनुषा जिल्लाभित्र राजगुठीअन्तर्गतका मठ–मन्दिर परिसर, पोखरी तथा पोखरीका डिल र गुठी जग्गामाथि भएको अतिक्रमण नियन्त्रण कार्यको प्रारम्भ भएको छ।
यसैअनुसार, आज प्रथम चरणमा छनोट गरिएका सात वटा पोखरीहरु (विषहरा पोखरी, दशरथ तलाउ, अरगज्जा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर र गोडधोई पोखरी) का डिलमा निर्माण गरिएका अनधिकृत संरचनासहितका अतिक्रमण हटाउने कार्य भइरहेको छ।
गुठी संस्कृति तथा सम्पदा हाम्रो देशको मौलिक पहिचान, इतिहास र सभ्यताको महत्वपूर्ण आधार हो। यसको संरक्षण, संवर्द्धन र जगेर्ना गर्नु हामी सबै नेपाली नागरिकको साझा दायित्व हो। तसर्थ, गुठी सम्पत्तिमाथि भएका अतिक्रमण हटाई यसको संरक्षण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र पहल गरौँ।
जय गुठी !

शाखा कार्यालय काठमान्डौको सम्पति तथा मालसामानको लिलाम बढाबढ गर्ने सम्बन्धी सूचना
20/08/2026

शाखा कार्यालय काठमान्डौको सम्पति तथा मालसामानको लिलाम बढाबढ गर्ने सम्बन्धी सूचना

गुठी संस्थानका श्रीमान् प्रशासकज्यू, सम्बन्धित शाखाका कर्मचारीहरु, सम्वद्ध जनशक्ति तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा म...
18/08/2026

गुठी संस्थानका श्रीमान् प्रशासकज्यू, सम्बन्धित शाखाका कर्मचारीहरु, सम्वद्ध जनशक्ति तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा मिति २०८३/४/२९ गते शुक्रबार गुठी संस्थान, प्रधान कार्यालयको सभाहलमा २०८३ सालको श्री इन्द्रजात्रा पर्व सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।

05/05/2026

समर्पण र सेवाका लागि हार्दिक धन्यवाद।
गुठी संस्थान तपाईँप्रति सधैं कृतज्ञ रहनेछ।
आगामी दिनहरूका लागि शुभकामना।

Address

Tripureshwor
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when गुठी संस्थान - Guthi Sansthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share