Bishwaraj Pokharel

Bishwaraj Pokharel प्रतिनिधि सभा सदस्य, ओखलढुंगा

23/09/2026

चम्पादेवी गाउँपालिका-६, घोराखोरीमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि आज सदनमा सरकारको ध्यानाकर्षण-

23/09/2026

नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफल आज सदनमा-

संविधान दिवसको हार्दिक शुभकामना!🇳🇵
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना!🇳🇵

18/09/2026

ओखलढुंगाको मानेभञ्ज्याङमा भएको ट्याक्टर दुर्घटनासम्बन्धमा-

16/09/2026

भोटेकोशी बाढी पीडितको सम्बन्धमा आज सदनमा-

भाद्र १० गतेको बाढीमा परी सम्पर्कविहीन हुनुभएकी ओखलढुंगा जिल्ला, चिसंखुगढी गाउँपालिकाकी सुभद्रा न्यौपानेको परिवार तथा आफ...
14/09/2026

भाद्र १० गतेको बाढीमा परी सम्पर्कविहीन हुनुभएकी ओखलढुंगा जिल्ला, चिसंखुगढी गाउँपालिकाकी सुभद्रा न्यौपानेको परिवार तथा आफन्तजनसँग आज भेटघाट गरेका छौँ।

यस दुःखद् र पीडादायी परिस्थितिमा चिन्तित परिवारजनको पीडामा थोरै भए पनि मलहम लगाउन सकियोस् भन्ने उद्देश्यले आवश्यक सबै प्रकारका सहयोग, समन्वय तथा सहजीकरणका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास दिलाएका छौँ।

हरितालिका तीजको हार्दिक शुभकामना!
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!

भाद्र १० गतेको बाढीमा परी सम्पर्कविहीन हुनुभएका ओखलढुंगा जिल्ला, लिखु गाउँपालिका-२ का खिलबहादुर बुढाथोकीको परिवार तथा आफ...
09/09/2026

भाद्र १० गतेको बाढीमा परी सम्पर्कविहीन हुनुभएका ओखलढुंगा जिल्ला, लिखु गाउँपालिका-२ का खिलबहादुर बुढाथोकीको परिवार तथा आफन्तजनसँग भेटघाट गरेका छौँ।

यस दुःखद् र पीडादायी परिस्थितिमा चिन्तित परिवारजनको पीडामा थोरै भए पनि मलहम लगाउन सकियोस् भन्ने उद्देश्यले आवश्यक सबै प्रकारका सहयोग, समन्वय तथा सहजीकरणका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास दिलाएका छौँ।

रसुवामा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन हुनुभएका ओखलढुंगा जिल्लाका करिब ३० जनाका शोकाकुल परिवारको पीडामा थोरै भए ...
05/09/2026

रसुवामा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन हुनुभएका ओखलढुंगा जिल्लाका करिब ३० जनाका शोकाकुल परिवारको पीडामा थोरै भए पनि मलहम लगाउन सकिने उपाय तथा गर्नुपर्ने पहलका विषयमा बेलायतमा बस्नु हुने जिल्लावासी समाजसेवी सुरेश श्रेष्ठलगायत रास्वपा ओखलढुंगाका साथीहरूसँग गहन छलफल तथा विचार–विमर्श गरियो।

विशाल घाइते अवस्थामा रहेको भन्ने प्रारम्भिक सूचना प्राप्त हुनासाथ उद्धारका लागि तत्काल आपतकालीन हेलिकप्टरको व्यवस्थापन ग...
03/09/2026

विशाल घाइते अवस्थामा रहेको भन्ने प्रारम्भिक सूचना प्राप्त हुनासाथ उद्धारका लागि तत्काल आपतकालीन हेलिकप्टरको व्यवस्थापन गरिएको थियो। केही समयपछि उहाँसँगै रहेका साथी सम्पर्कमा आए पनि विशाल आफूहरूसँग नरहेको जानकारी प्राप्त भएपछि हेलिकप्टर रद्द गरिएको थियो। त्यसपछि पनि उहाँको खोजी कार्यलाई निरन्तरता दिइँदै आएको छ। हालसम्म उहाँको अवस्था पत्ता लाग्न सकेको छैन।

रसुवामा आएको बाढीमा परी सम्पर्कविहीन हुनुभएका ओखलढुंगा जिल्ला, सिद्धिचरण नगरपालिका- ८, निवासी २७ वर्षीय विशाल तामाङको परिवार तथा आफन्तजनसँग आज भेटघाट गरी उहाँहरूको अवस्थाबारे जानकारी लिनुका साथै हालसम्म भइरहेको खोजी तथा उद्धार प्रयासबारे जानकारी गराएका छौं।

यस दुःखद् र अत्यन्त पीडादायी परिस्थितिमा चिन्तित परिवार तथा आफन्तजनको पीडाप्रति गहिरो संवेदना व्यक्त गर्दै, उहाँहरूको दुःखमा थोरै भए पनि साथ प्रदान गर्न आवश्यक सबै प्रकारका सहयोग तथा सहजीकरणका लागि प्रतिबद्ध रहेको विश्वास दिलाएका छौं।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bishwaraj Pokharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category