Ujyalo Nepal Official

Ujyalo Nepal Official उज्वल भविश्यको लागीः For the bright future
(3)

04/08/2026
01/08/2026

विश्वप्रसिद्ध नेपाली पर्वतारोही, हिमालका साहसी योद्धा, अदम्य इच्छाशक्ति र अटल संकल्पका प्रतीक श्री निर्मल पुर्जा सहित ६ जना नेपाली पर्वतारोहीहरू ( पुर बहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा) ले आरोहण अभियानका क्रममा ज्यान गुमाउनु भएकोमा अत्यन्त स्तब्ध र मर्माहित भएको छु । उहाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। नेपाली पर्वतारोहण क्षेत्रले एकैपटक गुमाएको यो अपूरणीय क्षतिले सम्पूर्ण नेपाली समाजलाई दुःखी बनाएको छ ।

श्री निर्मल पुर्जाले आफ्नो असाधारण साहस, अथक मेहनत र “असम्भव पनि सम्भव हुन्छ” भन्ने दृढ विश्वासलाई कर्ममार्फत प्रमाणित गर्दै नेपालको गौरवलाई विश्वमञ्चमा उच्च स्थानमा पुर्‍याउनुभएको थियो । सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै सफल आरोहण गरी उहाँले विश्व कीर्तिमान कायम गर्नुभयो। आफ्नो जीवनकालमा ८,००० मिटरभन्दा अग्ला हिमालहरू ५० पटकभन्दा बढी सफलतापूर्वक आरोहण गर्दै उहाँले नेपाली पर्वतारोहणको इतिहासमा अमिट र स्वर्णिम अध्याय लेख्नुभयो ।

विडम्बना, जीवनभर हिमालसँग संघर्ष गर्दै नयाँ उचाइहरू चुम्नुभएका उहाँ २०२६ जुलाई ३१ मा पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोमा परी हामीबाट सदाका लागि बिदा हुनुभयो। उहाँको जीवन केवल कीर्तिमानहरूको कथा मात्र थिएन; यो साहस, समर्पण, नेतृत्व, मानवता र मातृभूमिप्रतिको अटुट प्रेमको अनुपम उदाहरण थियो । उहाँले छाडेर जानुभएको प्रेरणा, योगदान र असम्भवलाई सम्भव बनाउने आत्मविश्वासले नेपाली तथा विश्व समुदायका भावी पुस्तालाई सधैं प्रेरित गरिरहनेछ ।

दिवंगत सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै यस अत्यन्त दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त, साथीभाइ तथा सुभच्छुक सवैमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

हिमाल केवल शिखर मात्र होइन, साहस, समर्पण र मानवीय अठोटको प्रतीक पनि हो। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपह...
01/08/2026

हिमाल केवल शिखर मात्र होइन, साहस, समर्पण र मानवीय अठोटको प्रतीक पनि हो। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (Nimsdai) सहित अन्य १० जना आरोहीहरूको असामयिक निधनको दुःखद समाचारले हामी सबैलाई अत्यन्त मर्माहत बनाएको छ।

यस दुःखद घडीमा दिवंगत सम्पूर्ण आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

हिमाल आरोहणको क्षेत्रमा उहाँहरूले पुर्‍याउनुभएको असाधारण योगदान, साहस र समर्पण सदैव सम्मानका साथ स्मरण गरिनेछ।

आज (१६ साउन २०८३) उज्यालो नेपाल पार्टीको दोलखा काठमाडौं सम्पर्क मन्चद्वारा उज्यालो घर त्रिपुरेश्वरमा आयोजित पार्टी प्रबे...
01/08/2026

आज (१६ साउन २०८३) उज्यालो नेपाल पार्टीको दोलखा काठमाडौं सम्पर्क मन्चद्वारा उज्यालो घर त्रिपुरेश्वरमा आयोजित पार्टी प्रबेश तथा प्रशिक्षण कार्यक्रममा संबोधन गर्नुहुँदै अध्यक्ष कुलमान घिसिङ :

Address

Tripureshwor
Kathmandu

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 11:00 - 17:00
Wednesday 11:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 11:00 - 17:00
Sunday 11:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Ujyalo Nepal Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share