Nepal Janta Party "NJP" नेपाल जनता पार्टी

  • Home
  • Nepal
  • Kathmandu
  • Nepal Janta Party "NJP" नेपाल जनता पार्टी

Nepal Janta Party "NJP" नेपाल जनता पार्टी This is an official Page of Nepal Janta Party

प्रेस विज्ञप्ति                                                                                                         ...
29/08/2026

प्रेस विज्ञप्ति
मिति: २०८3/०५ /१३ गते
विज्ञप्ति नं: २०८३-०८४ /०५
विषय: रसुवागढी प्राकृतिक विपत्ति सम्बन्धमा।
नेपाल–चीन सिमाना रसुवागढीमा गएको हिम–चट्टान पहिरोका कारण नदी थुनिएर लेदोसहित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अप्रत्याशित, भीषण र प्रलयंकारी बाढी-पहिरोका कारण देशले ठूलो जनधनको अकल्पनीय क्षति ब्यहोर्नु परेकोमा नेपाल जनता पार्टी गहिरो दुःख व्यक्त गर्दछ।यस प्राकृतिक विपद्‍मा परी ज्यान गुमाउनुहुने देश-विदेशका आदरणीय नागरिक, पर्यटक, धर्मावलम्बी, सुरक्षाकर्मी, सामाजिक सेवक, कृषक, व्यवसायी लगायत सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। विपद्‍मा परी घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, बेपत्ता हुनुभएका नागरिकहरूको तत्काल कुशल खोजी र उद्धार भई सुरक्षित घर फिर्तीको लागि भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछौं।यस महाविपत्तिले देशको विकासका पूर्वाधारहरू ध्वस्त पारेको छ भने गम्भीर आर्थिक संकट र पारिस्थितिक असन्तुलन निम्त्याएको छ। नेपाली जनताको सुख र शान्ति खलबलिएको यो अत्यन्तै संवेदनशील समय हो। यस्तो विषम परिस्थिति र संकटबाट पार पाउनका लागि अहिले दृढ राष्ट्रिय एकताको आवश्यकता छ।यो संकटको घडीमा जनसेवामा समर्पित हुनु हाम्रो परम कर्तव्य हो। तसर्थ, नेपाल जनता पार्टी आफ्ना सम्पूर्ण तहका नेता, कार्यकर्ता, भातृ संगठन तथा शुभेच्छुकहरूलाई तत्काल आ-आफ्नो क्षेत्रबाट उद्धार, राहत संकलन तथा वितरण कार्यमा सक्रियताका साथ जुट्न हार्दिक आह्वान गर्दछ। प्रभावित क्षेत्रमा औषधी, खाद्यान्न र सुरक्षित बासस्थान पुर्‍याउने कार्यमा स्थानीय प्रशासनसँग समन्वय गरी अग्रपंक्तिमा खटिन हामी अपिल गर्दछौँ।साथै, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम सर्वसाधारणलाई पनि आ-आफ्नो स्थानबाट यथाशक्ति योगदान पुर्‍याउन र एकजुट हुन नेपाल जनता पार्टी हार्दिक आह्वान गर्दछ। राहत, उद्धार र पुनर्निर्माणका कार्यलाई तीव्र गतिमा अघि बढाई देशमा पुनः सुख र शान्ति पुनर्बहाली गर्नका लागि आराध्यदेव भगवान पशुपतिनाथले हामी सबैलाई शक्ति प्रदान गरून्।........................
त्रिभुवन नाथ पाठक
रास्ट्रिय अध्यक्ष
नेपाल जनता पार्टी (NJP)काठमाडौँ, नेपाल

प्रेस विज्ञप्तिमिति: २०८३/०४/१३ गतेप्रेस विज्ञप्ति नं.:०१/८३-84       विषय: सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रत...
29/07/2026

प्रेस विज्ञप्ति

मिति: २०८३/०४/१३ गते
प्रेस विज्ञप्ति नं.:०१/८३-84

विषय: सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख, निष्पक्ष छानबिन र न्यायको माग

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा सनातन हिन्दू धर्मावलम्बीहरूले
आफ्नो परम्परा अनुसार बोलबम मेलाको तयारी तथा सांस्कृतिक ¥याली गरिरहेको अवस्थामा
भएको विवाद र तत्पश्चात् प्रशासनद्वारा गरिएको बर्बर दमनप्रति नेपाल जनता पार्टी (नेजपा)
घोर आपत्ति प्रकट गर्दछ। आफ्नो मौलिक धार्मिक स्वतन्त्रता र सांस्कृतिक अधिकारको
शान्तिपूर्ण प्रयोग गरिरहेका निर्दोष हिन्दू भक्तजनहरूमाथि राज्य पक्षबाट
अत्यधिक बल प्रयोग हुनु, लाठीचार्ज गरिनु र गोली प्रहार गरी स्थानीय युवा ओमप्रकाश
मेहताको ज्यान लिइनु अत्यन्तै क्रूर, विभेदकारी र निन्दनीय कार्य हो।

बहुसंख्यक हिन्दू धर्मावलम्बीहरूको आस्थामाथि चोट पुर्‍याउने र धार्मिक यात्रामा
निस्केका नागरिकमाथि नै गोली बर्साउने यो घटनाले वर्तमान सरकार र स्थानीय प्रशासनको
पक्षपातपूर्ण एवं संवेदनशीलहीन चरित्र उदाङ्गो पारेको छ। आफ्नै भूमिमा शान्तिपूर्ण
रूपमा धार्मिक उत्सव मनाउन नपाउने र राज्यकै गोलीको शिकार हुनुपर्ने अवस्थाले
मुलुकमा बहुसंख्यक सनातन धर्मावलम्बीहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यस जघन्य र दुःखद घडीमा हाम्रो पार्टी मृतक ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली
अर्पण गर्दै पीडित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। साथै, घाइते हुनुभएका
तमाम हिन्दू भक्तजनहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

धार्मिक तथा सांस्कृतिक गतिविधिका क्रममा कुनै पनि प्रकारको हिंसा, साम्प्रदायिक तनाव वा अत्यधिक बल प्रयोग लोकतान्त्रिक समाजका लागि दुःखद र अस्वीकार्य विषय हुन्। प्रत्येक नागरिकलाई नेपालको संविधानले प्रदान गरेको धार्मिक स्वतन्त्रता, शान्तिपूर्ण रूपमा आफ्नो आस्था व्यक्त गर्ने अधिकार तथा जीवन र सुरक्षाको अधिकारको पूर्ण सम्मान हुनुपर्छ भन्ने नेपाल जनता पार्टीको स्पष्ट धारणा रहेको छ।

यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन नेपाल जनता पार्टी सरकारसमक्ष निम्न मागहरू राख्दछः

१. मृतकलाई शहीद घोषणा: राज्यको तर्फबाट भएको गोली प्रहारका कारण ज्यान गुमाएका निर्दोष
नागरिक ओमप्रकाश मेहतालाई तत्काल "राष्ट्रिय शहीद" घोषणा गरियोस्।
२. उचित क्षतिपूर्ति र राहत: मृतकका परिवारलाई तत्काल उचित आर्थिक क्षतिपूर्ति उपलब्ध
गराइयोस् र घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था गरोस्।
३. निष्पक्ष उच्चस्तरीय छानबिन: निहत्था नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकारी
र गोली चलाउने सुरक्षाकर्मीमाथि बिना कुनै राजनीतिक दबाब निष्पक्ष छानबिन गरी
कडा कानुनी कारबाही गरियोस्।
४. निष्पक्ष छानबिन:
घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य यथाशीघ्र सार्वजनिक गरियोस्।
५. धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावको संरक्षण:
भविष्यमा कुनै पनि धार्मिक वा सांस्कृतिक कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्दै सबै समुदायबीच आपसी सद्भाव, सहिष्णुता र पारस्परिक सम्मान कायम राख्न प्रभावकारी कदम चालियोस्।

नेपाल जनता पार्टी गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई कुनै पनि राजनीतिक वा अन्य अनुचित प्रभावबाट मुक्त रही निष्पक्ष प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दछ। साथै, सम्पूर्ण नागरिकलाई संयमता अपनाउन, कानुनको सम्मान गर्न तथा सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण रूपमा न्यायको पक्षमा उभिन हार्दिक अपिल गर्दछ।

त्रिभुवन नाथ पाठक
केन्द्रीय अध्यक्ष
नेपाल जनता पार्टी

हार्दिक श्रद्धाञ्जली! 🙏  नेपाल जनता पार्टीका पूर्व अध्यक्ष एवम् वर्तमान संरक्षक श्री अनिल शर्माजी को  ममतामयी आमा श्रीमत...
25/07/2026

हार्दिक श्रद्धाञ्जली! 🙏 नेपाल जनता पार्टीका पूर्व अध्यक्ष एवम् वर्तमान संरक्षक श्री अनिल शर्माजी को ममतामयी आमा श्रीमती गीता देवी शर्मा को 96वर्षको उमेरमा 2083 साल अषाढ २८ गते भएको आकस्मिक निधनको दुःखद खबरले नेपाल जनता पार्टी परिवार पूर्ण रूपमा स्तब्ध भएको छ।यस दुःखद् र अकल्पनीय घडीमा दिवंगत हुनुभएका आदरणीय आमा प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उहाँको दिव्य आत्माको चीर शान्ति एवं परम निर्वाणको कामना गर्दछौँ।साथै, शोकमा डुब्नुभएका पार्टीका पूर्व अध्यक्ष एवम् वर्तमान संरक्षक श्री अनिल शर्मा ज्यू लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी ईश्वरसँग प्रार्थना गर्दछौँ।शोककुल:नेपाल जनता पार्टी परिवार

हार्दिक श्रद्धाञ्जली! 🙏नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष श्री त्रिभुवन नाथ पाठक ज्यूका आदरणीय दाजुको आज भएको आकस्मिक...
22/07/2026

हार्दिक श्रद्धाञ्जली! 🙏
नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष श्री त्रिभुवन नाथ पाठक ज्यूका आदरणीय दाजुको आज भएको आकस्मिक निधनको दुःखद खबरले नेपाल जनता पार्टी परिवार पूर्ण रूपमा स्तब्ध भएको छ।यस दुःखद् र अकल्पनीय घडीमा दिवंगत हुनुभएका आदरणीय दाजुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उहाँको दिव्य आत्माको चीर शान्ति एवं परम निर्वाणको कामना गर्दछौँ।साथै, शोकमा डुब्नुभएका पार्टी अध्यक्ष श्री त्रिभुवन नाथ पाठक ज्यू लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी ईश्वरसँग प्रार्थना गर्दछौँ।शोककुल:नेपाल जनता पार्टी परिवार

"संस्कार बिना राजनीतिले सत्ता जित्न सक्छ, तर राष्ट्र जित्न सक्दैन। सत्ता प्राप्त गर्नु सजिलो हुन सक्छ, तर संस्कार, इमानद...
11/07/2026

"संस्कार बिना राजनीतिले सत्ता जित्न सक्छ, तर राष्ट्र जित्न सक्दैन। सत्ता प्राप्त गर्नु सजिलो हुन सक्छ, तर संस्कार, इमानदारी र दूरदृष्टि बिना समृद्ध देश निर्माण असम्भव छ।

23/05/2026

छिमेकी मित्र राष्ट्र भारत को भारतीय जनता पार्टी को स्थापना दिवस को उपलक्ष्यमा नेपाल जनता पार्टी को तरफ वाट स्थापना दिवस ...
06/04/2026

छिमेकी मित्र राष्ट्र भारत को भारतीय जनता पार्टी को स्थापना दिवस को उपलक्ष्यमा नेपाल जनता पार्टी को तरफ वाट स्थापना दिवस को हार्दिक बधाई तथा शुभकामना |
नेपाल जनता पार्टी

Vote for NJP Vote for Nation Vote for Change.Vote for rights.
28/02/2026

Vote for NJP
Vote for Nation
Vote for Change.
Vote for rights.

१) देश पहिला, स्वार्थ पछि।२) एकता, विकास र संस्कार — यही हाम्रो मार्ग हो।३) राष्ट्रियता हाम्रो पहिचान हो, समृद्धि हाम्रो...
09/02/2026

१) देश पहिला, स्वार्थ पछि।
२) एकता, विकास र संस्कार — यही हाम्रो मार्ग हो।
३) राष्ट्रियता हाम्रो पहिचान हो, समृद्धि हाम्रो लक्ष्य हो।
४) नयाँ सोच, नयाँ शक्ति, नयाँ नेपाल
५)जनताको आवाज नै हाम्रो राजनीति हो।
६) बलियो नेपाल बनाउन बलियो जनता आवश्यक छ।
७) जनताको भरोसा नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
८) समान अवसर, समान अधिकार — सबै नेपालीका लागि।
९) राष्ट्रको सम्मानमा कुनै सम्झौता हुँदैन।
१०) विकास गाउँ–गाउँ, समृद्धि घर–घर।
११) स्वाभिमानी नेपाल, समृद्ध नेपाल हाम्रो सपना।
१२) युवा शक्ति नै राष्ट्रको भविष्य हो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Janta Party "NJP" नेपाल जनता पार्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share