28/05/2025
आज मिति २०८२।०२।१४ गते गणतन्त्र दिवस, २०८२ निम्न कार्यक्रमहरु गरि मनाईयो ।
१. कर्मचारी मिलन केन्द्र पर्वतद्वारा प्रसिद्द धार्मिकस्थल मोदीवेणी धामको आश्रममा आश्रय लिई बस्नु भएका जेष्ठ नागरिकहरुलाई फलफुल वितरण,
२. सशस्त्र प्रहरी बल, नेपाल नं. २५ गण हे.क्वा. चण्डिका पर्वतद्वारा प्रसिद्द धार्मिकस्थल मोदीवेणी धामको सरसफाई र जेष्ठ नागरिक लगायत उपस्थित महानुभावहरुलाई खिर खुवाउने कार्यक्रम,
३. प्रदेश अस्पताल पर्वतद्वारा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण,
४. कृषि ज्ञानकेन्द्र पर्वतद्वारा उत्कृष्ट कृषकहरुलाई सम्मान कार्यक्रम,
५. मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेशद्वारा कारागार कार्यालय पर्वतका ९६ जना कैदी बन्दी तथा थुनुवाहरुलाई फलफुल वितरण,
६. डिभिजन वन कार्यालय पर्वतद्वारा पूर्वाधार विकास कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न ।