21/08/2026
डेंगु खोजौं र नष्ट गरौं अभियान (Dengue Search & Destroy Campaign)
२०८३ भदौ ०५ गते । (पर्वत)
=============================================
आज मिति २०८३ भदौ ०५ गते जिल्ला प्रशासन कार्यालय कुश्मा, पर्वतको आयोजना तथा यस जिल्ला प्रहरी कार्यालय,पर्वतको सहकार्यमा दोस्रो दिन डेंगु खोजौं र नष्ट गरौं अभियान (Dengue Search & Destroy Campaign) सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं.०५ शिवलाय चोक स्थितमा रहेका विभिन्न ग्यारेज, किराना पसल लगायत दुर्लुङचोक, पुरनो चौकी हुँदै बजारका विभिन्न स्थानहरू डेंगु हुनसक्ने सम्भावित स्थानहरूमा सरसफाई गरी ऐ. वडा नं. ४ चिलाउने चौतारा स्थितमा सम्पन्न गरिएको थियो ।
डेंगु खोजौं र नष्ट गरौं अभियामा विभिन्न सरोकारवाला निकाय तथा यस जिल्ला प्रहरी कार्यालय, पर्वतमा कार्यरत प्रहरी निरीक्षक दिनेश पौडेल, जुनियर प्रहरी अधिकृत तथा जवान तथा सशस्त्र प्रहरी बल नेपाल सहित गरि ३५ जनाको उपस्थिति रहेको थियो ।
#नेपाल प्रहरी