District Police Office, Parbat

Call Directions Website Contact the organization

District Police Office, Parbat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Police Office, Parbat, Government Organization, Parbat, Kusma.

यो जिल्ला प्रहरी कार्यालय, पर्वतको आधिकारिक फेसबुक पेज हो । यो पेज अपराधको रिपोर्ट गर्नको लागि होईन । आवश्यक जानकारी तथा आकस्मिक सहायताको लागि नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्नुहोला ।

विविध सचेतनामुलक कार्यक्रम सम्पन्न !२०८३ असोज ०८ गते । (पर्वत)=========‍‍‍‍‍‍‍==========मिति २०८३ असोज ०८ गते यस जिल्ला ...
24/09/2026

विविध सचेतनामुलक कार्यक्रम सम्पन्न !
२०८३ असोज ०८ गते । (पर्वत)
=========‍‍‍‍‍‍‍==========
मिति २०८३ असोज ०८ गते यस जिल्ला प्रहरी कार्यालय, पर्वत मातहत, प्रहरी चौकी वहाँकीठाँटी, पर्वतले, विहादी गाउँपालिका वडा नं.०४ स्थितमा बोक्सीको आरोप नियन्त्रण, प्रहरी चौकी बाच्छा, पर्वतले विहादी गाउँपालिका वडा नं.०१ स्थितमा यौन दुर्व्यहार नियन्त्रण, र प्रहरी चौकी वारीवेनी, पर्वतले जलजला गाउँपालिका वडा नं.०४ स्थितमा स्थानीय बासिन्दाहरुको उपस्थितिमा साइवर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामुलक सम्बन्धी सचेतामुलक कार्यक्रम सम्पन्न गरियो ।
#नेपालप्रहरी



सूचना ! सूचना !! सूचना !!!२०८३ असोज ०८ गते । (पर्वत)===================आज मिति २०८३ असोज ०८ गते जल तथा मौसम विज्ञान विभा...
24/09/2026

सूचना ! सूचना !! सूचना !!!
२०८३ असोज ०८ गते । (पर्वत)
===================
आज मिति २०८३ असोज ०८ गते जल तथा मौसम विज्ञान विभागको पूर्व अनुमान अनुसार असोज ८ गतेदेखी १२ गतेसम्म देशका विभिन्न स्थानहरुमा भारी देखि अति भारी बर्षा हुने प्रबल सम्भावना रहेको हुँदा यसको प्रत्यक्ष असर पर्वत जिल्लामा समेत पर्ने भएकोले पर्वत जिल्ला लगायत देशका विभिन्न स्थानहरुमा बसोबास गर्नुहुने सम्पुर्ण आमाबुबा, दाजुभाई तथा दिदीबहिनिहरुमा विशेष सतर्कता अपनाउनुहुन भनि यस जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलज्यू सशस्त्र प्रहरी बल नेपाल चन्डिका गण नं.२५ बाट स.प्र.नि. महेश न्यौपाने र नेपाली सेना दुर्लुङ थूम गणबाट खटिएका संयूक्त टोलीले पर्वत जिल्ला भई बग्ने नदिका तटिय क्षेत्रमा खटिगई माईकिङ्ग गरी सतर्कता रहन हुन जिल्ला प्रहरी कार्यालय, पर्वत तथा जिल्ला स्थित सुरक्षा निकायहरूले हार्दिक अनुरोध गर्दछौ ।

23/09/2026

जिल्ला प्रहरी कार्यालय पर्वतको मौसम सम्बन्धी अत्यन्त जरुरी सूचना !
मिति २०८३ असोज ७ गते ।
==================

विविध सचेतनामुलक कार्यक्रम सम्पन्न !२०८३ असोज ०७ गते । (पर्वत)=========‍‍‍‍‍‍‍==========मिति २०८३ असोज ०७ गते यस जिल्ला ...
23/09/2026

विविध सचेतनामुलक कार्यक्रम सम्पन्न !
२०८३ असोज ०७ गते । (पर्वत)
=========‍‍‍‍‍‍‍==========
मिति २०८३ असोज ०७ गते यस जिल्ला प्रहरी कार्यालय, पर्वत मातहत, प्रहरी चौकी मिलनचोक, पर्वतले, जलजला गाउँपालिका वडा नं.०७ स्थित धाईरिङमा बाल विवाह बिरुद्ध प्रहरी चौकी लेखफाँट, पर्वतले जलजला गाउँपालिका वडा नं.०६ स्थित स्वाँर टोलमा स्थानीय बासिन्दाहरुको उपस्थितिमा महिनावारी विभेद सम्बन्धी सचेतामुलक कार्यक्रम सम्पन्न गरियो ।
#नेपालप्रहरी



विविध सचेतनामुलक कार्यक्रम सम्पन्न !२०८३ असोज ०६ गते । (पर्वत)=========‍‍‍‍‍‍‍==========मिति २०८३ असोज ०६ गते यस जिल्ला ...
21/09/2026

विविध सचेतनामुलक कार्यक्रम सम्पन्न !
२०८३ असोज ०६ गते । (पर्वत)
=========‍‍‍‍‍‍‍==========
मिति २०८३ असोज ०६ गते यस जिल्ला प्रहरी कार्यालय, पर्वत मातहत, प्रहरी चौकी देउपुर डिमुवा, पर्वतले, मोदी गाउँपालिका वडा नं.०५ स्थितमा आत्महत्या न्यूनीकरण, प्रहरी चौकी कार्कीनेटा, पर्वतले फलेवास नगरपालिका वडा नं.०१ स्थितमा साईवर अपराध नियन्त्रण, अस्थायी प्रहरी पोष्ट मालढुङ्गा, पर्वतले कुश्मा नगरपालिका वडा नं.१ स्थितमा लागूऔषध नियन्त्रण र अस्थायी प्रहरी चौकी कुश्मा, पर्वतले कुश्मा नगरपालिका वडा नं.०६ स्थितमा स्थानीय बासिन्दाहरुको उपस्थितिमा यौन दुर्व्यवहार सचेतनामुलक सम्बन्धी सचेतामुलक कार्यक्रम सम्पन्न गरियो ।
#नेपालप्रहरी



विविध सचेतनामुलक कार्यक्रम सम्पन्न !२०८३ असोज ०२ गते । (पर्वत)=========‍‍‍‍‍‍‍==========मिति २०८३ असोज ०२ गते यस जिल्ला ...
18/09/2026

विविध सचेतनामुलक कार्यक्रम सम्पन्न !
२०८३ असोज ०२ गते । (पर्वत)
=========‍‍‍‍‍‍‍==========
मिति २०८३ असोज ०२ गते यस जिल्ला प्रहरी कार्यालय, पर्वत मातहत, इलाका प्रहरी कार्यालय लुंखुदेउराली, पर्वतले, महाशिला गाउँपालिका वडा नं.०१ स्थितमा मानव वेचविखन न्यूनीकरण, प्रहरी चौकी भुकताङ्ले, पर्वतले मोदी गाउँपालिका वडा नं.०१ स्थितमा बालश्रम नियन्त्रण, र अस्थायी प्रहरी चौकी कुश्मा, पर्वतले कुश्मा नगरपालिका वडा नं.०७ स्थितमा स्थानीय बासिन्दाहरुको उपस्थितिमा चोरी नियन्त्रण सम्बन्धी सचेतामुलक कार्यक्रम सम्पन्न गरियो ।
#नेपालप्रहरी



यस जिल्ला प्रहरी कार्यालय, पर्वत तथा मातहत समेतबाट मिति २०८३ साल भदौ महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधीहरु निम्न...
18/09/2026

यस जिल्ला प्रहरी कार्यालय, पर्वत तथा मातहत समेतबाट मिति २०८३ साल भदौ महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधीहरु निम्नानुसार रहेको व्यहोरा जानकारी गरिन्छ ।
२०८३ असोज ०२ गते । (पर्वत)
============================================

सामुदाय-प्रहरी-साझेदारी जिल्ला समितिको मासिक वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न !२०८३ भदौ ३१ गते । (पर्वत) =========...
16/09/2026

सामुदाय-प्रहरी-साझेदारी जिल्ला समितिको मासिक वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न !
२०८३ भदौ ३१ गते । (पर्वत)
==================
आज मिति २०८३ भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय, पर्वतको आयोजनामा प्र.जि.अ.गंगा वहादुर क्षेत्रीको संयोजकत्वमा समन्वय प्रमुख विष्णुराम बि.क.,प्र.ना.उ विजय यादव, उ.वा.सं. पर्वत जिल्ला प्याब्सन, पत्रकार महासंघ, गै.स.स. महासंघ, आमा समुह प्रतिनिधी, सामुदायिक प्रहरी सेवा केन्द्र, पूर्व प्रहरी संगठन, नेपाल वार एसोसियशन, सरकारी तथा निजी विद्यालय, OCMC, सरकारी निकायका सरकारवालाहरु, नागरिक समाज समेतको सहभागिता रहेको थियो, प्र.ना.उ.विजय यादवले आ.व. २०८२।०८३ को पर्वत जिल्लाको घटित घटनाको विश्लेषण गर्दै चालु आ.व. मा चालिएका कदम, सेवा प्रवाह सहितको प्रस्तुत गर्नुभई समिक्षा गरिएको थियो भने उपस्थितहरुवाट मिति ०८३ साल असोज महिनामा चार्डपर्वलाई लक्षित गरी तिव्र रुपमा निग्रानी सचेतनामुलक अभियानलाई निरन्तरता दिनेमा जोड दिनुभएकोमा समन्वय प्रमुख विष्णुराम बि.क.ले पालिकाहरुबाटमा समन्वय गर्ने र घटना हुन सक्ने स्थानको पहिचान सहित समुदायसंगको सहकार्य गरी समस्या न्यूनिकरण गर्नेमा प्रतिवद्वता प्रस्तुत जनाउनु भएको र प्र.जि.अ. गंगा वहादुर क्षेत्रीले पर्वत जिल्लाको भुगोलको प्रतिनिधित्व हुने गरी समिति कृयाशिल रहने, चार्डपर्व सुरक्षा योजना बनाउने आत्महत्या घटनाको न्यूनिकरण, घटित घटना हुने संकास्पद स्थान( ग्यारेज,बन्जी साईड, अग्ला पुल एरियामा सुरक्षा बढाउने जिल्ला पालिका तथा वडा समिति सकृय रुपमा बढ्दै प्रभावकारी मुलक कार्य संचालन गर्ने भन्दै आवश्यक निर्देशन सम्बोधन गर्नुभई मासिक बैठक सम्पन्न भएको थियो ।
#नेपाल प्रहरी



प्रहरी कर्मचारीहरुको लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न !२०८३ भदौ ३० गते । (पर्वत)=========‍‍‍‍‍‍‍================...
15/09/2026

प्रहरी कर्मचारीहरुको लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न !
२०८३ भदौ ३० गते । (पर्वत)
=========‍‍‍‍‍‍‍===========================
आज मिति २०८३ भदौ ३० गते जिल्ला प्रहरी कार्यालय, पर्वतको सभाहलमा प्रहरी कर्मचारीहरुको लागि घटनास्थल सुरक्षा, घटना स्थलको प्रारम्भिक अनुसन्धान तथा हिरासत/कारागार सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुले ध्यान दिनुपर्ने विषयहरूमा १ दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू गरी जम्मा ६९ जना प्रहरी कर्मचारीहरूको उपस्थितिमा यस कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक सुनिल लामिछानेले घटनास्थलको परिचय, घटनास्थलको सुरक्षा, घटनास्थलमा ध्यान दिनुपर्ने कुराहरू र हिरासत तथा कारागारमा डियूटी खटिदा ध्यान दिनुपर्ने विषयहरूमा प्रशिक्षण गरी १ दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।
#नेपाल प्रहरी



Address

Parbat
Kusma
33401

Alerts

Be the first to know and let us send you an email when District Police Office, Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Parbat:

Shortcuts

Share