30/07/2026
हामी हिन्दू वा मुस्लिम भएर जन्मिने होइनौं, हामी सबै पहिले मानव भएर जन्मिन्छौं। धर्म त पछि आ–आफ्नो आस्था र संस्कृतिअनुसार अपनाइन्छ। त्यसैले धर्मका आधारमा विभाजित नभई आपसी सम्मान, सद्भाव र एकताका साथ बाँचौँ। यो विवाद राजनीतिक भै सकेको छ।
हरेक समुदायमा असल र खराब दुवै किसिमका मानिस हुन सक्छन्, तर केही व्यक्तिको गलत कार्यका आधारमा सम्पूर्ण समुदायलाई दोष दिनु उचित हुँदैन। हामी सबै नेपाली हौँ, र हाम्रो पहिचान आपसी मेलमिलाप र सहअस्तित्वमा छ।
यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।