तेजुलाल चाैधरी

तेजुलाल चाैधरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तेजुलाल चाैधरी, Social service, Lalitpur.

तेजुलाल चौधरी नेपालका एक अगुवा समाजसेवी हुनुहुन्छ।आफ्नो दैनिक जीवन जनताको सुख–दुःखसँग प्रत्यक्ष रूपमा जोडेर बिताउनुहुन्छ। समाजका सर्वसाधारण नागरिक खुशी, सुरक्षित र समृद्ध भएर बाँच्न सकून् भन्ने गम्भीर सोच र स्पष्ट दृष्टिकोणका साथ क्रियाशिल रहनु भएकाे छ ।

शुभ विहानी, सम्पुर्ण नेपाली दाजुभाइ, दिदी बहिनीमा आज २०८३ सालको नविनतम शुरुवात ।विगतका बर्षबाट सिक्दै "निरन्तरतामा नविनत...
14/04/2026

शुभ विहानी, सम्पुर्ण नेपाली दाजुभाइ, दिदी बहिनीमा आज २०८३ सालको नविनतम शुरुवात ।
विगतका बर्षबाट सिक्दै "निरन्तरतामा नविनताको" दिशा सहित थप एकताका साथ सुदृढ लोकतन्त्र र समुन्नत देश निर्माणको संकल्प गरौं ।
जय नेपाल🇳🇵

ईस्लाम धर्मालम्बीहरूको महान चाड ईदुल फित्रको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी ...
20/03/2026

ईस्लाम धर्मालम्बीहरूको महान चाड ईदुल फित्रको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मानव समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
शान्ति, सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनोस् भन्ने कामना गर्दछु।

यो पवित्र पर्वले हामी सबैबीच आपसी भाईचारा र एकता सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्य को कामनासँगै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

🌙✨ईद मुबारक!🇳🇵🤲🙏

पूर्व युवा तथा खेलकुद मन्त्री प्रतिनिधि सभा सदस्य सप्तरी क्षेत्र नम्बर ४
तेजुलाल चौधरी

पारदर्शिताको विषयमा पूर्ण रूपमा सचेत रहँदै मैले मेरो प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण खर्च विवरण निर्वाचन आयोगसमक्ष प्र...
18/03/2026

पारदर्शिताको विषयमा पूर्ण रूपमा सचेत रहँदै मैले मेरो प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण खर्च विवरण निर्वाचन आयोगसमक्ष प्रस्तुत गरी सार्वजनिक गरेको छु।
प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगको आचार संहिता बमोजिम २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको यथार्थ खर्च विवरण तपसिल बमोजिम पेश गरेको कुरा मेरा आदरणीय सरोकारवाला सबैमा हार्दिक निवेदन गर्दछु।

तेजु लाल चाैधरी
सप्तरी, निर्वाचन क्षेत्र नं. ४

लोकतन्त्रको सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा निहित हुन्छ। यही विश्वासका साथ मैले नेपाली कांग्रेस सप्तरी निर्वाचन ...
07/03/2026

लोकतन्त्रको सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा निहित हुन्छ। यही विश्वासका साथ मैले नेपाली कांग्रेस सप्तरी निर्वाचन क्षेत्र न.४ रूख चुनाव चिह्न बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी भएको थिएँ। यसपटक अपेक्षित परिणाम हासिल गर्न नसके पनि निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। जनताको निर्णय सधैं मेरो लागि मार्गदर्शक रहनेछ।

यस निर्वाचन यात्रामा मलाई माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवाशक्ति तथा शुभेच्छुकहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरूको साथ, प्रेरणा र भरोसाले मलाई सधैं उत्साहित बनाइरहेको छ।

निर्वाचन अभियानमा दिनरात खटिनुहुने सबै साथीहरू र सहयोगीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको मेहनत, समर्पण र साथले यो यात्रा अर्थपूर्ण बनाएको छ।

निर्वाचनमा हार भए पनि जनताको सेवा गर्ने मेरो प्रतिबद्धता अडिग रहनेछ। समाज र राष्ट्रको समृद्धिका लागि म निरन्तर समर्पित रहनेछु।

फेरि एकपटक सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद। 🙏🙏

तेजु लाल चाैधरी
नेपाली काङ्ग्रेस

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ...
07/03/2026

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्री सिताराम साहज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

जनताले परिवर्तन, इमानदारी र परिणाम दिने नेतृत्वको अपेक्षासहित दिएको यो विश्वासलाई उहाँले संसदमा सशक्त आवाजका रूपमा उठाउनुहुनेछ भन्ने विश्वास लिएकाे छु।

सप्तरी क्षेत्र नं. ४ को विकास, सुशासन, राेजगारी, कृषि र जनअधिकारका लागि उहाँको कार्यकाल प्रभावकारी रहोस् भन्ने कामना गर्दछु।
हार्दिक बधाई र शुभकामना🙏🙏

तेजु लाल चाैधरी
निकटतम प्रतिद्वन्द्वी
नेपाली काङ्ग्रेस

सप्तरी निर्वाचन क्षेत्र न ४ काे सर्वदलिय बैठक सम्पन्न भई भाेली बिहान ९ बजेबाट मतगन्ना गर्ने सहमति भयाे ।
05/03/2026

सप्तरी निर्वाचन क्षेत्र न ४ काे सर्वदलिय बैठक सम्पन्न भई भाेली बिहान ९ बजेबाट मतगन्ना गर्ने सहमति भयाे ।

नेपालको आजको आवश्यकता - अब्बल!
03/03/2026

नेपालको आजको आवश्यकता - अब्बल!

होलीको हार्दिक मंगलमय शुभकामना!प्रिय सप्तरी क्षेत्र नं. ४ का दाजुभाइ तथा दिदीबहिनीहरू,रंगहरूको पर्व होलीले हामी सबैको जी...
03/03/2026

होलीको हार्दिक मंगलमय शुभकामना!

प्रिय सप्तरी क्षेत्र नं. ४ का दाजुभाइ तथा दिदीबहिनीहरू,
रंगहरूको पर्व होलीले हामी सबैको जीवनमा नयाँ ऊर्जा, आपसी सद्भाव, एकता र भाइचारा ल्याओस् भन्ने कामना गर्दछु। विविध भाषा, संस्कृति र समुदायले सजिएको हाम्रो सप्तरी–४ सधैं मेलमिलाप, सहकार्य र विकासको मार्गमा अघि बढिरहोस्।
यो रंगको पर्वले राजनीतिक मतभेदभन्दा माथि उठेर साझा समृद्धि, सुशासन र जनअधिकारको यात्रामा हामी सबैलाई एकताबद्ध बनाओस्।
सुख, शान्ति, समृद्धि र विकासको रंगले तपाईंहरूको जीवन सधैं रंगियोस्।
— तेजु लाल चौधरी
सप्तरी क्षेत्र नं. ४

दुई वटै मतपत्रमा है ! ठ्याप्प लाएर 😉
02/03/2026

दुई वटै मतपत्रमा है ! ठ्याप्प लाएर 😉

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when तेजुलाल चाैधरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category