06/08/2026
खोकनाका कर्मठ योद्धा, शिक्षा क्रान्तिका अग्रदूत तथा समाजसेवामा जीवन समर्पित एवं नेपाली कांग्रेस खोकना इकाइ समितिका क्षेत्रीय प्रतिनिधि एवं सल्लाहकार, खोकनाको राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका जुझारु नेता श्री नरोत्तम श्रेष्ठज्यूका पूजनीय पिता आदरणीय आनन्दबहादुर श्रेष्ठज्यूको हिजो मिति २०८३/०४/२० गते भएको स्वर्गारोहणको दुःखद खबरले सम्पूर्ण खोकना आज स्तब्ध, मर्माहत र भावविह्वल बनेको छ।
खोकनाको शिक्षा, सामाजिक जागरण र सामुदायिक एकताको एउटा सशक्त आधारस्तम्भ हुनुहुन्थ्यो। समाजको हित, नयाँ पुस्ताको उज्ज्वल भविष्य र खोकनाको समग्र विकासका लागि उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ। उहाँको निष्ठा, इमानदारी, सरलता र सेवाभावले धेरै पुस्तालाई प्रेरणा दिएको छ।
यस्ता कर्मयोगी व्यक्तित्वको अभाव खोकनाका लागि अपूरणीय क्षति हो। तर उहाँले छोडेर जानुभएको आदर्श, मूल्य र समाजप्रतिको समर्पणले सधैँ हामीलाई सही मार्गमा अघि बढ्न प्रेरित गरिरहनेछ।
स्वर्गीय आनन्दबहादुर श्रेष्ठज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। जय नेपाल! 🇳🇵🙏🫡