27/10/2025
श्री गोदावरी नगरपालिका, बज्रबाराही, ललितपुर
१) प्रमुख श्री गजेन्द्र महार्जनज्यू
२) उप–प्रमुख श्री मुना अधिकारीज्यू
३) वडा अध्यक्ष श्री श्रीराज थापाज्यू, वडा नं. १
विषय: सडकबत्ती तथा CCTV क्यामेरा जडान सम्बन्धी धन्यवाद र अनुरोध।
आदरणीय महोदय/महोदया,
तीव्र गतिमा भइरहेको विकास तथा निर्माण कार्यसँगै आम नागरिकको ज्यान र धनको सुरक्षाका लागि रातको समयमा हुन सक्ने अनैतिक व्यक्तिहरूका गतिविधि तथा जंगली जनावरबाट उत्पन्न डर र त्रास कम गर्न र यस्ता घटनाहरू रोकथाम गर्ने उद्देश्यले श्री गोदावरी नगरपालिका, ललितपुर र वडा नं. १ का वडा अध्यक्षज्यूको विशेष पहलमा मुक्तिनाथ मन्दिरदेखि रातमाटे खानीसम्म (साबिक वडा नं. ३, मुलपानी) क्षेत्रमा सडकबत्ती जडान गर्ने अत्यन्तै सराहनीय कार्य भइरहेको छ।
यस उत्कृष्ट कार्यका लागि हामी मुलपानीवासीहरू हृदयदेखि आभारी छौँ। साथै, बाँकी मुलपानी–मझगाउँ सडकखण्डमा समेत सडकबत्तीको आवश्यकता रहेको र अति आवश्यक चोकहरूमा CCTV क्यामेरा जडान गरी जनसुरक्षा अझ सुदृढ पार्नुपर्ने हाम्रो विनम्र अनुरोध रहेको छ।
जनताको मन जित्ने यस्ता जनमुखी कार्यहरू निरन्तर रहून् भन्ने शुभकामनासहित, सडकबत्ती जडान कार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
शुभकामनासहित,
श्री मुलपानी टोल सुधार समिति
गोदावरी नगरपालिका–१, ललितपुर