Nepal-Japan Career and Start-up Support, JICA

Nepal-Japan Career and Start-up Support, JICA We provide Nepalese migrants in Japan and those who returned from Japan with information on career development and entrepreneurship.

📢 कुमामोतो भूकम्पबाट प्रभावित विदेशी कामदारका लागि विशेष जानकारीसन् २०२६ को कुमामोतो भूकम्पका कारण आफ्नो कम्पनीमा गर्दै ...
14/08/2026

📢 कुमामोतो भूकम्पबाट प्रभावित विदेशी कामदारका लागि विशेष जानकारी

सन् २०२६ को कुमामोतो भूकम्पका कारण आफ्नो कम्पनीमा गर्दै आएको काम केही समय गर्न नसक्ने विदेशी कामदारका लागि विशेष व्यवस्था गरिएको छ।

निश्चित सर्त पूरा भएमा,

• हालको कम्पनीमा अर्को प्रकारको काम गर्न
• अर्को कम्पनीमा अस्थायी रूपमा काम गर्न

विशेष अनुमति लिन सकिन्छ।

यसलाई जापानी भाषामा (しかくがいかつどうきょか) भनिन्छ। यसको अर्थ आफ्नो हालको भिसाले अनुमति नदिएको अर्को काम गर्न पाउने विशेष अनुमति हो।

कसका लागि?

भूकम्पबाट प्रभावित क्षेत्रमा बसोबास गर्ने र भूकम्पका कारण हालको काम गर्न नसक्ने, तर अवस्था सामान्य भएपछि पुरानै कम्पनीमा फर्किने योजना भएका विदेशी कामदार।

काम गर्ने समय: दिनमा बढीमा ८ घण्टा
अनुमतिको अवधि: सामान्यतया बढीमा ३ महिना

※ ३ महिनाको अवधि सन् २०२७ जनवरी २७ पछि पुग्ने भएमा, २०२७ जनवरी २७ सम्म मात्र अनुमति मान्य हुनेछ।

आफ्नो अवस्था र आवश्यक प्रक्रियाबारे थप जानकारीका लागि जापानको Immigration Services Agency को आधिकारिक जानकारी हेर्नुहोस्।

【熊本(くまもと)の地震(じしん)の影響(えいきょう)で仕事(しごと)ができない外国人(がいこくじん)のかたへ】
熊本(くまもと)の地震(じしん)の影響(えいきょう)で、いまの会社(かいしゃ)で実習(じっしゅう)や仕事(しごと)ができない人(ひと)は、いまの会社(かいしゃ)でべつの仕事(しごと)やほかの会社(かいしゃ)で働(はたら)くことができます。

■詳(くわ)しい情報(じょうほう)はこちら
 https://www.moj.go.jp/isa/30_00158.html

■連絡先(れんらくさき)はこちら
https://www.moj.go.jp/isa/about/region/index.html

विदेशी नागरिकका लागि एकदिने सूचना तथा परामर्श सेवा (नेपाली भाषा सहित १२ भाषामा परामर्श प्रदान गरिनेछ):ओसाका प्रान्तमा बस...
12/08/2026

विदेशी नागरिकका लागि एकदिने सूचना तथा परामर्श सेवा (नेपाली भाषा सहित १२ भाषामा परामर्श प्रदान गरिनेछ):

ओसाका प्रान्तमा बसोबास गर्ने विदेशी नागरिकहरूका लागि विभिन्न समस्या तथा चिन्ताबारे विशेषज्ञसँग निःशुल्क परामर्श गर्न सकिने एकदिने सूचना तथा परामर्श सेवा आयोजना हुँदैछ।

रिजर्भेसन गर्नु पर्दैन र सेवा पूर्ण रूपमा निःशुल्क छ।
परामर्श प्रत्यक्ष रूपमा कार्यक्रम स्थलमा गरिनेछ र परामर्शको विषयवस्तु गोप्य राखिनेछ।

मिति र समय:
शनिबार, 29 अगस्ट 2026
13:00 बजेदेखि साँझ 17:00 बजेसम्म
※ रिसेप्सन समय साँझ 16:20 बजेसम्म मात्र।

स्थान: माइडोम ओसाका (Mydome Osaka), 8औँ तला

*परामर्शको तरिका:
प्रत्यक्ष भेटघाटमार्फत परामर्श
प्रत्येक विषयमा अधिकतम 30 मिनेटसम्म।

*परामर्श लिन सकिने विषयहरू:
कानुन, मानव अधिकार, भिसा, श्रम, रोजगारी, दैनिक जीवन, चिकित्सा, दन्त उपचार, औषधि, स्वास्थ्य बीमा, पेन्सन, बालबालिकाको हेरचाह, शिक्षा तथा उच्च शिक्षा अध्ययन, कर र व्यवसाय व्यवस्थापनसम्बन्धी विषयहरू

सम्पर्क:
ओसाका अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र
TEL: 06-6773-8989

外国人のための「一日インフォメーションサービス」を開催します。 外国人のみなさんが困っていることや悩んでいるこ…

जापानमा डिपेन्डेण्ट भिसामा बसोबास गर्ने व्यक्तिका लागि जानकारी:जापानमा  डिपेन्डेण्ट भिसाको बसाइ अनुमति भएका व्यक्तिले पा...
10/08/2026

जापानमा डिपेन्डेण्ट भिसामा बसोबास गर्ने व्यक्तिका लागि जानकारी:

जापानमा डिपेन्डेण्ट भिसाको बसाइ अनुमति भएका व्यक्तिले पार्ट टाइम काम गर्नुअघि केही नियम पालना गर्नुपर्छ।

* पार्ट टाइम काम गर्न चाहने व्यक्तिहरूले काम सुरु गर्नुअघि जापानको इमिग्रेसन कार्यालयबाट आफ्नो बसाइ अनुमतिभन्दा बाहिर काम गर्ने अनुमति (しかくがいかつどうきょか) लिनुपर्छ। अनुमति पाएपछि सामान्यतया हप्तामा बढीमा २८ घण्टा पार्ट टाइम काम गर्न पाइन्छ।

अनुमति पाएको कसरी थाहा पाउने?
अनुमति पाएपछि रेजिडेन्स कार्डको पछाडिपट्टि काम गर्ने अनुमति सम्बन्धी स्ट्याम्प वा विवरण राखिन्छ। पार्ट टाइम काम सुरु गर्नुअघि अनुमति (しかくがいかつどうきょか) छ कि छैन भन्ने कुरा चेक गर्न नबिर्सनुहोस्।

しかくがいかつどうきょか आवेदनका लागि आवश्यक कागजात र थप जानकारी जापानको इमिग्रेसनको वेबसाइटमा हेर्नुहोस्।

今回(こんかい)は、在留資格(ざいりゅうしかく)「家族滞在(かぞくたいざい)」について紹介(しょうかい)します。詳(くわ)しくはホームページ(ほーむぺーじ)を確認(かくにん)してください。
  
#福岡入管 #入管
#在留支援 #在留資格 #家族滞在

जापानमा विद्यार्थीले पार्ट टाइम काम गर्दा ध्यान दिनुपर्ने नियमजापानमा अध्ययनरत विदेशी विद्यार्थीले पार्ट टाइम काम गर्दा ...
10/08/2026

जापानमा विद्यार्थीले पार्ट टाइम काम गर्दा ध्यान दिनुपर्ने नियम
जापानमा अध्ययनरत विदेशी विद्यार्थीले पार्ट टाइम काम गर्दा अनुमति(しかくがいかつどうきょか) लिएर मात्र काम गर्नुपर्छ।

विद्यालय चलिरहेको समयमा हप्तामा २८ घण्टासम्म मात्र पार्ट टाइम काम गर्न पाइन्छ भने, विद्यालयले तोकेको लामो बिदा, जस्तै गर्मी बिदा, जाडो बिदा आदिमा दिनमा ८ घण्टासम्म काम गर्न पाइन्छ। तर लगातार ७ दिनको अवधिमा ४० घण्टाभन्दा बढी काम गर्न पाइँदैन।
*ध्यान दिनुहोस्:
४० घण्टाभन्दा बढी काम गर्नु श्रमसम्बन्धी नियमको उल्लङ्घन हुन सक्छ। साथै, अनुमति पाएको सीमाभन्दा बढी काम गर्नु इमिग्रेसनसम्बन्धी नियमको उल्लङ्घन हुन सक्छ।

त्यसैले पार्ट टाइम काम गर्दा काम गर्ने समयको नियम राम्रोसँग बुझेर , नियम पालना गरेर सुरक्षित रूपमा काम गरौँ!

今回(こんかい)は、「留学(りゅうがく)」の在留資格(ざいりゅうしかく)の方(かた)の資格外活動(しかくがいかつどう)について紹介(しょうかい)します。詳(くわ)しくはホームページ(ほーむぺーじ)を確認(かくにん)してください。
  
#福岡入管 #入管 #在留支援 #在留資格留学 #資格外活動 #留学生アルバイト

04/08/2026

📢 विदेशी विद्यार्थीहरूका लागि रोजगारी अन्तर्वार्ता कार्यक्रम- नागोया

जापानमा अध्ययन गरिरहेका विदेशी विद्यार्थी तथा हालै ग्राजुयशन गरेका व्यक्तिहरूका लागि Job Interview आयोजना हुँदैछ।

मिति: २०२६ सेप्टेम्बर ४ तारिख, शुक्रबार
समय: दिउँसो १:३० देखि ४:३० बजेसम्म
स्थान: Nagoya Naka Public Employment Security Office, १०औँ तला,
मिटिङ्ग रुम नं. ३

सहभागी हुन पाउने व्यक्ति
* मार्च २०२७ मा विश्वविद्यालय, स्नातकोत्तर, छोटो अवधिको कलेज, प्राविधिक कलेज वा व्यावसायिक स्कूल ग्राजुयशन गर्ने विदेशी विद्यार्थीहरू
* स्नातक गरेको लगभग तीन वर्षभित्रका विदेशी विद्यार्थीहरू
* हाल जापानी भाषा विद्यालयमा अध्ययनरत र विदेशको विश्वविद्यालय वा कलेजबाट स्नातक गरेका विद्यार्थीहरू

सहभागी कम्पनी तथा रोजगारी
• Vegicorp: मोबाइल फोन सेल्स स्टाफ - जापानी भाषा N3 वा सोभन्दा माथि
• Fujikei Kyoei: सेल्स स्टाफ तथा स्टोर म्यानेजर - N2 वा माथि
• Genky: सामान्य तथा स्थानीय व्यवस्थापनसम्बन्धी पद -N2 वा माथि र ग्राजुयशन गर्दासम्म ड्राइभिङ लाइसेन्स आवश्यक
• Resort Trust: होटल तथा सेवा क्षेत्र - भिसाको प्रकारअनुसार N1 वा N2 आवश्यक

सहभागी हुने प्रक्रिया
१. Hello Work मा रोजगारी खोज्ने व्यक्तिको रूपमा दर्ता गर्नुहोस्।
२. Nagoya Foreign Employment Service Center मा गएर अन्तर्वार्ताको लागि बुकिंङ गर्नुहोस्।
३. सहभागी दर्ता फाराम लिनुहोस्।
४. सेप्टेम्बर ४ को अन्तर्वार्ता कार्यक्रममा सहभागी हुनुहोस्।

बुकिंङ गर्ने अवधि: अगस्त ३ देखि अगस्त २८ सम्म
प्रत्यक्ष रुपमा जान नसक्ने व्यक्तिले 052-855-3770 मा फोन गर्न सक्नुहुन्छ।

अन्तर्वार्ताको दिनमा ल्याउनुपर्ने सामग्री
• सहभागी दर्ता फाराम
• Hello Work दर्ता कार्ड/रसीद
• आवेदन गर्ने प्रत्येक कम्पनीका लागि छुट्टाछुट्टै रिजुमे
• अन्तर्वार्ताका लागि उपयुक्त पोसाक, जस्तै सुट

थप जानकारीको लागि तलको पेजमा हेर्नुहोस् ।

📢 जापानमा आएर वसोवास सुरु गर्नुभएकाहरुका लागि महत्वपूर्ण सुचनाजापानमा आएर वसोबास गर्न थालेपछि १४ दिनभित्र आफ्नो बसोबास क...
29/07/2026

📢 जापानमा आएर वसोवास सुरु गर्नुभएकाहरुका लागि महत्वपूर्ण सुचना

जापानमा आएर वसोबास गर्न थालेपछि १४ दिनभित्र आफ्नो बसोबास क्षेत्रको नगरपालिका (City Hall / Ward Office / Town Office) मा गएर आफ्नो ठेगाना दर्ता गर्नुपर्छ।

यो प्रक्रिया गर्न ढिलो नगर्नुहोस्। समयमै दर्ता गरेर कुनै समस्या हुनबाट बच्नुहोस्।
जापानमा नयाँ आउने साथीहरूलाई पनि यो जानकारी शेयर गर्नुहोस्।

📢 जापानका होटल तथा परम्परागत गेष्ट-हाउसमा काम गर्न चाहने विदेशी नागरिकहरूका लागि महत्वपूर्ण सूचना:जापानको होटल तथा परम्प...
25/07/2026

📢 जापानका होटल तथा परम्परागत गेष्ट-हाउसमा काम गर्न चाहने विदेशी नागरिकहरूका लागि महत्वपूर्ण सूचना:

जापानको होटल तथा परम्परागत गेष्ट-हाउसमा काम गर्न चाहने विदेशी नागरिकहरूले आफ्नो भिसा अनुसार गर्न पाउने काम फरक फरक हुन्छ। त्यसैले, काम सुरु गर्नु अघि आफ्नो भिसाले अनुमति दिएको कार्यक्षेत्र राम्रोसँग बुझ्नु अत्यन्त आवश्यक हुन्छ।

इन्जिनियरिङ, मानविकी तथा अन्तर्राष्ट्रिय सेवा(ぎじゅつ・じんぶんちしき・こくさいぎょうむ)भिसा भएका व्यक्तिहरूले मुख्य रूपमा फ्रन्ट डेस्क (Check-in / Check-out), पर्यटन सम्बन्धी जानकारी प्रदान गर्ने, योजना तथा प्रचार–प्रसार गर्ने, र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने जस्ता विशेषज्ञता आवश्यक पर्ने काम गर्न सक्छन्। तर, सामान्य ग्राहक सेवा, रेस्टुरेन्टमा सेवा, वा होटलको दैनिक सञ्चालनसम्बन्धी काम गर्न अनुमति हुँदैन।

यद्यपी, SSW I – Accommodation (とくていぎのう1ごう-しゅくはくぶんの)भिसा भएका व्यक्तिहरूले फ्रन्ट डेस्क, योजना तथा प्रचार–प्रसार, ग्राहक सेवा, रेस्टुरेन्ट सेवा, साथै होटल तथा परम्परागत गेष्ट-हाउसको सञ्चालनसँग सम्बन्धित विभिन्न सेवा कार्यहरू गर्न सक्छन्। सम्बन्धित कार्य भएमा बिक्रीसम्बन्धी केही काम पनि गर्न सक्छन्।

⚠️ आफ्नो भिसाले अनुमति नदिएको काम गरेमा अध्यागमन कानुनको उल्लङ्घन हुन सक्छ। त्यसैले, रोजगार सुरु गर्नु अघि आफ्नो भिसा अनुसार कुन-कुन काम गर्न पाइन्छ भन्ने कुरा चेक गर्नुहोस्।

यो जानकारी होटल तथा पर्यटन क्षेत्रमा काम गरिरहेका वा काम गर्न इच्छुक विदेशी नागरिकहरूका लागि उपयोगी हुन सक्छ, आवश्यक परेमा आफ्ना साथीभाइलाई पनि शेयर गर्नुहोस्।

थप जानकारीको लागि तलको आधिकारिक पेज हेर्न सक्नुहुन्छ।

ホテル・旅館等において外国人が就労する場合の在留資格について、お知らせします。

एटम इन्टरनेशनल ल्याङ्ग्वेज एकेडेमी, फुकुओकामा करियर विकास कार्यक्रम (CDP) सफलतापूर्वक सम्पन्न भयो।२०२६ जुलाई १० मा आयोजि...
20/07/2026

एटम इन्टरनेशनल ल्याङ्ग्वेज एकेडेमी, फुकुओकामा करियर विकास कार्यक्रम (CDP) सफलतापूर्वक सम्पन्न भयो।

२०२६ जुलाई १० मा आयोजित कार्यक्रममा अप्रिल २०२६ मा भर्ना भएका १४ जना नेपाली तथा ४ जना श्रीलङ्काली विद्यार्थी सहभागी भए।
कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, क्षमता तथा भविष्यको करियर लक्ष्यबारे सोच्ने अवसर पाए। साथै, उच्च शिक्षा र भविष्यको रोजगारीका लागि आवश्यक ज्ञान, सीप तथा कार्ययोजना तयार गर्ने अभ्यास पनि गरे।

यस कार्यक्रममा विद्यार्थीहरूले अत्यन्तै गम्भीरतापूर्वक सहभागिता जनाए।
कार्यक्रमपछिको सर्वेक्षणमा सबै सहभागीहरूले नयाँ कुरा सिकेको बताएका छन्। अधिकांश विद्यार्थीले कार्यक्रमले आफ्नो करियरबारे सोच्न मद्दत गरेको र भविष्यका लागि आवश्यक ज्ञान तथा सीप विकास गर्न प्रेरणा दिएको प्रतिक्रिया दिएका छन्।

यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो भविष्यको करियरबारे स्पष्ट रूपमा सोच्न, आवश्यक ज्ञान र सीप पहिचान गर्न तथा आफ्नो लक्ष्यतर्फ योजनाबद्ध रूपमा अघि बढ्न प्रेरणा दिएको विश्वास लिएका छौं।

Address

ललितपुर-४४७००, खुमलटार हाइट, सिभिल होम्स् घर नं. ७३ (AITM कलेज सँगै) Lalitpur-44700, Khumaltar Height, Civil Homes House Number 73 (Next To AITM College)
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Nepal-Japan Career and Start-up Support, JICA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal-Japan Career and Start-up Support, JICA:

Shortcuts

Share