NCRC-National Child Rights Council

NCRC-National Child Rights Council राष्ट्रिय बाल अधिकार परिषद्
(1)

02/09/2026

बालक उद्धार तथा अस्थायी संरक्षण ।
मिति २०८३ साल भदौ १६ गते बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ र जिल्ला रुपन्देही, प्रहरी चौकी खैरेनीको संयुक्त पहलमा वेवारिसे अवस्थामा फेला परेका ४ दिन देखि सडकमा फेला परेका १० वर्षीय बालकलाई उद्धार गरिएको छ।
बालकको परिवार तथा अभिभावकको खोजतलास भइरहेको र हालसम्म परिवार पत्ता नलागेकाले परिवार पत्ता नलागेसम्म अस्थायी संरक्षणका लागि श्री सिर्जनशील संस्था नेपाल, भलबाडी, रुपन्देहीमा राखिएको छ।
#बालबालिकाकोसंरक्षण #बालउद्धार

आज मिति २०८३ साल भाद्र १६ गते राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशको आयोज...
01/09/2026

आज मिति २०८३ साल भाद्र १६ गते राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशको आयोजनामा विपदमा बालबालिकाको संरक्षणका विषयमा अनलाईन बैठक सम्पन्न भयो ।मिति २०८३ भाद्र १० गते रसुवा, नुवाकोट, धादिङ र चितवनमा आएको वाढी र त्यसवाट सृजित विपदका कारण मृत्यू भएका सम्पूर्णमा हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना सहित वेपत्ता नागरिकको सकुसल उद्धारको कामना गर्दै विपदमा परेका बालबालिकाहरुलाई शिक्षा, पालनपोषणका वहानामा विभिन्न ठाउँमा ओसारपसार हुने सम्भावना हुने हुँदा कोशी प्रदेशका विभिन्न नाकाहरुको प्रयोग भई भारत तर्फ लैजान सक्ने भएकोले कोशी प्रदेशको सुनसरी जिल्लास्थित भण्टाबारी नाका, विराटनगर स्थिति जोगवनी नाका, भद्रपुर स्थित गलगलिया नाका, मेचिनगर स्थित काकडभिट्टा नाका र सूर्योदय नगरपालिकास्थित पशुपतिनगर नाका प्रयोग हुन सक्ने भएकोले उक्त नाकाहरुमा बालबालिकाको विषयलाई नाकामा कार्यरत संस्थाहरु, सम्वन्धित स्थानीय तहको बालकल्याण अधिकारीले प्रभावकारी अनुगमन गर्ने र सबैमा बालबालिकाको ओसारपसार, श्रमजन्य कार्यमा बालबालिकाको प्रयोगको विषयमा व्यापक प्रचार प्रसार गर्ने ।
मिति २०८३ भाद्र १५ गते राष्ट्रिय बालअधिकार परिषद्वाट जारी गरिएको विज्ञप्ति अनुसार विपदमा परेका बालबालिकाहरुको विभिन्न प्रकारका फोटो भिडियोहरु अनाधिकृत रुपमा सामाजिक सञ्जालहरुमा प्रकाशन तथा प्रशारण नगर्न नगराउन यस प्रदेशका सबै सरोकारवालाहरुले प्रभावकारी प्रचार प्रसार गर्ने ।
यस कोशी प्रदेशमा विगत केही वर्षदेखी भदौ असोजमा वाढी पहिरोवाट धेरै धनजनको क्षती भएको अझै डेढमहिना जोखिमको अवस्था रहेको हुँदा यस प्रदेशमा रहेका सबै बालहेल्पलाईन सेवा १०९८, सरोकारवाला संस्थाहरु, अस्थायी संरक्षण गृहहरुले बालसंरक्षणको पूर्व तयारी गर्ने ।
बालसंरक्षणको विषयलाई प्रभावकारी समन्वय र सञ्चार गर्न सबै बालहेल्पलाईन सेवा १०९८, अस्थायी संरक्षण केन्द्र, दीर्घकालिन संरक्षण केन्द्र, बालबालिकासँग कार्यरत सबै सरोकारवालाहरुको ह्वाटसएप ग्रुप बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशवाट तयार गरी आपसी समन्वय गर्ने । विषयमा साझा निष्कर्ष निकालिएको छ । उक्त बैठकमा कोशी प्रदेशका प्रमुख सिमानाका जोडिएका ४ स्थानीय तहका बालकल्याण अधिकारी, कोशी प्रदेशका ५ वटा हेल्पलाईन सेवा १०९८, माईती नेपाल र साना हातहरुको प्रतिनिधित्व रहेको थियो ।

विज्ञप्तिबालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल एवम् सञ्चार माध्यममा पोस्ट नगर्ने नगराउने सम्बन्धमा ।मिति २०८३ साल भ...
31/08/2026

विज्ञप्ति

बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल एवम् सञ्चार माध्यममा पोस्ट नगर्ने नगराउने सम्बन्धमा ।

मिति २०८३ साल भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गरे/गराएको भिडियो तथा फोटोहरु फेसबुक, मेसेन्जर, यूटुब, टिकटक, इन्स्ट्राग्राम, मेटा, लिंक्डइन, थ्रेड, स्नापचाट, भाइबर, ह्वाट्सएप, एक्स/ट्विटर लगायतका सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा कुनै पनि व्यक्ति वा संस्थाले बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान र पालना गर्न एवम् पीडित तथा प्रभावित बालबालिकाको भिडियो तथा फोटोहरु पोस्ट नगर्नु नगराउनु हुन परिषद् हार्दिक अपील गर्दछ।

१५ भदौ २०८३
नेपाल सम्वत् ११४६

रामबहादुर चन्द
अधिकृत/सूचना अधिकारी

सूचना:-
29/08/2026

सूचना:-

विज्ञप्तिआकस्मिक बाढी तथा प्राकृतिक विपद्‌मा परेका बालबालिकाको उद्धार, सुरक्षा र संरक्षण सम्बन्धमा।आज मिति २०८३ साल भदौ ...
26/08/2026

विज्ञप्ति

आकस्मिक बाढी तथा प्राकृतिक विपद्‌मा परेका बालबालिकाको उद्धार, सुरक्षा र संरक्षण सम्बन्धमा।

आज मिति २०८३ साल भदौ १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी करिडोर, टिमुरे, स्याफ्रुबेंसी एवम् नुवाकोट जिल्लाको त्रिसुली करिडोरको विदुर लगायतका क्षेत्रमा आएको आकस्मिक विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस विपद्‌बाट ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति राष्ट्रिय बाल अधिकार परिषद् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

साथै बेपत्ता व्यक्तिहरूको तत्काल खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्का समयमा बालबालिकाहरु परिवारबाट बिछोडिने, हराउने, चोटपटक तथा मानसिक तनावमा पर्ने, शोषणको जोखिममा रहने र आधारभूत आवश्यकताबाट वञ्चित हुने उच्च सम्भावना रहने भएकाले उनीहरूको जीवनरक्षा, सुरक्षा, संरक्षण र सर्वोत्तम हितलाई ध्यानमा राखी देहायका विषयमा विशेष प्राथमिकता दिन तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सामाजिक संस्था तथा स्थानीय समुदायमा परिषद् हार्दिक अनुरोध गर्दछ:-

बालमैत्री उद्धार तथा राहत: खोज, उद्धार, उपचार र राहत वितरणमा बालबालिका, विशेषगरी शिशु, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका बालबालिका र अन्य विशेष संरक्षणको आवश्यकता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुहुन।
तत्काल पहिचान तथा पारिवारिक पुनर्मिलन: अभिभावकबाट बिछोडिएका, हराएका, घाइते वा अभिभावक गुमाएका बालबालिकाको पहिचान तथा लगत संकलन गरी सुरक्षित आश्रय, पारिवारिक पुनर्मिलन र अवैध ओसारपसार रोकथामको व्यवस्था मिलाउनुहुन।
आवश्यक सामग्री तथा सुरक्षित आश्रय: प्रभावित बालबालिकालाई तत्काल आवश्यक पर्ने पोषिलो खाद्यान्न, लत्ताकपडा, स्वच्छ खानेपानी, सरसफाइ सामग्री तथा शिशु स्याहारका सामग्री उपलब्ध गराई अस्थायी आश्रयस्थलमा सुरक्षित र बालमैत्री वातावरण सुनिश्चित गर्नुहुन।
मनोसामाजिक तथा स्वास्थ्य सेवा: विस्थापित तथा त्रसित बालबालिकाका लागि आवश्यक मनोसामाजिक परामर्श, प्राथमिक स्वास्थ्य सेवा तथा अन्य संरक्षणका उपायहरू तत्काल उपलब्ध गराउनुहुन।
हटलाइनको उपयोग: हराएका, फेला परेका वा संरक्षण आवश्यक भएका बालबालिकाका सम्बन्धमा नजिकको प्रहरी कार्यालय वा बालबालिका खोजतलास समन्वय केन्द्र १०४ वा बाल हेल्पलाइन १०९८ मा तत्काल सूचना दिनुहुन।
उच्च सतर्कता: भोटेकोशी तथा त्रिशूली नदीका तटीय क्षेत्र (रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत) मा नदीको बहाव उच्च रहन सक्ने भएकाले अभिभावकहरूले आफ्ना बालबालिकालाई नदी किनारमा जान वा पौडी खेल्न नदिनुहुन।
सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलद्वारा भइरहेको उद्धार कार्य एवम् यस परिषद्का अध्यक्ष माननीय मन्त्रीज्यूको पहलमा भैरहेको बालबालिकाको उद्धार खोज एवम् संरक्षण कार्यलाई विशेष प्राथमिकता दिइ विपद्‌मा परेका बालबालिकाको सर्वोत्तम हित र अधिकारको सुनिश्चितता एवम् संरक्षण गर्न आवश्यक समन्वय र सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय बाल अधिकार समिति, सामाजिक संघसंस्था, मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा आम नागरिकमा राष्ट्रिय बाल अधिकार परिषद् हार्दिक अपिल गर्दछ।

मधेश प्रदेश,  मिति २०८३।०५।०२ गतेदेखि २०८३।०५।०४ गतेसम्म राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण, बलरा तथा गोडैता नगरपालिक...
25/08/2026

मधेश प्रदेश, मिति २०८३।०५।०२ गतेदेखि २०८३।०५।०४ गतेसम्म राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण, बलरा तथा गोडैता नगरपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK), मलंगवा, सर्लाहीको आयोजनामा स्थानीय तथा वडा बाल अधिकार समिति, बाल कल्याण अधिकारी, मनोविमर्शकर्ता, घटना संकलनकर्ता तथा सम्बन्धित सरकारी पदाधिकारीहरूका लागि घटना व्यवस्थापन तथा बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (CPIMS) सम्बन्धी ३ दिने तालिम कार्यक्रम सञ्चालन गरी सम्पन्न गरिएको छ।



उक्त कार्यक्रममा गोडैता तथा बलरा नगरपालिकाका उपप्रमुख, वडाध्यक्ष, वडा सचिव, बालबालिका शाखा प्रमुख, बाल कल्याण अधिकारी, बाल क्लब सञ्जालका प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधि तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK), मलंगवाका प्रतिनिधि लगायत सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो जसमध्ये ६ जना महिला र १९ जना पुरुष गरी जम्मा २५ जना रहेको थियो।

मधेश प्रदेश, मिति २०८३।०४।२५ गते देखि २०८३।०४।२७ गते सम्म राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण, महोत्तरी जिल्ला, एकडारा...
19/08/2026

मधेश प्रदेश, मिति २०८३।०४।२५ गते देखि २०८३।०४।२७ गते सम्म राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण, महोत्तरी जिल्ला, एकडारा गाउँपालिकाको समन्वय, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र एकिकृत ग्रमिण विकास समाज (IRDS) बर्दिवासको आयोजनामा स्थानीय बाल अधिकार समिति तथा सरकारी पदाधिकारीलाई बाल अधिकारका सवाल, नीति, कार्यन्वयन तथा घटना व्यवस्थापन सम्बन्धी ३ दिन तालिम कार्यक्रम सञ्चालन भई सम्पन्न भएको छ । उक्त कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सचिव, बालबालिका शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, बाल कल्याण अधिकारी, बालक्लव संजालका प्रतिनिधिहरु, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि तथा एकिकृत ग्रमिण विकास समाज (IRDS) बर्दिवासका प्रतिनिधिहरु लगायत जम्मा २७ जनाको सक्रिय सहभागिता रहेको थियो जसमध्ये ८ जना महिलाहरू र १९ जना पुरूषहरू रहेको थियो ।

राष्ट्रिय बाल दिवस भदौ २९ मनाउन सुझाव पेश गर्ने सम्बन्धी सूचनाराष्ट्रिय बाल दिवस भदौ २९ (२०८३) मनाउने  सन्दर्भमा  बाल अध...
17/08/2026

राष्ट्रिय बाल दिवस भदौ २९ मनाउन सुझाव पेश गर्ने सम्बन्धी सूचना

राष्ट्रिय बाल दिवस भदौ २९ (२०८३) मनाउने सन्दर्भमा बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि उपयुक्त हुने राष्ट्रिय नारा र कार्यक्रम सम्बन्धी सुझाव प्रस्ताव गरी यहीं मिति २०८३ साल भदौ ५ गतेभित्र इमेल [email protected] मा पठाइदिनुहुन सम्बन्धित सबै सरोकारवाला निकाय, संघ संस्था, व्यक्ति तथा बालबालिकालार्इ परिषद् हार्दिक अनुरोध गर्दछ।

विशेष गरी बालबालिकाबाट प्राप्त सुझावहरूलाई प्राथमिकता दिँदै आवश्यकता अनुसार राष्ट्रिय बाल दिवस २०८३ को नारा निर्धारण र कार्यक्रम तर्जुमा गरिने व्यहोरा समेत अनुरोध छ।

राष्ट्रिय बालअधिकार परिषद् श्रीमहल ललितपुर, सेभ द चिल्ड्रेन र सिसिआर कर्णालीको आयोजना तथा साझेदारीमा बालमैत्री स्थानीय श...
17/08/2026

राष्ट्रिय बालअधिकार परिषद् श्रीमहल ललितपुर, सेभ द चिल्ड्रेन र सिसिआर कर्णालीको आयोजना तथा साझेदारीमा बालमैत्री स्थानीय शासन तथा बाल संरक्षण प्रणाली सुदृढीकरण सम्बन्धी २ दिने क्षमता विकास तालीम आयोजना गरिएको थियो। उक्त क्षमता विकास तालीम जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी श्री आन्द सारुको प्रमुख आतिथ्यता, सेभ द चिल्ड्रेन कर्णाली प्रदेश सुर्खेतका कार्यलय प्रमुख रत्‍नराज ओझाज्यूको आतिथ्यता र कर्णाली प्रदेशका जाजरकोट, सुर्खेत र दैलेख जिल्लाका २० वटा स्थानीयतहका बाल कल्याण अधिकारी, बाल हेल्पलाइन सेवा १०९८, जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र दैलेख र OCMC दैलेखमा कार्यरत कर्मचारीहरु गरी २५ जना सहभागिहरुको सहभागितामा तालिमको उदघाटन गरिएको थियो।२०८३।४।३० र ३१ गते २ दिन सम्म सञ्चालन गरिएको तालीममा, बाल अधिकार सम्वन्धी नीतिगत तथा कानूनी व्यवस्था तथ कार्यान्वयनको अवस्था, बाल संरक्षण प्रणाली, बालमैत्री स्थानीय शासन, बालश्र, बाल संरक्षण मापदण्ड, बाल अधिकार अनुगमन, स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीको काम, कर्तव्य, अधिकार र विशेष संरक्षणको आवश्यकता भएका, हिंसार दुर्व्यवहारमा परेका, अधिकार उपभोगबाट वञ्‍चितिकरण परेका र विभिन्न कारणले जोखिम अवस्थामा रहेका बालबालिकाको बालमैत्री सेवा प्रवाह, वैकल्पिक स्याहर लगायतको विषयमा सहजीकरण गरिएको थियो।

मिति २०८३ साल साउन २८ गते धरान उपमहानगरपालिका वडा नं.१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारकाे चमेनागृहमा बालश्रम...
17/08/2026

मिति २०८३ साल साउन २८ गते धरान उपमहानगरपालिका वडा नं.१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारकाे चमेनागृहमा बालश्रमिक रहेकाे सुचनाका आधारमा राष्ट्रिय बालअधिकार परिषद्,बालबालिका खाेजतलास प्रदेश समन्वय केन्द्र १०४ काेशी प्रदेशकाे समन्वयमा श्रम तथा राेजगार कार्यालय विराटनगर , धरान उपमहानगरपालिका, बालहेल्पलाईन सेवा १०९८ माेरङ र सुनसरी, ईलाका प्रहरी कार्यालय धरानकाे संयुक्त पहलमा अन्दाजी वर्ष १५ र वर्ष १२ कि दुई जना बालिका उद्वार गरि अस्थायी संरक्षण प्रदान गरिएकाे छ । साथै आवश्यक कानूनी प्रकृयाका लागि श्रम तथा राेजगार कार्यालय विराटनगर पठाईएकाे छ ।

Address

Shree Mahal
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9775550121

Alerts

Be the first to know and let us send you an email when NCRC-National Child Rights Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NCRC-National Child Rights Council:

Shortcuts

Share