04/09/2026
📚 सिकाइ सुधारका लागि विद्यालय सुपरिवेक्षण सम्पन्न
कोन्ज्योसोम गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा र ECEC संस्थाको संयुक्त आयोजनामा मिति २०८३/०५/१६, १७ र १८ गते गाउँपालिकाअन्तर्गतका ६ वटा माध्यमिक विद्यालयहरूमा विद्यालय सुपरिवेक्षण सम्पन्न भएको छ।
सुपरिवेक्षणका क्रममा शिक्षकहरूको कक्षा शिक्षणको अवलोकन गर्नुका साथै विद्यालय प्रशासन तथा शिक्षकहरूसँग छलफल गरी सिकाइ सुधारका लागि आवश्यक पृष्ठपोषण तथा सुझाव प्रदान गरिएको थियो।
यस कार्यले विद्यालयको शैक्षिक वातावरण, कक्षा शिक्षण तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।