ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति

  • Home
  • Nepal
  • Lalitpur
  • ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति

ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति "Fresh & Hygienic Water to the Community" Distribute private taps

खानेपानी शुद्धिकरण गरेर प्रयोग गर्ने सम्बन्धि सूचना!!!
24/08/2026

खानेपानी शुद्धिकरण गरेर प्रयोग गर्ने सम्बन्धि सूचना!!!

नयाँ धाराको आवेदन खोलेको सम्बन्धि सूचना !!!
24/08/2026

नयाँ धाराको आवेदन खोलेको सम्बन्धि सूचना !!!

कर्मचारी नामावली प्रकाशन सम्बन्धि सूचना
13/08/2026

कर्मचारी नामावली प्रकाशन सम्बन्धि सूचना

28/07/2026

खानेपानी सेवा अवरुद्ध सम्बन्धि सूचना!!!

​आदरणीय उपभोक्ता महानुभावहरू,
​ यस समिति अन्तर्गतको पंसल ट्यांकीमा पानी तान्ने पम्प मेशिनमा समस्या उत्पन्न भई माखबुँ क्षेत्रमा खानेपानी आपूर्ति केही समयको लागि अस्थायी रूपमा बन्द हुने जानकारी गराउँदछौं।
​यद्यपि, यहाँहरूलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै हाल गोदावरी स्थित कुना खोलाको मुहानबाट आउने पानीलाई टौखेल ट्यांकीमा सङ्कलन गरी न्यून मात्रामा भए पनि खानेपानी वितरणको वैकल्पिक व्यवस्था मिलाएका छौं।
​यस आकस्मिक प्राविधिक समस्याका कारण आदरणीय उपभोक्ता वर्गमा पर्न गएको असहजता र असुविधा प्रति समिति क्षमा प्रार्थी छ। पम्प मेशिन मर्मत गरी छिट्टै नियमित पानी सुचारु गर्न हामी तीव्र गतिमा लागि परेका छौं। यहाँहरूको धैर्यता र अमूल्य सहयोग प्रति समिति परिवार पूर्ण आभार व्यक्त गर्दछौं।
​धन्यवाद !
– ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति

कर्मचारी माग सम्बन्धि सूचना!!
22/07/2026

कर्मचारी माग सम्बन्धि सूचना!!

13/07/2026

सूचना: अनलाइन भुक्तानी सेवा अस्थायी रूपमा बन्द रहने बारे ।

चालु आर्थिक वर्ष २०८२/२०८३ को अनलाइन भुक्तानी सेवाको हिसाब मिलानको लागि यही मिति २०८३-०३-२९ गते बेलुका ५ बजे देखि २०८३-०४-०१ गते बिहान १० बजे बजे सम्मका लागि अस्थायी रूपमा अनलाइन सेवा बन्द रहने कुरा जानकारी गराउँदछौं।
धन्यवाद !

बंशिकोटमा बोरिङ्ग गरेको पानी न्हु फल्चाको चेम्बर हुँदै ठैब सम्म आपूर्ति गर्न पाइपलाइन गाँस्दै प्लम्बर साथीहरु र सो कार्य...
12/07/2026

बंशिकोटमा बोरिङ्ग गरेको पानी न्हु फल्चाको चेम्बर हुँदै ठैब सम्म आपूर्ति गर्न पाइपलाइन गाँस्दै प्लम्बर साथीहरु र सो कार्यको निरीक्षण गर्दै समितिका पदाधिकारीहरु।

कर्मचारी चाहियो !!  ———    कर्मचारी चाहियो  !!!
26/06/2026

कर्मचारी चाहियो !! ——— कर्मचारी चाहियो !!!

26/05/2026

खानेपानी वितरण तालिका परिवर्तन सम्बन्धि अत्यन्त जरुरी सूचना!!
​प्रकाशित मिति: २०८३ जेष्ठ १२ गते

​आदरणीय उपभोक्ता महानुभावहरू,
​यस ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा विगतमा खानेपानी व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले मिति २०८३/०२/०७ गतेको निर्णय अनुसार आलोपालो प्रणाली लागू गरिएको व्यहोरा सर्वविदितै छ। ​तर, उक्त प्रणाली प्रयोगमा ल्याउँदा प्राविधिक तथा व्यावहारिक रूपमा झन् जटिलता र समस्याहरू निम्तिएको भनी उपभोक्ताहरूबाट प्राप्त गुनासो तथा समितिको आन्तरिक समीक्षाका आधारमा उक्त व्यवस्थालाई परिमार्जन गरिएको छ।
​उपभोक्ताहरूको सहजताका लागि आजै मिति २०८३ साल जेष्ठ १२ गते बेलुकादेखि नै लागू हुने गरी आलोपालो प्रणाली खारेज गरी साविककै कार्यतालिका बमोजिम बिहान र बेलुका एकैपटक खानेपानी वितरण गरिने व्यहोरा सहर्ष जानकारी गराइन्छ। ​यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधा प्रति समिति क्षमा प्रार्थी छ। आगामी दिनमा पनि यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद।

भवदीय,
दिलिप देशार
सचिव
ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति

Address

Godawari/14
Lalitpur
44709

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97715561085

Alerts

Be the first to know and let us send you an email when ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति:

Shortcuts

Share