Bibeksheel Sajha Party

Bibeksheel Sajha Party Founded in 2017 on the four pillars of System, Transparency, Integrity, and Meritocracy (STIM), anti-corruption. For more www.bibeksheelsajha.com
(1)

Bibeksheel Sajha Party believes in 'welfare democracy' and aims at transforming Nepal within a generation.

08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।

20/02/2026
13/02/2026

हामी आयोैँ:

विवेकशील साझा पार्टीको अडिट प्रतिवेदन २०८१–२०८२ सार्वजनिक गरेका छौँ। यहाँहरूलाई जानकारी नै छ, यस वर्ष हामीले पार्टीलाई आ...
12/02/2026

विवेकशील साझा पार्टीको अडिट प्रतिवेदन २०८१–२०८२ सार्वजनिक गरेका छौँ। यहाँहरूलाई जानकारी नै छ, यस वर्ष हामीले पार्टीलाई आधिकारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण गरेका छौँ।

राष्ट्रिय संबृद्धिको महाशक्ति:
19/12/2025

राष्ट्रिय संबृद्धिको महाशक्ति:

वि.सं. २०८२ पौष ४
ने.सं. ११४६ थिंलागा आमै

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले पार्टीको संघीय नेतृत्व मञ्च (Federal leadership forum) को सदस्यमा पहिलो चरणमा प्रस्ताव गरिएका देहायका पार्टी सदस्यहरूलाई मनोनित गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
• श्री समीक्षा बास्कोटा, ललितपुर
• श्री प्रकाशचन्द्र परियार, सुनसरी
• श्री बिमला अधिकारी, चितवन
• श्री रन्जु दर्शना, काठमाडौं
• श्री पवित्रा थापा, कास्की
• श्री बिमल तामाङ, नुवाकोट
• श्री समुन्द्र केसी, ललितपुर
• श्री दामोदर नेपाल, नुवाकोट
• श्री आशुतोष प्रधान, चितवन
• श्री नवराज थापा, गोरखा
• श्री सुरज प्रधान, भक्तपुर
• श्री धनेज थापा, काठमाडौं
• श्री सुदन श्रेष्ठ, सुनसरी
• श्री अजित खड्का, काठमाडौं
• श्री रुस्तम अन्सारी, बारा
• डा. सुशील शाह, बारा
• श्री शीतल भुसाल, रुपन्देही

मनिष झा
प्रवक्ता

विवेकशील साझा पार्टीबाट एकीकरण प्रक्रिया मार्फतसंघीय नेतृत्व मञ्च (Federal Leadership Forum) को संघीय सदस्यमा नेतृत्वदाय...
19/12/2025

विवेकशील साझा पार्टीबाट एकीकरण प्रक्रिया मार्फत
संघीय नेतृत्व मञ्च (Federal Leadership Forum) को संघीय सदस्यमा नेतृत्वदायी क्षमता, समावेशिता तथा राष्ट्रिय छविका आधारमा तपशील वमोजिम संघीय सदस्य मनोनयन भएको छ।
पहिलो चरणको नामावली:

यो सन्देश हामी सबैका लागि अर्थपुर्ण छ। सार्वजनिक मन्चमा वाचन गरिएको एरिका भाउजुको सन्देश यहाँ पनि राखे। बिबेकशील साझा पा...
02/12/2025

यो सन्देश हामी सबैका लागि अर्थपुर्ण छ। सार्वजनिक मन्चमा वाचन गरिएको एरिका भाउजुको सन्देश यहाँ पनि राखे।

बिबेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको एकीकरणको अवसरमा शुभकामना सन्देश

सबैलाई नमस्ते,

आजको यो ऐतिहासिक दिनमा, बिबेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकै उद्देश्य, एकै यात्रामा उभिनु भएकोमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। देशको वर्तमान परिस्थितिमा यो एउटा सकरात्मक कदम हो।

आजको यो क्षण थुप्रै भावनाहरूले भरिएका छन —चिन्तन, आत्मा समिक्षा, र नयाँ आशा। यो मात्र एक संरचनात्मक परिवर्तन नभई— जागरुक नागरिक, नैतिक नेतृत्व र सकारात्मक परिवर्तनमा आधारित आन्दोलनको निरन्तरता हो जस्तो लाग्छ। फूट्न सजिलो छ तर जुटेर positive virus बनेर ईमानदारी, साहस र स्पष्टताका साथ नेतृत्व गर्न सक्नुपर्छ भन्ने उज्वलको भनाई थियो। उहाँको विश्वास थियो कि परिवर्तन शक्तिबाट होइन, नागरिकबाट सुरु हुन्छ। यो यात्रा marathon हो, कठिन पनि उतिकै छ, एकलै हिड्दा थाकिन्छ, त्यसैले मिलेर नै अगाडि बढनुपर्छ। उहाँ सधैं भन्नुहुन्थ्यो, “हामीले नगरे कस्ले? अहिले नगरे कहिले?”

म यो एकीकरणलाई अझ सबल र प्रभावकारी यात्राको सुरुवातको रूपमा हेर्छु। यस्तो यात्रा, जहाँ राजनीति उत्तरदायी हुन्छ, युवाहरू योग्यताका आधारमा अघि बढ्छन्, जहाँ नागरिकहरू नडराई सहभागी हुन्छन्, र जहाँ देश इमानदारी र समानुभुतिका साथ अघि बढ्छ।

आज यहाँ एकसाथ आउनु भएका दुवै पक्षका नेतृत्व, समर्थक र शुभचिन्तकहरूलाई मेरो तर्फबाट हार्दिक शुभकामना बधाइ दिन चाहन्छु र आशा गर्छु कि उज्वलले बोकेका मूल्य मान्तयाहरू — साहस, सेवा, सत्यनिष्ठा र नागरिकप्रेम — यो नयाँ यात्राको मार्गदर्शक बनेर नागरिककै भावना, नागरिककै हितका लागि अघि बढ्ने प्रेरणा लिनेछ। यो एकता साँचै नै पारदर्शी, जवाफदेही र नागरिक–पहिला भन्ने राजनीतिक संस्कार निर्माणतिर महत्वपूर्ण मोड बन्न जाओस्।

धन्यवाद, र सफलताको लागि धेरै धेरै शुभकामना।
एरिका

हार्दिक अनुरोधराष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू ...
02/12/2025

हार्दिक अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ।

पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ। सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।

तसर्थ, पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौं। उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं।

उम्मेदवार छनोट समिति
राष्ट्रिय स्वतन्त्र पार्टी

Address

Lalitpur Metropolitan City, 03, Maitri Marg, Bakhundole
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Bibeksheel Sajha Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bibeksheel Sajha Party:

Share