31/08/2026
काठमाडौं महानरपालिका शिक्षा विभाग द्वारा चाँडै नैं लागू गर्न गई रहेको सिर्जनात्मक शुक्रबार अभियान अन्तर्गत पुस्तक रहित शुक्रबार खेलकुद कार्यक्रमका लागि तेक्वान्दो खेल प्रशिक्षणको मार्गदर्शन निर्माण गरी काठमाडौं महानरपालिका शिक्षा विभाग लाई हस्तान्तरण गरियो । उक्त मार्ग दर्शन निर्माण मा योगदान पुर्याउनु हुने सङ्घका प्रतिनिधि द्वय तेक्वान्दो खेलका विज्ञ नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं कुक्किवन नेपाल प्रमुख, वरिष्ठ तेक्वान्दो प्रशिक्षक, अन्तर्राष्ट्रिय निर्णायक, अन्तर्राष्ट्रिय कोच अन्तर्रा्ष्ट्रिय इन्स्ट्रक्टर श्री टीका प्रसाद लिम्बु (टार्जन सुब्बा), नेपाल तेक्वान्दो संघ का प्राविधिक शाखा प्रमुख, अन्तर्रा्ष्ट्रिय निर्णायक तथा अन्तर्रा्ष्ट्रिय इन्स्टक्टर श्री बन्दना राई, काठमाडौं महानगरपालिका शिक्षा विभाग का स्रोत शिक्षक श्री कपिल जंग पाण्डे तथा श्री रश्मि तामाङ र जनप्रभात मावि का शिक्षक श्री सर्मिला वि क लगायत काठमाडौं महानगरपालिका शिक्षा विभाग समेत सम्पूर्ण मा तेक्वान्दो परिवार काे तर्फ बाट धन्यवाद व्यक्त गर्दै यस कार्यक्रम काे सफल सञ्चालन का लागि शुभकामना ।