National Human Rights Commission of Nepal - NHRC, Nepal

National Human Rights Commission of Nepal - NHRC, Nepal Official page of National Human Rights Commission of Nepal. News, releases, Activities, In It was established in 2000 AD.
(1)

National Human Rights Commission of Nepal is a Constitutional Body of Nepal, established according to Paris Principles for ensuring Protection, Promotion and Respect of Human Rights in Nepal. It has it's central office in Harihar Bhawan Lalitpur, 5 regional Offices in Dhangadhi, Nepalgunj, Pokhara, Janakpur and BiratNagar, along with 3 sub-regional offices in Jumla, Khotang and Butwal.

  Noticeमालसामान ढुवानी सेवाको लागि दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।  २०८३।०५।०५ गतेDownload_Link: https://www.nhrcnepa...
21/08/2026

Notice

मालसामान ढुवानी सेवाको लागि दरभाउपत्र आह्वान सम्बन्धी सूचना । २०८३।०५।०५ गते

Download_Link:https://www.nhrcnepal.org/uploads/career_notice/%E0%A4%A6%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%89%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B6%E0%A4%A8_%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE_0001.pdf

21/08/2026

राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाको आ.व. ०८२/०८३ को बार्षिक गतिविधि पुस्तिका ।

Download_Link:https://karnali.nhrcnepal.org/branch-office/uploads/publication/Final_NHRC_Jumla_Book_Report_2082-83_%E0%A4%AB%E0%A4%BE%E0%A4%88%E0%A4%A8%E0%A4%B2_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A81.pdf

  Noticeमानव अधिकार पुरस्कार सम्बन्धी सूचना । २०८३/४/३१ Download Link: https://www.nhrcnepal.org/uploads/career_notice/N...
20/08/2026

Notice

मानव अधिकार पुरस्कार सम्बन्धी सूचना । २०८३/४/३१

Download Link:https://www.nhrcnepal.org/uploads/career_notice/Notice_for_Human_Rights_Award_2083-4-31.pdf

  Press Releaseप्रेस विज्ञप्ति३ भाद्र, २०८३धर्नामा बसेकाहरुको स्वास्थोपचार, खानपान, बसोबास र सुरक्षामा ध्यान दिनवार्ताकै...
19/08/2026

Press Release

प्रेस विज्ञप्ति
३ भाद्र, २०८३

धर्नामा बसेकाहरुको स्वास्थोपचार, खानपान, बसोबास र सुरक्षामा ध्यान दिन
वार्ताकै माध्यमबाट समस्याको समाधान गर्न

बैँक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीहरुले विभिन्न मागहरु राखीे विगत पाँचदिनदेखि राष्ट्रिय मानव अधिकार आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले निरन्तर अनुगमन गर्नुका साथै उनीहरुका समस्याहरुलाई नजिकबाट नियालिरहेको छ । समस्याको समाधानका लागि नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालको तर्फबाट वार्ता टोली गठन भएकोलाई आयोगले सकारात्मक रुपमा लिएको छ ।
लामो समय सडकपेटीमा धर्ना बस्दा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकहरुको स्वास्थमा समस्या आउन सक्ने र धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा प्रदर्शनरतहरुको सुरक्षार्थ निजहरुलाई उचित स्थानमा स्थानान्तर गर्न र निजहरुको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, हरेक समस्याको समाधान वार्ता र संवादबाटै संभव भएकाले दुवैतर्फका वार्ता समितिहरुले वार्तालाई निरन्तरता दिई वार्ताकै टेबलबाट समस्याको समाधान निकाल्न समेत आयोग अनुरोध गर्दछ ।

..........................
डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

Link :https://www.nhrcnepal.org/uploads/press_release/NHRC_Nepal_Press_Release-2083-5-3.pdf

19/08/2026

मानव अधिकार सम्बन्धी PODCAST को चौथो शृङ्खला ।
Releasing Soon.....


मानव अधिकार सम्बन्धी PODCAST को चौथो शृङ्खला ।Coming Soon.....
14/08/2026

मानव अधिकार सम्बन्धी PODCAST को चौथो शृङ्खला ।
Coming Soon.....


14/08/2026
  Press Releaseप्रेस विज्ञप्ति२७  साउन २०८३  सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस युवाहरुको अधिकार सुनिश्चित गर सन् १९९८ ...
12/08/2026

Press Release

प्रेस विज्ञप्ति

२७ साउन २०८३

सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस
युवाहरुको अधिकार सुनिश्चित गर

सन् १९९८ मा पोर्चुगलको लिस्बनमा आयोजित युवासम्बन्धी विश्व सम्मेलनले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउन सिफारिस गरेको थियो। उक्त सिफारिसलाई संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा (प्रस्ताव नं. ५४/१२०) अनुमोदन गरेपछि सन् २००० देखि यो दिवस विश्वभर मनाउन थालिएको हो। आज नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष को अन्तर्राष्ट्रिय युवा दिवसको नारा “Different Contexts, Common Aspirations” रहेको छ। राष्ट्रिय मानव अधिकार आयोग अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सम्पूर्ण युवाहरुप्रति शुभकामना व्यक्त गर्दछ।

सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तरपुस्तागत ज्ञान र सीपको हस्तान्तरण प्रभावकारी हुन सक्दैन। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सिर्जना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान, सीप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय बनेको छ । युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्नु राज्यको दायित्व हो।

युवाको आवाजलाई सम्मान गर्नु लोकतान्त्रिक समाजको आधार हो। हरेक युवाको स्वतन्त्रपूर्वक अभिव्यक्ति दिने, शान्तिपूर्ण सभा र संगठन गर्ने अधिकार छ । आलोचनात्मक चेत वा फरक मत राखेकै आधारमा यस प्रकारको अधिकारमाथि अनुचित बन्देज लगाइनु हुँदैन। अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने कुनै पनि सीमा संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्ड अनुकूल, आवश्यक तथा समानुपातिक हुनुपर्दछ। सबै युवालाई जिम्मेवार, शान्तिपूर्ण र तथ्यमा आधारित ढङ्गले आफ्नो विचार व्यक्त गर्न तथा मानव अधिकार र लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्नु राज्यको जिम्मेवारभित्र पर्दछ ।

मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन तथा नेपालका कानुनहरुमा युवाको अधिकार सुनिश्चितताका लागि केही व्यवस्था गरिएका भए तापनि युवाले सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा विचार व्यक्त गर्दा धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी वा अनुचित कानुनी कारबाहीको जोखिम सामना गर्नुपरेका गुनासो राष्ट्रिय मानव अधिकार अयोगमा प्राप्त भएका छन् ।

अत: आयोग नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालसम्बद्ध निकाय र संस्थाहरुलाई युवाको सुरक्षित, समान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न गराउन आग्रह गर्दछ। साथै, युवाविरुद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की, हिंसा, भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीडितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।

……………….‍
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

Download Link:https://www.nhrcnepal.org/uploads/press_release/NHRC_Nepal_Press_Release-2083-4-27.pdf

  Press Releaseप्रेस-विज्ञप्ति२६ साउन, २०८३अनशनरत विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह।सुनसरी देवानगञ्...
11/08/2026

Press Release

प्रेस-विज्ञप्ति

२६ साउन, २०८३

अनशनरत विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह।

सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानविन, पीडितलाई न्याय, सरकारसँग भएको सहमतिको कार्यान्वयन लगायतका मागहरू राखी बिगत १२ दिनदेखि अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ।

यसै सन्दर्भमा आयोगले यादवको स्वास्थ्य स्थिति तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे अनशनस्थल माइतिघर पुगेर जानकारी लिएको छ।अनुगमनको क्रममा निज यादवको सुगर र रक्तचाप घट्दै गएको, लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको छ। अनशन शुरू भएको १२ दिन वितिसक्दा समेत नेपाल सरकारका तर्फबाट स्वास्थ्य उपचार वा कुनै वार्ताको पहल नभएको अनुगमनबाट बुझिएको छ।

अतः अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गरी निजको जीवन रक्षा गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।

……………………..
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

Download Link:https://www.nhrcnepal.org/uploads/press_release/NHRC_Nepal_Press_Release-2083-4-26.pdf

Address

Harihar Bhawan, Pulchowk
Lalitpur
00977

Alerts

Be the first to know and let us send you an email when National Human Rights Commission of Nepal - NHRC, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Human Rights Commission of Nepal - NHRC, Nepal:

Shortcuts

Share