Police Sector Mangalbazar, Lalitpur

Police Sector Mangalbazar, Lalitpur महानगरीय प्रहरी प्रभाग मंगलबजार, ललि?

COVID 19 संक्रमण रोकथाम तथा न्युनीकरण ***************************************** विश्वमा महामारीको रुपमा फैलिएको COVID 19...
23/05/2021

COVID 19 संक्रमण रोकथाम तथा न्युनीकरण
*****************************************
विश्वमा महामारीको रुपमा फैलिएको COVID 19 संक्रमण रोकथाम तथा न्युनीकरणको लागि महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुरबाट चार पाङ्ग्रे सवारी तथा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरीएको साथै अनावश्यक हिँडडुल गर्ने मानिसहरुलाई होल्डिङ सेन्टरमा केही समय राखी सम्झाई बुझाई गरी छाडिएको ।

बिदाई तथा फेरी भेटौला कार्यक्रम:-********************************तालुक महानगरीय प्रहरी कार्यालय कर्मचारी प्रशासन शाखाको ...
20/04/2021

बिदाई तथा फेरी भेटौला कार्यक्रम:-
********************************
तालुक महानगरीय प्रहरी कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. ६३६१ मिति २०७७।१२।२८ गतेको पत्रले यस कार्यालयको कार्यालय प्रमुखको रुपमा काज खटिई आउनु भएका प्रहरी निरीक्षक हिम बहादुर खत्रीलाई मिति २०७८।०१।०६ गते यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक बिष्णु कुमार बस्नेत ज्युबाट मायाको चिनो प्रदान गर्नुका साथै शुभकामना मन्तव्य दिदै विदाई तथा फेरी भेटौला कार्यक्रमका केही झलकहरु ।

यस कार्यालयमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक सुजन मुदेलसरले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको मिति २०७७।१२।१७ गत...
17/04/2021

यस कार्यालयमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक सुजन मुदेलसरले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको मिति २०७७।१२।१७ गतेको निर्णय अनुसार मिति २०७७।१२।१८ गते नेपाल प्रहरी समूह तर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्तिहुनु भएको हुँदा निज प्र.नि सुजन मुदेलसरलाई आज मिति २०७८।०१।०४ गते यस प्रभागमा गरिएका शुभकामना, बधाई तथा फेरी भेटौला कार्यक्रमका केही झलकहरु ।

मिति २०७८।०१।०१ गते बिहान अन्दाजी ११:३० बजेको समयमा यस कार्यालयबाट  गाबाहाल चोकमा खटिएको डियुटीले वर्ष ३ को शुसान्त राना...
14/04/2021

मिति २०७८।०१।०१ गते बिहान अन्दाजी ११:३० बजेको समयमा यस कार्यालयबाट गाबाहाल चोकमा खटिएको डियुटीले वर्ष ३ को शुसान्त राना नाम बताउने बालकलाई फेला पारी निजको आफ्नत खोजतलास गरी आज मिति २०७८।०१।०१ गते दिउँसो अन्दाजी १२:३० बजेको समयमा सकुशल रुपमा निज बालकको बाबु रोहीत राना मगरलाई बुझाईयो ।

*******बालक जिम्मा लगाईएको .....*********जिल्ला तनहुँ आबुखैरेनी घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २८...
14/04/2021

*******बालक जिम्मा लगाईएको .....*********
जिल्ला तनहुँ आबुखैरेनी घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धि डेरा गरी बस्ने वर्ष २१ की सिम्रन गुरूङको छोरा वर्ष ५ को दिप्सन गुरूङ मिति २०७८।०१।०१ गते बिहान ८:०० बजेको समयमा हराएको भन्ने सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बालक दिप्सन गुरूङलाई ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को चोक स्थितमा ऐ. मितिको बिहान ९:०० बजेको समयमा फेला पारी यस कार्यालयमा ल्याई निज बालकको आमालाई १:१० बजेको समयमा सकुशल रुपमा जिम्मा लगाई पठाईयो ।

मिति २०७७।१२।१३ गतेका दिन राती अन्दाजी २:०० बजेको समयमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १६ धौगल बजार स्थित मा...
05/04/2021

मिति २०७७।१२।१३ गतेका दिन राती अन्दाजी २:०० बजेको समयमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १६ धौगल बजार स्थित माईकल शाक्यले संचालन गरेको मुर्ति बनाउने स्थानबाट बिभिन्न आकृतिका धातुबाट निर्मित १६ (सोह्र) थान मुर्ति चोरी भएको सम्बन्धमा उक्त मुर्तिहरु चोरी गर्ने मानिसको खोजतलास गर्दै जाँदा मिति २०७७।१२।२२ गतेका दिन काभ्रेपलान्चोक जिल्ला साबिक बेथानचोक गा.बि.स. वडा नं. २ को हाल बेथान गा.पा. वडा नं. ६ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १२ मंगलबजार बस्ने राज कुमार सुनारले चोरी गरी ललितपुर जिल्ला ललितपुर महानगरपलिका वडा नं. ९ बालकुमारी स्थित रहेको केदार के.सीको जग्गामा प्रभुसाह समेतले भाडामा लिई संचालन गरेको गाडी ग्यारेजमा लुकाई छिपाई राखेको अवस्थामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागि तालुक कार्यालयमा बुझाईएको ।

नेपाल सरकार (सचिवस्तर)को मिति २०७७/१०/२६ गतेको निर्णयानुसार  प्र.ना.उ. ( DySP) पदमा बढुवा हुनु भएका प्र.ना.उ. श्री रामेश...
11/02/2021

नेपाल सरकार (सचिवस्तर)को मिति २०७७/१०/२६ गतेको निर्णयानुसार प्र.ना.उ. ( DySP) पदमा बढुवा हुनु भएका प्र.ना.उ. श्री रामेश्वर त्वाँँतीज्यू आज मिति २०७७/१०/२९ गते दर्ज्यानी चिन्ह शुशाेभन पश्चात यस प्रभागमा गरिएका शुभकामना तथा बधाईका केही झलकहरु ।

मिति २०७७/१०/२७ गते ललितपुर म.न.पा. वडा नं. ६ सुन्धाराबाट वेवारिसे अवस्थामा फेला परेका वर्ष ११ को न्युसन मगरलाई गोदावरी ...
10/02/2021

मिति २०७७/१०/२७ गते ललितपुर म.न.पा. वडा नं. ६ सुन्धाराबाट वेवारिसे अवस्थामा फेला परेका वर्ष ११ को न्युसन मगरलाई गोदावरी न.पा. ३ मा अवस्थित Child Protection Centre and Services (CPCS) संस्थामा बुझाएको

नेपाल भाषाको रञ्जना लिपी सहितको कार्यालयको  नयाँ बोर्ड राखिएको
02/02/2021

नेपाल भाषाको रञ्जना लिपी सहितको कार्यालयको नयाँ बोर्ड राखिएको

मिति २०७७/१०/१८ गते बेलुका अं २०:०० बजेको समयमा ललितपुर सातदोबाटो बस्ने राकेश ठाकुरले २ जना पुरुष व्यक्तिले मेरो मोवाईल ...
02/02/2021

मिति २०७७/१०/१८ गते बेलुका अं २०:०० बजेको समयमा ललितपुर सातदोबाटो बस्ने राकेश ठाकुरले २ जना पुरुष व्यक्तिले मेरो मोवाईल चोरी गरी भागे भनि मौखिक जानकारी गराएको आधारमा यस प्रभाग मातहत सिआरभि ग्वार्कोबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ७ ग्वार्को स्थित लुकीछिपी बसेका जिल्ला काभ्रे साबुज भुकदेउ गा बिस वडा नं ५ घर भई हाल ललितपुर लगनखेल बस्ने बर्ष २७ को सुमन मगर र ऐ जिल्ला साबिक बनखु गा वि स वडा नं ४ घर भई हाल काठमाण्डौ सतुङ्गल बस्ने बर्ष २८ को रबिन वाईवाको साथबाट NOKIA-1, SAMSUNG-2, COLORS-1, VIVO-1 र REDMI-1 गरी जम्मा ६ थान मोवाईल बरामद गरी थप अनुसन्धानको लागि म.न.प्र.वृत्त सातदोबाटो ललितपुरमा बुझाईएको ।

हराएको आईफोन अनुसन्धान तथा खोज तलास पश्चात फेला पारी आज मिति २०७७।०९।११ गते सम्वन्धित धनीलाई बुझाईएको
26/12/2020

हराएको आईफोन अनुसन्धान तथा खोज तलास पश्चात फेला पारी आज मिति २०७७।०९।११ गते सम्वन्धित धनीलाई बुझाईएको

फरार प्रतिवादी पक्राउ :-*********************सम्मानित ललितपुर जिल्ला अदालतबाट मिति २०७६।०३।१५ गते चोरी मुद्धामा फैसला भई...
18/12/2020

फरार प्रतिवादी पक्राउ :-
*********************
सम्मानित ललितपुर जिल्ला अदालतबाट मिति २०७६।०३।१५ गते चोरी मुद्धामा फैसला भई फरार रहेका जिल्ला ओखलढुंगा खिजी गा.वि.स. वडा नं. ४ स्थायी घर भई ललितपुर म.न.पा. ११ बस्ने वर्ष २४ को अनिस सुनुवारलाई महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०९।०१ गते ललितपुर म.न.पा. ११ शंखमुलस्थित फेला पारी फैसला कार्यान्वयनका लागि सम्मानित ललितपुर जिल्ला अदालतमा बुझाईएको ।

Address

Mangalbajar
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Police Sector Mangalbazar, Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Police Sector Mangalbazar, Lalitpur:

Share