12/03/2026
बिदाइ कार्यक्रम सम्पन्न गरिएको .......
----------------------------------।
“प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२” लाई स्वच्छ, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धि एकिकृत कार्यविधि २०८२ बमोजिम भर्ना छनौट भई यस इलाका प्रहरी कार्यालय भोर्लेटार लमजुङमा खटिनु भएका सम्पूर्ण निर्वाचन प्रहरीहरुलाई आज मिति २०८२।११।२८ गते निर्वाचन सम्पन्न गर्न उल्लेखनिय योगदान दिनुभएकोमा स-धन्यवाद ज्ञापन सहित प्रमाण पत्र वितरण गरि यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्मा ज्यु ले बिदाई गर्नु भएको ।
लमजुङ जिल्लामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न हर परिस्थितिहरुमा अहोरात्र परिचालित भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण निर्वाचन प्रहरीहरु प्रति उच्च सम्मान व्यक्त गर्दैछौं ।
साथै ४० दिनको अवधिमा यहाँहरुले प्रदर्शन गर्नु भएको उच्च अनुशासन, धैर्यता, व्यवसायिकता, लगनशीलता, कर्तव्यपरायणताको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि समाज र राष्ट्रको शान्तिसुरक्षा, विकास र समृद्धिमा उदाहरणीय भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।
यहाँहरुको जीवनको उत्तरोत्तर प्रगती र समृद्धीको कामना गर्दछौं ।
इलाका प्रहरी कार्यालय भोर्लेटार लमजुङ परिवार ।