04/09/2026
बेसीशहर नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको Digital Display Board सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नियमानुसार Brandlift Consulting ले प्राप्त गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
उक्त Digital Display Board मार्फत स्थानीय तथा राष्ट्रिय स्तरका व्यवसाय, उद्योग, प्रतिष्ठान, सेवा तथा उत्पादनहरूका प्रचारात्मक सामग्रीहरू डिजिटल माध्यमबाट प्रदर्शन गर्न सकिने व्यवस्था रहेको छ।
बेसीशहर नगरपालिका क्षेत्रका व्यवसायी तथा व्यवसायिक प्रतिष्ठानहरूले आफ्नो व्यवसाय, सेवा वा उत्पादनलाई आधुनिक डिजिटल माध्यमबाट प्रवर्द्धन गर्न इच्छुक भएमा आवश्यक जानकारी तथा प्रक्रियाका लागि Brandlift Consulting सँग समन्वय गर्न सकिनेछ।
यसबाट स्थानीय व्यवसाय तथा उद्यमको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
थप जानकारीका लागि (सञ्चालन तथा व्यवस्थापनकर्ता):
📞 Brandlift Consulting
📱 9765943485 | 9766862301
बेसीशहर नगरपालिका