श्री त्रिभुवन मा.बि.घनपोखरा

  • Home
  • Nepal
  • Lamjung
  • श्री त्रिभुवन मा.बि.घनपोखरा

श्री त्रिभुवन मा.बि.घनपोखरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री त्रिभुवन मा.बि.घनपोखरा, Public School, Ghanpokhara, Lamjung.

आज मिति २०८३ भाद्र २५ गतेका दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुन क्रोई गुरुङज्यूको अध्यक्षता तथा मर्स्याङ्दी...
10/09/2026

आज मिति २०८३ भाद्र २५ गतेका दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुन क्रोई गुरुङज्यूको अध्यक्षता तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष श्री चेतबहादुर गुरुङज्यूको प्रमुख आतिथ्यतामा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ।
​उक्त कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रगति एवं सफलताको शुभकामना व्यक्त गर्दछौँ। साथै, आफ्ना नानीबाबुहरूको शैक्षिक अवस्थाबारे चासो राखी कार्यक्रममा गरिमामय उपस्थिति जनाउनुहुने सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

​विद्यालय परिवार
त्रिभुवन मावि, मस्याङ्दी-२, घनपोखरा

10/09/2026
09/09/2026

📢 विशेष सूचना | प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन 📢
​यस श्री त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा आदरणीय अभिभावकज्यूहरूमा हार्दिक नमस्कार।
​यस विद्यालयको मर्स्याङ्दी गाउँपालिका स्तरीय प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा मार्क्ससिट (Marksheet) बितरण कार्यक्रम भोलि मिति २०८३ साल भदौ २५ गते बिहीबार दिनको ठीक ११:०० बजे विद्यालयको प्राङ्गणमा सञ्चालन हुने भएकाले सोसम्बन्धी जानकारी विद्यार्थीहरूमार्फत पठाइसकिएको छ।
​सोही जानकारी तथा यसै सूचनालाई आधिकारिक आधार मानी सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूलाई तोकिएको समयमा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
​यहाँहरूको उपस्थिति र रचनात्मक सल्लाह-सुझावले हाम्रा बालबालिकाहरूको शैक्षणिक उन्नतिमा ठूलो सहयोग पुग्नेछ।
​कार्यक्रमको विवरण:
📅 मिति: २०८३ साल भदौ २५ गते, बिहीबार
⏰ समय: दिनको ठीक ११:०० बजे
📍 स्थान: विद्यालय प्राङ्गण
📝 मुख्य कार्य: प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा मार्क्ससिट (Marksheet)प्रदर्शन/वितरण
​श्री त्रिभुवन माध्यमिक विद्यालय
मर्स्याङ्दी-2,घनपोखरा, लमजुङ

04/07/2026

मिति २०८३/०३/१९ गते शिक्षक श्री आइत जङ वि.क.को विशेष पहलमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, खुदी शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत जम्मा ६० जना नानीबाबुहरूलाई झोला वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुन क्रोए गुरुङज्यूको अध्यक्षतामा तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, क्लस्टर कार्यालय कावासोतीका प्रमुख श्री कुमार भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट खुदी शाखाका प्रमुख श्री सुमन राज गौतमज्यू, कर्मचारीहरू श्री सुदर्शन बहादुर सिंहज्यू, श्री यज्ञराज उपाध्यायज्यू, फुदी प्रहरी चौकीका प्रहरी हवलदार श्री गोपाल नेपालीज्यू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षकहरू, अभिभावकहरू तथा कक्षा ५ सम्मका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्री कुमार भण्डारीज्यूले नानीबाबुहरूलाई झोला वितरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, आगामी दिनहरूमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी ‘कमाउँदै पढ्दै’ कार्यक्रम सञ्चालन गरी उनीहरूमा आत्मनिर्भरता विकास गर्न सकिने तथा समाजमा स्वास्थ्य, शिक्षा र वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सकिने विचार व्यक्त गर्नुभयो।
विद्यालयका तर्फबाट प्रधानाध्यापक श्री गंगा जङ गुरुङज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै सहयोगी संस्थाप्रति हार्दिक आभार प्रकट गर्नुभयो। कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुन क्रोए गुरुङ समापन गर्नुभएको थियो।

मिति २०८३/०३/१९ गते शिक्षक श्री आइत जङ वि.क.को विशेष पहलमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, खुदी शाखाद्वारा स...

मर्स्याङ्दी गाउँपालिकाले प्रदान गरेको ट्र्याकसुटमा श्री त्रिभुवन माविका विद्यार्थीहरू।
27/06/2026

मर्स्याङ्दी गाउँपालिकाले प्रदान गरेको ट्र्याकसुटमा श्री त्रिभुवन माविका विद्यार्थीहरू।

लागू औषध दुर्वेशनी सम्बन्धी एक घन्टे सचेतना कार्यक्रम सम्पन्न
22/06/2026

लागू औषध दुर्वेशनी सम्बन्धी एक घन्टे सचेतना कार्यक्रम सम्पन्न

सरुवा हुन चाहने शिक्षकलाई अवसर
12/06/2026

सरुवा हुन चाहने शिक्षकलाई अवसर

Address

Ghanpokhara
Lamjung
446000

Website

Alerts

Be the first to know and let us send you an email when श्री त्रिभुवन मा.बि.घनपोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category