District Police Office, Mustang

District Police Office, Mustang Welcome to District Police Office, Mustang Official page. For Emergencies, Dial 100 for police support.

मुस्ताङ जिल्लामा  क्रियाशिल संचारकर्मीज्युहरुसंग जिल्लाको समसामयिक सुरक्षा अवस्था , सार्वजनिक सरोकार तथा जनचासोका विषयहर...
03/06/2026

मुस्ताङ जिल्लामा क्रियाशिल संचारकर्मीज्युहरुसंग जिल्लाको समसामयिक सुरक्षा अवस्था , सार्वजनिक सरोकार तथा जनचासोका विषयहरुमा अन्तरक्रिया गरिएको ।

नाम, थर,वतन नखुलेको मानिस मृत फेला परेको सम्बन्धमा*********************************************मिति २०८३।०२।१४ गते अं. १...
30/05/2026

नाम, थर,वतन नखुलेको मानिस मृत फेला परेको सम्बन्धमा
*********************************************
मिति २०८३।०२।१४ गते अं. १७:४८ बजेको समयमा जिल्ला मुस्ताङ घरपझोङ गा.पा. वडा नं. ४ जोमसोम स्थित झोलुङ्गे पुल मुनि कालिगण्डकी नदिको किनारमा बगिरहेको अवस्थामा नाम थर वतन नखुलेको अं. ५०/५५ वर्षको मानिस (पुरुष) फेला पारी तत्काल उपचारको लागी प्रदेश अस्पताल जोमसोम मुस्ताङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको र हाल उक्त अस्पतालको शव गृहमा राखिएको हुँदा निम्न हुलिया भएको मानिसलाई चिन्ने, जान्ने तथा आफन्तले यस जिल्ला प्रहरी कार्यालय मुस्ताङ (९८५७६५०३९९,९८५७६५००३३, ९८५७६५१८८८, १००) मा सम्पर्क गर्नु हुन अनुरोध ।
निम्न हुलियाः-
१. वर्ण गहुँगोरो, उचाई ५’४” भएको, कपाल दाह्रीजुँगा फुलेको, कालो ज्याकेट र कालो पाईन्ट लगाएको ।

विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न२०८३ जेठ १४ गते (मुस्ताङ)***************************तालुक नेपाल प्रहरी प्रधान कार...
28/05/2026

विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८३ जेठ १४ गते (मुस्ताङ)
***************************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौँको चलानी नं. ७०८६ मिति २०८३।०२।०१ गते यस कार्यालयवाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यू.एन. शाखा नक्साल काठमाडौण सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाज्यूलाई यस कार्यालयमा कार्यरत प्रहरी निरिक्षक सन्तोष बस्यालज्यू तथा मातहत परिवारबाट बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न२०८३ जेठ १२ गते (मुस्ताङ)******************************************आज मित...
26/05/2026

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८३ जेठ १२ गते (मुस्ताङ)
******************************************
आज मिति २०८३।०२।१२ गते मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अजिता शर्माज्यू यस जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पाल्नु भई प्रहरी परिचालन कक्ष, हिरासत कक्ष, सम्पुर्ण शाखाहरु, मेस, क्यान्टिन, ब्यारेक समेतको निरीक्षण एवं अनुगमन गर्नुभई कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत प्रदान गर्नु भएको ।

सामाजिक कुरिति विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न***************************************************मिति २०८३ जेठ ०६ ग...
25/05/2026

सामाजिक कुरिति विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न
***************************************************
मिति २०८३ जेठ ०६ गते देखि ऐ. १० गते सम्म थासाङ गाँउपालिकाले आयोजना गरेको पाँच वटै वडामा सामाजिक कुरिति विरुद्ध सचेतनामुलक कार्यक्रममा यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सन्तोष बस्यालले प्रशिक्षण प्रदान गर्नु भएको ।

अबैध काठ सहित मानिस पक्राउ******************************
22/05/2026

अबैध काठ सहित मानिस पक्राउ
******************************

आत्महत्या दुरुत्साहन मुद्धाका फरार प्रतिवादी पक्राउ२०८३ जेठ ०६ गते । (मुस्ताङ)******************************************...
20/05/2026

आत्महत्या दुरुत्साहन मुद्धाका फरार प्रतिवादी पक्राउ
२०८३ जेठ ०६ गते । (मुस्ताङ)
**********************************************

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट जारी गरिएको वैशाख महिनाको प्रगती विवरण सहितको प्रेस विज्ञप्ति:
17/05/2026

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट जारी गरिएको वैशाख महिनाको प्रगती विवरण सहितको प्रेस विज्ञप्ति:

प्रहरी कर्मचारीहरुलाई Self Defensive Driving सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न ======================================...
13/05/2026

प्रहरी कर्मचारीहरुलाई Self Defensive Driving सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
===========================================
मिति २०८३/०१/२९ गते यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सन्तोष बस्याल र जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्र.स.नि. राम बहादुर पुनले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा कार्यरत प्रहरी कर्मचारीहरुलाइ Self Defensive Driving सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको ।

CAP अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न !२०८३ बैशाख २४ गते । (मुस्ताङ) ==================================तालुक...
07/05/2026

CAP अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न !
२०८३ बैशाख २४ गते । (मुस्ताङ)
==================================
तालुक नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराका प्रहरी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाज्यू समेतको टोलीले अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (CAP) कार्यान्वयन सम्बन्धि अनुगमन, निरीक्षण तथा मूल्याङ्कनको सिलसिलामा यस जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पाल्नु भई प्रहरी परिचालन कक्ष, हिरासत कक्ष, अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र समेतको निरीक्षण एवं अनुगमन गर्नुभई कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो ।

Address

Jomsom
Mustang
33100

Alerts

Be the first to know and let us send you an email when District Police Office, Mustang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Mustang:

Share