हेल्लो देवचुली नगरपालिका - Devchuli Municipality

  • Home
  • Nepal
  • Nawalparasi
  • हेल्लो देवचुली नगरपालिका - Devchuli Municipality

हेल्लो देवचुली नगरपालिका - Devchuli Municipality Devchuli Municipality Official Page

06/05/2026

देवचुली । देवचुली नगरपालिकाको वडा नं. १०, ११, १२, १३, १४ र १५ को सार्वजनिक

06/05/2026

देवचुली १०-१५ को सार्वजनिक सुनुवाई सम्पन्न

देवचुली नगरपालिकाको वडा नं. १०, ११, १२, १३, १४ र १५ को सार्वजनिक सुनुवाई भएको छ । नगरपालिकाले साविकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने शिलशिलामा साविकको प्रगतिनगर गाविसको भूगोलमा पर्ने वडाका जनतासँग विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । देवचुली नगरपालिकाले आयोजना गरेको कार्यक्रमको संयोजन देवचुली मिडिया प्रालिले गरेको थियो ।सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा गुनासा, समस्या, जिज्ञासा सहित सुझाव समेत राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको नगर प्रमुख हरिप्रसाद न्यौपाने, वडा अध्यक्षहरु र विषयगत शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

प्रश्नकर्ताले सार्वजनिक जग्गाको व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, प्राकृतिक विपत्ति बाढी–पहिरो, डुबान– कटानका समस्या, सिंचाई, कृषि, बाटो घाटो, शिक्षा, स्वास्थ्य, लक्षित वर्गसँग सम्बन्धित विषयमा नीतिगत तथा व्यवस्थापकीय धारणाका विषयमा सोधेका थिएनगर प्रमुख न्यौपानेले सार्वजनिक सुनुवाईमार्फत जनताले प्रत्यक्ष रुपमा व्यक्त गरेका गुनासा, समस्या लगायतका प्रश्नले आगामी दिनमा आफुहरुलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप प्रमुख पार्वता तिवारीले सार्वजनिक सुनुवाइ महत्व र नगरपालिकाले गरेका सेवा प्रवाहमा जनताबाट आवश्यक सुझाव लिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्न सहज हुने भएकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको जानकारी दिनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले यस आर्थिक वर्षको चैत मसान्तसम्म नगरपालिकाले गरेका शाखागत प्रगति विवरणबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु गौडेलले गर्नुभएको थियदेवचुली नगरपालिकाको कार्यालय परिसरमा भएको कार्यक्रममा नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा नम्बर १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर, वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद भुर्तेल, वडा नम्बर १३ का अध्यक्ष एकदेव पौडेल, वडा नम्बर १४ का अध्यक्ष गोपाल थापा सहित नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख एवं कर्मचारी, विभिन्न राजनैतिक, सामाजिक, संघसंस्था, टोलविकास, क्लब, समूह, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

06/05/2026
06/05/2026

देवचुली । देवचुली नगरपालिकाको वडा नम्बर १-५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

Address

Nawalparasi
Nawalparasi
33004

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97778575010

Alerts

Be the first to know and let us send you an email when हेल्लो देवचुली नगरपालिका - Devchuli Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेल्लो देवचुली नगरपालिका - Devchuli Municipality:

Shortcuts

Share