Kawasoti-17 Nawalpur

Kawasoti-17 Nawalpur Located on Nawalparasi East, now it is merged into Kawasoti-17.

नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमपर्ण गरेका छन् ।जिल्ला प्रहरी कार...
25/09/2025

नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमपर्ण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ ज्ञानोदय चोक नजिकै आज साँझ सवा ६ बजेतिर श्रीमानले श्रीमतीलाई चक्कु प्र्हार गरी हत्या गरेका हुन् ।

कावासोती ८ निवासी ४५ बर्षीय सूर्य प्रसाद पाण्डेले आफ्नै श्रीमती ४० बर्षीया संगीता पाण्डेको हत्या गरेका हुन् ।

उनले आफ्नै घर भित्र श्रीमतीको हत्या गरेका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । उनको घटना स्थलमै मृत्यु भएको अनुमान गरिए पनि मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएपछि मात्र चिकित्सकले मृत घोषणा गरेपछि मात्रै प्रहरीले मृत घोषणा गरेको थियो ।



श्रीमान पाण्डेले श्रीमती पाण्डेको पेटमा चक्कु प्रहार गरेका थिए । घटना स्थलमा चक्कु समेत बरामद गरेको प्रहरीले जनाएको छ । घटना स्थल प्रहरीको सुरक्षामा राखिएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान सूर्य पाण्डे अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । श्रीमान र श्रीमती बीच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरेको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ ।

अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीरपूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, अम्रसा जंगलस्थित...
27/05/2025

अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीर

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, अम्रसा जंगलस्थित भित्री बाटोमा मिति २०८२ जेठ १३ गते बिहान ६:०० बजे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल बाटोमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिहरूको विवरण यसप्रकार छः

१. मनिष घर्ती मगर (२८), बर्दघाट–५ स्थायी घर भई हाल चोरमारामा टायल मार्बल मिस्त्रीको रूपमा कार्यरत – बायाँ खुट्टा भाँचिएको र भित्री चोट गम्भीर, प्रारम्भिक उपचारपछि बिहान ६:४० बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर।

२. नविन कुमाल (२४), चोरमारा, मध्यविन्दु–७ – भित्री चोटका कारण बिहान ६:३० बजे प्रादेशिक अस्पताल डण्डामा मृत घोषणा।

३. रादिम मिधुन (२२), ठेगाना नखुलेको – भित्री चोटका कारण बिहान ६:३० बजे डण्डा अस्पतालमा मृत घोषणा।

कावासोतीमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्युनवलपुर। पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१, लोकहा नजिकैको भित्री सडक...
11/05/2025

कावासोतीमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु
नवलपुर। पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१, लोकहा नजिकैको भित्री सडक खण्डमा वैशाख २७ गते साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ।

बेलुका करिब ६:१० बजे मुण्डेबाट लोकहा तर्फ गइरहेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती नगरपालिका–११, शान्तिटोलका करिब २३/२४ वर्षीय ईश्वर दर्लामी र सोही स्थानका २१/२२ वर्षीय सागर दर्लामी गम्भीर घाइते भएका थिए।

घटनापछि तत्कालै उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा (पूर्व) लगिएको भए पनि उपचारको क्रममा दुवै जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। दुबैजना दाजुभाई भएको प्रहरीले बताएको छ।

दुर्घटनाको खबर पाएसँगै प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

हार्दिक श्रद्धाञ्जली 🙏🏻🙏🏻राष्ट्रिय युवा संघ नेपाल, नवलपुरका सह-सचिव तथा कावासोती नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष तबार...
03/02/2025

हार्दिक श्रद्धाञ्जली 🙏🏻🙏🏻
राष्ट्रिय युवा संघ नेपाल, नवलपुरका सह-सचिव तथा कावासोती नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष तबारक अहमद मियाँको असामयिक निधनले हामी स्तब्ध छौं।
शोकको यस घडीमा स्व. मियाँ प्रती गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँको आत्माले चिरशान्ति पाओस ।

मातातिर्थ औशि तथा आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा सम्पुर्ण आमाहरुमा ढोग तथा नमन गर्दै शु- स्वास्थ्य र दिर्घायुको कामना...
08/05/2024

मातातिर्थ औशि तथा आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा सम्पुर्ण आमाहरुमा ढोग तथा नमन गर्दै शु- स्वास्थ्य र दिर्घायुको कामना गर्द्छु 🙏🙏

हरेक वर्ष चैते  पुर्णिामाको दिन, महाभारत पर्वत श्रृङखलाकाे सवैभन्दा अग्लाे पहाड ( १९३६ मिटर)  देवचुलीको गुफामा रहेकाे  त...
24/04/2024

हरेक वर्ष चैते पुर्णिामाको दिन, महाभारत पर्वत श्रृङखलाकाे सवैभन्दा अग्लाे पहाड ( १९३६ मिटर) देवचुलीको गुफामा रहेकाे तीन कन्या माई को पुजा गर्नका लागि नवलपुर तथा आसपासका चाैधरि समुदायका भक्तजनहरुकाे उपस्थिति ।
तस्विर : Nawalpur Times

नवलपुर, पौष ०९ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएक...
26/12/2023

नवलपुर, पौष ०९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । हिजो आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिन्ुभएको हो । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान आज सोमवार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ ।
११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको सो दबाब अभियानको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
सो यात्रामा रास्वपाका नेता र सांसदहरू समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै पनि यो पटक समय छुट्याउन असमर्थ भएको सभापति लामिछानेले बताउनुभएको छ ।
उहाँले यात्राका क्रममा बिच बिचमा स्वागत वा अन्य कार्यक्रम नराख्न समेत अनुरोध गर्नुभएको छ । रास्वपाको उद्देश्य साङ्केतिक रूपमा सरकारको ध्यानाकर्षण गराउनु रहको र सवारी साधनको आवतजावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि रास्वपा सचेत रहेको लामिछानेले बताउनुभएको छ । उहाँले दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगरिदिन समेत आग्रह गर्नुभएको छ ।

ऐतिहासिक शिव मन्दिरनवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१३ शिख्रौलीघाटमा पुनःनिर्माण गरिएको १३औँ शताब्दीको शिव मन्द...
13/09/2023

ऐतिहासिक शिव मन्दिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१३ शिख्रौलीघाटमा पुनःनिर्माण गरिएको १३औँ शताब्दीको शिव मन्दिर । शिख्रौलीमा मन्दिरको भग्नावशेष भेटिएपछि पुरातात्विक विभागले वि.सं. २०७० मा उत्खनन सुरु गरेर रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण गरेको हो । तस्बिरः टेकराज पोखरेल/रासस

नवलपुरको पहाडी क्षेत्र अन्र्तगत बौदीकाली गाउँपालिका–२, डेढगाउँमा रहेको प्रमुख धार्मिकस्थल अकलादेवी मन्दिर परिसर साथै मन्...
13/09/2023

नवलपुरको पहाडी क्षेत्र अन्र्तगत बौदीकाली गाउँपालिका–२, डेढगाउँमा रहेको प्रमुख धार्मिकस्थल अकलादेवी मन्दिर परिसर साथै मन्दिरमा रहेको शिला । स्थानीय जनश्रुति अनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुङ्गा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएता पनि फेरि अर्को दिन सोही स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको यकिन गरी मन्दिर स्थापना गरिएको भनाइ छ । तस्बिर :दयाराम आचार्य / रासस

नवलपुर जिल्लामा थप ३ जनामा कोरोना सक्रमण पुष्टी भएको छ । कावासोती नगरपालिकाका २२ र ३६ बर्षिय दुइ पुरुष तथा विनयी त्रिवेण...
01/06/2020

नवलपुर जिल्लामा थप ३ जनामा कोरोना सक्रमण पुष्टी भएको छ । कावासोती नगरपालिकाका २२ र ३६ बर्षिय दुइ पुरुष तथा विनयी त्रिवेणी गाउपालिकाका १४ बर्षिय बालकमा कोरोना पुष्टि भएको हो ।

Address

Kumarwarti/5 Dhoki
Nepa
977

Telephone

9814243622

Website

Alerts

Be the first to know and let us send you an email when Kawasoti-17 Nawalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share