21/07/2026
विश्वकप जितेपछि यामलको मनछुने मन्तव्य:
"आज राति मैले स्पेनको लागि विश्वकप उचालेँ तर त्यो भन्दा पनि बढी भविष्यमा मेरा सन्तानलाई बताउने कुरा प्राप्त भएको अनुभव गरेँ। कुनै बेला म बच्चा हुँदा मलाई काखमा समातेको मान्छे आज मैदानको अर्को छेउमा मेरै जस्तो सपना (विश्वकप) का लागि लडिरहेको थियो। फुटबलमा जीवनका चक्रसहितको कहानी देखाउने सुन्दर तरिका छ।
जब अन्तिम सिट्टी बजेपछि मैले मेस्सीलाई हेरेँ। उनलाई म केवल एक प्रतिद्वन्द्वीका रूपमा मात्र देखिनँ। मैले उनमा त्यो खेलाडी देखेँ जसले म सहित लाखौं बालबालिकाहरूलाई फुटबल भन्ने खेल कला पनि बन्न सक्छ भन्ने विश्वास दिलाए। मैले त्यो मान्छे देखेँ जसको भिडियो मैले बारम्बार हेरेको थिएँ ताकि अरू कसैले गर्न नसक्ने तर उसले मात्र गर्नसक्ने कुराहरूको नक्कल गर्न सकुँ।
मलाई थाहा छ यो पराजयमा उनलाई चोट पुगेको छ। जब तपाईं यो उमेरमा पनि त्यति धेरै जोशका साथ खेल्नुहुन्छ। आफ्नो देश छातीमा राखेर हिँड्नुहुन्छ र विश्वकप फाइनलमा हारेको पीडा लुकाउनु हुन्छ। हारिरहेको बेला पनि उनले बल मागिरहेका थिए। मौका सिर्जना गरिरहेका थिए। उनले हार मान्न अस्वीकार गरिरहेका थिए। च्याम्पियनहरूले त्यही गर्छन्।
मानिसहरूले यो विश्वकप स्पेनले जितेको भनेर चर्चा अवश्य गर्नेछन् यो गरिनु पनि पर्छ। तर उनीहरूले यो पनि सम्झनेछन् कि धेरैजसो दिग्गज खेलाडीले अवकाश लिइसकेको उमेरमा मेस्सीले बल छोएपछि पनि विश्वका उत्कृष्ट डिफेन्डरलाई आतंकित बनाइरहेका थिए। त्यो अद्भूत हो।
मेस्सीले मलाई नुहाइदिएको तस्बिर फुटबलको सबैभन्दा चर्चित तस्बिरमध्ये एक बन्यो। आज हामीले सँगै अर्को तस्बिर खिच्यौँ। तर यस पटक मैले उनलाई आमनेसामने भएर धन्यवाद दिन सकेँ। उनी जस्ता खेलाडीहरू बिना म जस्ता बच्चाले यति ठूलो सपना देख्ने आँट गर्दैनथे।
एक दिन मेरो ठाउँ पनि अर्को पुस्ताले लिनेछ। त्यो फुटबल हो। तर अर्को लियोनेल मेस्सी कहिल्यै हुनेछैन। रेकर्डहरू तोड्न सकिन्छ र ट्रफीहरू जित्न सकिन्छ तर खेलसँग प्रेम गर्न सम्पूर्ण पुस्तालाई प्रेरित गर्न इतिहासका केही मानिसले मात्र हासिल गर्न सक्छन्।
आजको रात स्पेनको हो। भोलि पनि बहस जारी रहनेछ। तर लियोनेल मेस्सीप्रतिको मेरो सम्मान कहिल्यै फरक हुनेछैन। उनी को हुन् भनेर प्रमाणित गर्न उनलाई यो फाइनल जित्न आवश्यक थिएन। मेरो लागि उनी सधैं फुटबलले देखेका महान् खेलाडीमध्ये एक रहनेछन्। उनीसँग एउटै मैदानमा खेल्न पाएको सौभाग्य मेरो बाँकी जीवनभर सम्झना रहने छ।"