Transport Management Office, Banke, Nepalgunj

Transport Management Office, Banke, Nepalgunj यातायात व्यबस्था कार्यालय , बाँके

16/08/2026

सुचना । सूचना ।। सूचना ।।।
मिति 2083-03-32 भन्दा अगाडि लिखित पास गर्नु भयकाे र Add category गर्नु भयका परिक्षार्थीहरूले रिट्रायाल काट्दा र ट्रायल पास हुनु भयका परिक्षार्थीहरूले Application Tracking बाट Payment गर्नु हुन जानकारी गराईन्छ ।
edlvrs.lumbini.gov.np

15/08/2026
14/08/2026

Office Approval Complete भएका आवेदकहरुले लिखित परीक्षा वा वर्ग थप हो भने ट्रायल परीक्षाका लागि परीक्षा शुल्क तिर्ने प्रकृया देखा पर्दछ।
त्यसमा तपाइहरुले परीक्षा शुल्क तिरेपश्चात लिखित हो भने लिखितका लागि र वर्ग थप हो भने ट्रायल परीक्षाका लागि आफैले मिति छनौट गर्ने चरण देखा पर्दछ । र तपाइले एउटा मिति छनौट गरेर प्रवेशपत्र सिस्टमबाटै डाउनलोड गरेर प्रिन्ट गर्नुहोला र आफुले बुक गरेको मितिमा कार्यालयमा सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र सहित ताेकियकाे समय भित्र उपस्थित हुनुहोला ।
साथै
नयाँकाे हकमा NID verify हुन नसकेकाहरूले कार्यालयमा आई वायाेम्याट्रिक तथा फाेटाे खिचाउन आउनु हाेला ।
लिखित परीक्षाको नतिजा सजिलै कसरी हेर्ने??
१. सबैभन्दा पहिले आफ्नो प्रवेश पत्रको तल भएको क्युआर कोडलाई क्रप गरि स्क्यान गर्न मिल्ने साइजमा मिलाउनुहोस्।
२. त्यसपछि मोबाइलको स्क्यानर एप प्रयोग गरि उक्त क्युआर कोड स्क्यान गर्नुहोस् । स्क्यान गर्दा edlvrs lumbini डोमेनसहितको एउटा वेब लिङ्क जेनेरेट हुन्छ।
३. अब उक्त लिङ्कलाई थिचेर खाेल्नुहाेस
४. उक्त लिङ्क खोल्दा निम्न तस्वीरमा देखाइए जस्तै इन्टर्फेस खुल्छ।
५. त्यसमा written exam लेखिएको ट्याबमा थिच्नुभए लिखितको नतिजा हेर्न सकिन्छ।
६. साथै ६ नम्बरमा रहेको ट्रायल ट्याबमा थिचेर आफ्नो ट्रायल मिति छनोट मिति चयन गर्न सक्नुहुनेछ।

06/08/2026

सुचना । सुचना ।। सुचना ।।।
यस कार्यालयबाट मिति 2083-4-18, 19, 20, 21 गतेकाे लिखित परिक्षाकाे परिक्षाफल परिक्षार्थीले आफ्नाे प्रबेश पत्रकाे QR scann गरि पास फेल हेर्नू हाेला साथै ट्रायलकाे मिति आफ्नाे अनुकुलकाे मिति छानेर यस कार्यलयकाे ट्रायाल सेन्टर काेहलपुरमा आफुले छानेकाे मिति र समय भित्र हाजिर हुन जानुहाेला । धन्यवाद ।।

03/08/2026

सूचना भाेलि मिति 2083-4-19 गते वर्ग थप गरि ट्रयालकाे मिति छान्नु भयकाे ट्रायाल परीक्षा दिने परिक्षार्थीहरूले परिक्षा स्थगित भयकाे जानकारी गराईन्छ । अर्काे ट्रायल मिति छान्नु हुन जानकारी गराईन्छ ।

02/08/2026

यदि तपाइको ड्राइभिङ लाइसेन्समा भएको मोबाइल नम्बर फेर्नु पर्ने छ ? अब फेर्नुहोस यसरी !

- सबैभन्दा पहिले आफ्नो प्रदेशको ड्राइभिङ लाइसेन्स पोर्टल खोल्नुहोस् । (उदाहरणका लागि लुम्बिनिप्रदेश हो भने edlvrs.lumbini.gov.np मा जान सक्नुहुन्छ ।)
- त्यसपछि ‘Electronic Driving License’ को सेक्सनमा जानुहोस् ।
- अनि, ‘Driving License Details’ मा जानुहोस् ।
- र, आफ्नो नाम, सवारी चालक अनुमतिपत्रको नम्बर र जन्ममिति राख्नुहोस् अनि सब्मिटको बटन ट्याप गर्नुहोस् ।
- यति गरेपछि त्यहाँ ओटीपी कोड गएको नम्बरका केही अङ्क देखिन्छन् । त्यसभन्दा तल मोबाइल नम्बर अपडेट गर्ने अप्सन राखिएको छ।
- त्यहाँ क्लिक गरिसकेपछि मोबाइल नम्बर राख्ने बक्स देखिन्छ र छेउमा अपडेटको बटन छ ।
- नम्बर राखेर अपडेटको बटनमा ट्याप गरिसकेपछि तपाईंले राखेको नम्बरमा ओटीपी कोड जान्छ ।
- र, त्यहाँ आएको ओटीपी कोड राख्नुभयो भने नयाँ नम्बर अपडेट हुन्छ ।

02/08/2026

सूचना । सूचना ।। सूचना ।।।
मिति 2083-04-14 (30-07-2026) विहिवार र मिति 2083-04-15 (31-04-2026) गते शुक्रवारका दिन लिखित मिति छानेर लिखित दिनु आउनु भएको परिर्क्षार्थिहरुले पुनः प्रवेश पत्रमा भएकोQR स्क्यान गरी पुनः लिखित मिति छानेर परिक्षादिन कार्यालयमा आउनु हुन जानकारी गराईन्छ । लिखित परिक्षा हुने समय विहान 6.00 बजे देखि 9 बजे सम्म हुनेछ । साथै वर्ग थप गरी मिति 2083-04-18 गते ट्रायल मिति वुक गर्ने भएको परिक्षार्थीहरुले मिति 2083-04-19 गते पछाडीको मिति छान्नु होला ।

Address

Nepalganj
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97781551487

Alerts

Be the first to know and let us send you an email when Transport Management Office, Banke, Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Transport Management Office, Banke, Nepalgunj:

Shortcuts

Share