Nijgadh Municipality, Bara

Nijgadh Municipality, Bara निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय Among 16 local level governments of Bara, there are four municipalities including Nijgadh Municipality. km.

"सेवाग्राहीको अधिकार: शीध्र सेवा र शिष्ट व्यवहार"

Nijgadh Municipality is situated in Bara District, Province No. 2 of Nepal. Nijgadh formally came into existence as a municipality in May 8, 2014 incorporating the entire areas of the then Nijgadh V.D.C., Bharatgunj Singaul V.D.C. and Ratanpuri V.D.C. Nijgadh Municiplaity is a geographically diverse and culturally very rich land that includes the

spectacular geography and altitudes from the heights of Chure Mountains to the north to the lowland of the Terai to the South. Nijgadh is naturally very beautiful with various types of forest, vegetation, climate and cultures. Its total area is 289.4 sq. with currently an approximate population of 50 thousands. It is divided into 13 Wards and also touches the East-West Highway of Nepal. There is a mixed settlement of different castes, communities and religions residing with harmony in Nijgadh. Nijgadh Municipality was declared open defecation free municipality in February 14, 2016 and consecutively declared fully literate municipality as well in 2017. There are 1 multi faculty governmental university campus, 7 community schools, 20 basic education schools and 12 private schools in Nijgadh. Likewise, Nijgadh has 1 primary health care centre, 3 health posts and 4 basic health care centres and 1 community hospital. The several rivers, streams and streamlets run through the areas of Nijgadh Municipality like the Bakaiya, Dhansar, Bhamara, Bagar, Lal khola, Bhaktalal Khola, Gadhwan, Shaktikhola, etc. The Singaul waterfalls and Shakti Khola area of Nijgadh are attractive spots for tourists. Agriculture is the main source of livelihood in Nijgadh and many parts are covered with forests, rivers and streams. Nijgadh Municipality is also getting developed as banana zone in recent days. Nijgadh carries adequate potentials of turning it into an excellent tourist destination by promoting mountain biking, zip line, trekking and other ecofriendly games and adventures including home stay. Likewise, Nijgadh can be developed as an industrial and educational hub too. There are Shahid Hira Lal Park, View Tower, Mohori Park, Hari Danda, Shiva Satyeshwar Temple, Parbat Nath Temple, Krishna Temple, Ram Janaki Temple, Palyun Samteling Monastery, Halkhoria Pond and other temples, monasteries, mosques and churches in Nijgadh. The museum of aboriginal Kachhadiya Community is also under construction in Nijgadh. Dashain, Tihar, Lhosar, Fagu Purnima, Buddha Purnima and Madhi are main festivals celebrated in Nijgadh Municipality, Every year on Bala Chaturdashi, a Hindu festival, devotees gather on the bank of the Bakaiya river for rituals. Nijgadh Municipality has all potentials necessary for development and connected with the national priority projects like the Terai Madhesh Fast Track Highway and Nijgadh International Airport. As a local government, Nijgadh Municipality has been allocating resources and making all efforts for developing it as a green smart city of Nepal.

सुझाव सम्बन्धमा।
01/06/2026

सुझाव सम्बन्धमा।

मिति २०८३।०२।१७ गते निजगढ नगरपालिकाको आयोजनामा संरक्षण नेपाल र यूनाइटेड मिशन टू नेपाल संस्थाको आर्थिक तथा प्राविधिक सहयो...
01/06/2026

मिति २०८३।०२।१७ गते निजगढ नगरपालिकाको आयोजनामा संरक्षण नेपाल र यूनाइटेड मिशन टू नेपाल संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा निजगढ नगरपालिकाको स्वास्थ्य नीति निर्माणको लागि सरोकारवालाहरुसँगको प्रारम्भिक छलफल एवं १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभाध्यक्षता नगर प्रमुख सुरथ पुरीज्यूले गर्नु भएको थियो। कार्यक्रममा वडा अध्यक्ष्यज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, पूर्व जनप्रतिनिधिज्यूहरु,विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, निजगढ नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुखज्यूहरु, संस्थागत एवं सामुदायिक अस्पतालका प्रतिनिधिज्यूहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, निजगढ नगरपालिकाको स्वास्थ्य शाखा,योजना तथा अनुगमन शाखा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुखज्यूहरु लगायत संरक्षण नेपाल र यूनाइटेड मिशन टू नेपालका कर्मचारीज्यूहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्य नीति निर्माणका लागि आवश्यक पूर्व तयारी एवं कानूनी प्रावधानहरुको सम्बन्धमा प्रशिक्षक श्री रबि कुमार भाष्करले आफ्नो प्रस्तुतीकरण राख्नु भएको थियो र सहभागी सरोकारवालाहरुले स्वास्थ्य नीति निर्माणको लागि आ-आफ्नो राय एवं सुझावहरु राख्नु भएको थियो भने मन्तव्य सहित कार्यशाला गोष्ठीको प्रथम शेसनको समापन मन्तव्य नगर प्रमुख श्री सुरथ पुरीज्यूले राख्नु भएको थियो। प्रथम सेसनको समापन पछि सहभागीहरुलाई तीन ओटा समूहमा वर्गीकरण गरि खुला छलफल मार्फत समूहगत रुपमा सुझावहरु लिइएको थियो। कार्यशाला गोष्ठीको प्रथम सेसनको कार्यक्रम संचालन नगर कार्यपालिकाको कार्यालय निजगढका योजना तथा अनुगमन शाखा प्रमुख जीवन गौतमले गर्नु भएको थियो।

मिति २०८३/०२/१४ गते बिहिबार यस यस निजगढ नगरपालिकाद्वारा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा (HRDC) संगको ...
29/05/2026

मिति २०८३/०२/१४ गते बिहिबार यस यस निजगढ नगरपालिकाद्वारा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा (HRDC) संगको सहकार्यमा अपांगता भएका व्यक्तिहरुको शारीरिक परिक्षण तथा सहायक सामग्री नापजाँच शिविर संचालन गरि उक्त शिविरबाट आवश्यकता अनुसारको सहायक समाग्री हस्तान्तरण गरियो।

आज मिति २०८३।०२।१५ गते निजगढ नगरपालिकाद्वारा १९ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित  झण्डोत्तोलन तथा शुभकामना आदानप्रदान का...
29/05/2026

आज मिति २०८३।०२।१५ गते निजगढ नगरपालिकाद्वारा १९ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तोलन तथा शुभकामना आदानप्रदान कार्यक्रम निजगढ नगरपालिकाको कार्यालय परिसरमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभाध्यक्षता नगर प्रमुख सुरथ पुरीज्यूले गर्नु भएको थियो। कार्यक्रममा बिशिष्ट व्यक्तित्वहरु, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, पूर्व जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुखज्यूहरु, पत्रकार, वुद्धिजिवी एवं समाजसेवीहरु,प्रधानाध्यापक एवं शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु लगायत निजगढ नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य श्री मैयाँ कुमारी सुनारले राख्नु भएको थियो भने राजनीतिक दलको तर्फबाट शुभकामना मन्तव्य नवराज तिमल्सिना, थानेश्वर सापकोटा र सन्तोष दंगालले राख्नु भएको थियो र बिशिष्ट व्यक्तित्वको तर्फबाट पूर्व नगर प्रमुख श्री सुरेश कुमार खनालज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो र अन्त्यमा आफ्नो मन्तव्य सहित कार्यक्रमको समापन मन्तव्य नगर प्रमुख श्री सुरथ पुरीज्यूले राख्नु भएको थियो। कार्यक्रम संचालन नगर कार्यपालिकाको कार्यालय निजगढका योजना तथा अनुगमन शाखा प्रमुख जीवन गौतमले गर्नु भएको थियो।

गणतन्त्र दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश ।
29/05/2026

गणतन्त्र दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश ।

निमन्त्रणा सम्बन्धमा।
28/05/2026

निमन्त्रणा सम्बन्धमा।

मिति २०८३/०२/१२ गतेका दिन यस निजगढ नगरपालिकाको वडा नं १३ का वडाअध्यक्ष श्री सुर्य घलान ज्यू को अध्यक्षतामा आ. ब २०८२ /०८...
27/05/2026

मिति २०८३/०२/१२ गतेका दिन यस निजगढ नगरपालिकाको वडा नं १३ का वडाअध्यक्ष श्री सुर्य घलान ज्यू को अध्यक्षतामा आ. ब २०८२ /०८३ को वार्षिक स्विकृत बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत चेपाङ बस्तीका सुनौला हजार दिनका महिलाहरुलाई पोषण सम्बन्धि पोसिलो कोशेली वितरण कार्यक्रममा यस नगर पालिकाको प्र.प्र.अ सर्य प्रसाद गोतम ज्यु ,लेखा शाखा प्रमुख शिव प्र. देवकोटा ज्यु,स्वास्थ शाखा प्रमुख तथा बहुक्षेत्रीय पोषण कार्यक्रमको फोकल पर्सन रमेश लामा ज्यु लगात विभिन्न शाखा मा कार्यरतहरुको कर्मचारी हरुको उपस्थित मा ३५ जना सुनौला हजारदिनका महिलाहरुलाई पोशिलो कोशेली झोला वितरण गरियो ।

HDPE Pipes खरिद सम्बन्धी विधुतीय बोलपत्र आह्वान सूचना ।
26/05/2026

HDPE Pipes खरिद सम्बन्धी विधुतीय बोलपत्र आह्वान सूचना ।

निःशुल्क सीप विकास तालिम संचलान सम्बन्धमा।
25/05/2026

निःशुल्क सीप विकास तालिम संचलान सम्बन्धमा।

निःशुल्क वेटर तालिम संचालन सम्बन्धी सूचना।
25/05/2026

निःशुल्क वेटर तालिम संचालन सम्बन्धी सूचना।

Address

Nijgadh
Nijgarh

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Nijgadh Municipality, Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nijgadh Municipality, Bara:

Share