राजन श्रेष्ठ विदुर नगरपालिका मेयरको सचिवालय

  • Home
  • Nepal
  • Nuwakot
  • राजन श्रेष्ठ विदुर नगरपालिका मेयरको सचिवालय

राजन श्रेष्ठ विदुर नगरपालिका मेयरको सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राजन श्रेष्ठ विदुर नगरपालिका मेयरको सचिवालय, Political organisation, bidur, Nuwakot.
(2)

सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आयोजनामा आज विदुर–५ पिपलटार स्थित गुडविल एकेडेमीमा अन्तर विद्यालय खुल्ला लोकनृत्य प...
21/08/2026

सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आयोजनामा आज विदुर–५ पिपलटार स्थित गुडविल एकेडेमीमा अन्तर विद्यालय खुल्ला लोकनृत्य प्रतियोगिता विदुर नगरपालिकाको नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नगरप्रमुख ज्यूबाट प्रतियोगितामा एकल र समूहगत रुपमा प्रस्तुती देखाई उत्कृष्ट स्थान हासिल गर्नेलाई आयोजकबाट उपलब्ध गराए अनुसार नगद रुपैयाँ सहितको प्रमाणपत्रबाट सम्मान व्यक्त गर्नुभयो । उहाँले सहभागि सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई थप हौसला प्रदान गर्नुभयो भने आयोजक र कार्यक्रम सञ्चालनमा सहयोग पुर्याउनेहरुर्लाइ धेरै धेरै धन्यावाद सहित आगामी दिनमा अझै बृहत्त स्वरुपका कार्यक्रम सञ्चालन गर्न सुझाब दिदै नगरपालिकाबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, ५ का अध्यक्ष लिलानाथ न्यौपाने, सहभागी विभिन्न विद्यालयका विद्यार्थी सहित शिक्षक एंव प्रतिनिधिहरु, स्थानीय एंव राष्ट्रिय कलाकारहरु, प्याब्सन नुवाकोटका पदाधिकारीहरु लगायत सरोकारवाला महानुभावहरुको सहभागिता रहेको थियो ।
मितिः २०८३ भदौ ५ गते ।

विदुर नगरपालिका (४० प्रतिशत) र नेपाल विद्युत् प्राधिकरण (६० प्रतिशत) लागत साझेदारीमा रु. १,७१,००,०००।– (एक करोड एकहत्तर ...
18/08/2026

विदुर नगरपालिका (४० प्रतिशत) र नेपाल विद्युत् प्राधिकरण (६० प्रतिशत) लागत साझेदारीमा रु. १,७१,००,०००।– (एक करोड एकहत्तर लाख रुपैयाँ) विदुर नगरपालिका वडा नं १ स्थित त्रिशूलीको पुरानो पुलदेखि त्रिशूली जल विद्युत केन्द्र–पावर हाउस गेट, इन्टेक हुँदै वडा नं.९ कोलोनी इमिलीको बोटसम्मको सडक स्तरउन्नतीको लागी बोलपत्र आह्वान गरिएको छ । कुल एक करोड एकहत्तर लाख रुपैयाँ लागतमा सडक स्तरउन्नती अन्तरगत कालोपत्रे, ढलान तथा आवश्यक स्थानमा वाल निर्माण समेत गरिने छ । सडक स्तरउन्नतीको लागी बोलपत्र सहित आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढेकाले त्रिशूली बजारबाट कोलनी बजारसम्म अहिले जीर्ण रहेको सडकलाई व्यवस्थित एंव सुरक्षित बनाउने कार्यमा सरोकारावाला सम्पूर्ण महानुभावहरुसंग विदुर नगरपालिकाको नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूबाट सहयोगको लागी अनुरोध गर्नुभएको छ।
मितिः २०८३ भदौ २ गते ।

विदुर नगरपालिकाले प्रदेस सरकारसंगको साझेदारीमा विदुर नगरपालिका वडा नं २ स्थित मैदान टोल हुदै तोपखाना निस्किने वैकल्पिक ब...
12/08/2026

विदुर नगरपालिकाले प्रदेस सरकारसंगको साझेदारीमा विदुर नगरपालिका वडा नं २ स्थित मैदान टोल हुदै तोपखाना निस्किने वैकल्पिक बाटो ढलान सहितको सडकको स्तरउन्नती एंव विस्तारको लागी नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूबाट स्थलगत अवलोकन, निरीक्षण एंव आवश्यक निर्देशन दिनुभएको छ । प्रदेस समपुरक योजना अन्तरगत रु दुई करोड लागतमा मैदान टोल हुदै तोपखाना सडक स्तरउन्नती, ढलान सहितको योजना अघि बढाउन नगरप्रमुख ज्यू सहित उपप्रमुख प्रभा बोगटी, वडा नं १ को अध्यक्ष लेनिन रञ्जित, वडा न २ को अध्यक्ष दिपक कायस्था सहित प्राविधिक शाखाको प्रतिनिधिहरुबाट अवलोकन एंव निरीक्षण गरिएको हो ।

विदुर नगरपालिकाले प्रदेस सरकारसंगको साझेदारीमा विदुर नगरपालिका वडा नं १ स्थित त्रिशूलीको वस्ती विकास क्षेत्रमा कालोपत्रे...
04/08/2026

विदुर नगरपालिकाले प्रदेस सरकारसंगको साझेदारीमा विदुर नगरपालिका वडा नं १ स्थित त्रिशूलीको वस्ती विकास क्षेत्रमा कालोपत्रे सहितको सडकको स्तरउन्नती एंव विस्तारको लागी नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूबाट स्थलगत अवलोकन, निरीक्षण एंव आवश्यक निर्देशन दिनुभएको छ । प्रदेस समपुरक योजना अन्तरगत रु दुई करोड लागतमा त्रिशूलीको वस्ती विकास क्षेत्रमा सडक स्तरउन्नती, कालोपत्रे सहितको योजना अघि बढाउन नगरप्रमुख ज्यू सहित उपप्रमुख प्रभा बोगटी, वडा नं १ को अध्यक्ष लेनिन रञ्जित सहित प्राविधिक शाखाको प्रतिनिधिहरुबाट अवलोकन एंव निरीक्षण गरिएको हो ।

विदुर नगरपालिकाले संघीय सरकारसंगको साझेदारीमा विदुर नगरपालिका वडा नं ९ स्थित सिलट्यान्की देखि आंगापुटार जाने सडकको ढलान ...
04/08/2026

विदुर नगरपालिकाले संघीय सरकारसंगको साझेदारीमा विदुर नगरपालिका वडा नं ९ स्थित सिलट्यान्की देखि आंगापुटार जाने सडकको ढलान तथा कालोपत्रे (पिच) गर्ने योजनाको कार्य अघि बढाउन नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूबाट स्थलगत अवलोकन, निरीक्षण एंव आवश्यक निर्देशन दिनुभएको छ । संघीय समपुरक योजना अनुसार स्तरउन्नती सहितको कालोपत्रे एंव ढलान हुने उक्त सडकको कार्य अघि बढाउनु पूर्व गरिएको अवलोकन एंव निरीक्षणमा नगरप्रमुख ज्यू सहित उपप्रमुख प्रभा बोगटी, वडा नं ९ को अध्यक्ष हरेराम भण्डारी, वडा नं १ को अध्यक्ष लेनिन रञ्जित सहित प्राविधिक टिमको सहभागिता रहेको थियो ।

विदुर नगरपालिका वडा नं ११ निवासी  शारिरिक रुपमा अशक्त हुनुभएका  हिडडुल गर्नको लागी सहज बनाउन विदुर नगरपालिकाको तर्फबाट न...
04/08/2026

विदुर नगरपालिका वडा नं ११ निवासी शारिरिक रुपमा अशक्त हुनुभएका हिडडुल गर्नको लागी सहज बनाउन विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूबाट एक थान आधुनिक ह्वील चियर उहाँको परिवारलाई उपलब्ध गराइएको छ । शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका उहालाई उपलब्ध गराइएको यस सामाग्रिबाट आउजाउ एंव शौचालयको लागी सहयोग पुग्ने विश्वास गरिएको छ । स्वास्थ्यमा गम्भीर समस्या भई आउजाउ एंव हिडडुल गर्न नसक्ने व्यक्ति, ज्येष्ठ नागरिक, शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका नगरबासीलाई आवश्यकता अनुसार नगरपालिकाबाट स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराउदै आएकाले अति आवश्यक भएका महानुभावहरुलाई यसको लाभ लिनको लागी नगरप्रमुख ज्यूबाट अनुरोध गरिएको छ ।

विदुर नगरपालिका वडा नं २ निवासी शारिरिक रुपमा अशक्त हुनुभएका हिडडुल गर्नको लागी सहज बनाउन विदुर नगरपालिकाको तर्फबाट नगरप...
04/08/2026

विदुर नगरपालिका वडा नं २ निवासी शारिरिक रुपमा अशक्त हुनुभएका हिडडुल गर्नको लागी सहज बनाउन विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूबाट एक थान आधुनिक ह्वील चियर उहाँको परिवारलाई उपलब्ध गराइएको छ । शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका उहालाई उपलब्ध गराइएको यस सामाग्रिबाट आउजाउ एंव शौचालयको लागी सहयोग पुग्ने विश्वास गरिएको छ । स्वास्थ्यमा गम्भीर समस्या भई आउजाउ एंव हिडडुल गर्न नसक्ने व्यक्ति, ज्येष्ठ नागरिक, शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका नगरबासीलाई आवश्यकता अनुसार नगरपालिकाबाट स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराउदै आएकाले अति आवश्यक भएका महानुभावहरुलाई यसको लाभ लिनको लागी नगरप्रमुख ज्यूबाट अनुरोध गरिएको छ ।

विदुर नगरपालिका वडा नं ४ निवासी कृतिज्ञ श्रेष्ठ शारिरिक रुपमा अशक्त हुनुभएका हिडडुल गर्नको लागी सहज बनाउन विदुर नगरपालिक...
04/08/2026

विदुर नगरपालिका वडा नं ४ निवासी कृतिज्ञ श्रेष्ठ शारिरिक रुपमा अशक्त हुनुभएका हिडडुल गर्नको लागी सहज बनाउन विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूबाट एक थान आधुनिक ह्वील चियर उहाँको परिवारलाई उपलब्ध गराइएको छ । शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका उहालाई उपलब्ध गराइएको यस सामाग्रिबाट आउजाउ एंव शौचालयको लागी सहयोग पुग्ने विश्वास गरिएको छ । स्वास्थ्यमा गम्भीर समस्या भई आउजाउ एंव हिडडुल गर्न नसक्ने व्यक्ति, ज्येष्ठ नागरिक, शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका नगरबासीलाई आवश्यकता अनुसार नगरपालिकाबाट स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराउदै आएकाले अति आवश्यक भएका महानुभावहरुलाई यसको लाभ लिनको लागी नगरप्रमुख ज्यूबाट अनुरोध गरिएको छ ।

थाइल्याण्डको बैंककमा सम्पन्न GLX World Championship Final 2026 अन्तर्गत Folklore Team विधामा विश्वका विभिन्न देशहरूको सह...
21/07/2026

थाइल्याण्डको बैंककमा सम्पन्न GLX World Championship Final 2026 अन्तर्गत Folklore Team विधामा विश्वका विभिन्न देशहरूको सहभागिताबीच नेपालबाट प्रतिनिधित्व गर्दै NT Dance & Fitness Center (Team NT) ले नेपाली कला, संस्कृति, सभ्यता तथा रीतिरिवाजको संरक्षण र जगेर्ना गर्दै उत्कृष्ट प्रदर्शनका साथ स्वर्ण पदक (प्रथम स्थान) हासिल गर्न सफल भएकोमा बधाई सहित सम्मान व्यक्त गर्दै विदुर नगरपालिकाको नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यू । यसका साथै सहभागीहरुले Open Dance विधामा समेत उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गर्न सफल भएको थिए । नेपाली कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउनु सफल भएको भन्दै प्रतियोगितामा सहभागी सम्पूर्ण भाईबहिनी सहित प्रशिक्षकलाई नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रम मार्फत नगरप्रमुख ज्यू सहित उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाको अध्यक्षहरु लगायतबाट धन्यवाद एंव सम्मान व्यक्त गरिएको हो ।
मिति: २०८३ साउन ५ गते ।

Address

Bidur
Nuwakot
44600

Telephone

+9779851064087

Website

Alerts

Be the first to know and let us send you an email when राजन श्रेष्ठ विदुर नगरपालिका मेयरको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राजन श्रेष्ठ विदुर नगरपालिका मेयरको सचिवालय:

Shortcuts

Share