19/05/2022
हार्दिक आभार तथा धन्यवाद !
आदरणीय सम्पुर्ण इस्ट्र मित्र, नातागोता तथा भुमिकास्थान नगरबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु !
भुमिकास्थान नगरपालिका नेकपा (माओवादी केन्द्र) को तर्फ बाट ५ दलिय सयुक्त गठबंधन को म साझा नगर उप प्रमुख पदमा उम्मेद्वारी दर्ता गरि नगर प्रमुख सहित ५ दलिय साझा गठबंधन तर्फबाट उम्मेदवार रहनुभएका वडा अध्यक्षहरु ,सदस्यहरुलाई बिस्वासका साथ मतदान गरि बिजयी गराउनुहुने सम्पुर्ण नगरबासी आमाबुबा, दिदीबहिनी,दाजुभाईहरु तथा सम्पूर्ण मतदाताहरु र सयोगी मन हरु प्रती हार्दिकआभार तथा धन्यवाद व्यक्त गर्न चाहान्छु lजसरी हजुरहरुले बिश्वास, यो गर्भिलो माया गरि हाम्रो पार्टी र गठबन्धन मा म लगायत धेरै उमेदवार हरुलाई बिजयी गराउन सहयोग गर्नुभयो आगामी दिनहरुमा हजुरहरुले सुम्पिएको जिम्मेवारीलाई निराश नबनाउने गरि घाेषणा पत्र लगायत चुनावी सभा मा गरेका साझा प्रतिवद्ता पूरा गर्ने प्रतिज्ञा गर्दछु।
तपाईहरुको रचनात्मक सयोग र शुझाब हरु को आसा सहित यो ५ बर्ष लाई शोणिम बिकास र समृद्ध नगर को बर्षहरु को रुपमा परिणन गर्न
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण,भौतिक पूर्वाधार, उद्यमशीलता, सहरी सौन्दर्य, सामाजिक उत्थान, युवा खेलकुद, पर्यटन, महिला सशक्तिकरण, बालबालिकाको सर्वोपरी हित, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा समाजमा पछि पारिएका वर्ग, समुदायको उत्थान लगायतका सबै क्षेत्रमा निकैं सुझबुझ तरिकाले दीर्घकालीन लक्ष्यका साथ अघिल्लो जनप्रतिनिधिले गरेका राम्रो कामलाई निरन्तरता दिदै नविनतम सृजनात्मक ढंगले थप प्रभावकारि रुपमा अघि वढाउने छु।
साथै अन्त्यमा अहोरात्र खटेर मलाइ सहयोग गर्नुहुने ५ दलिय गठबन्धनका अगुवा नेता गण ज्यु हरु नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी ,प्रदेश कमिटी ,जिल्ला कमिटी, भुमिकास्थान नगर कमिटी ,वडा, टाेल कमिटी, तथा आमाबुवा तथा दाजुभाई दिदिबहिनीहरु ,निबर्तमान जनप्रतिनिधि ,भुमिकास्थान न पा कर्मचारी ,निर्वाचन कर्मचारी , सुरक्षा निकाय,पत्रकार ,पर्यवेक्षक ,एबम सबै राजनीतिक दलका नेता कार्यकर्ता लगायत विभिन्न माध्यमवाट बधाई तथा शुभकामना दिनुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दे धन्यवाद व्यक्त गर्दछु ।
बाल्कृण्ण बन्जाडे
निर्वाचित नगर उप प्रमुख
भुमिकास्थान नगरपालिका, अर्घाखाँची