नेपाल बौद्धिक परिषद, नुवाकोट

  • Home
  • Nepal
  • Nuwakot
  • नेपाल बौद्धिक परिषद, नुवाकोट

नेपाल बौद्धिक परिषद, नुवाकोट It is an organization of intellectuals who believe in dialectal materialism imposed by Karl Marx.

14/04/2026
शुभकामना आदान प्रदान कार्यक्रम,  २०८३ बैशाख १ ।
14/04/2026

शुभकामना आदान प्रदान कार्यक्रम, २०८३ बैशाख १ ।

20/02/2026

नेपाल बौद्धिक परिषद् नुवाकोटको हार्दिक अपिल ।
=============================
आदरणीय आमाबुबा, दाजुभाइ,
दिदीबहिनीहरु,

जेनजी आन्दोलन पछि देश आम निर्वाचनको माहोलमा छ । राजनीतिक दलहरु निर्वाचनमा होमिसकेका छन् । यो निर्वाचन देश बनाउने र देश जलाउने बीचको जनमत संग्रह हो । त्यसैले देश बनाउनेको पक्षमा मतदान गर्ने कि देश जलाउनेको पक्षमा मतदान गर्ने छनोट गर्ने अधिकार यहाँहरुको हो । निर्वाचनको मनोनयनकै क्रममा भाद्र २४ गते देशमा विध्वंस मच्चाउनेहरुको मुखुण्डो उत्रिसकेको छ। यहाँहरुले पक्कै पनि पहिचान गरिसक्नु भएको छ ।

नेकपा एमाले यो देशको बलियो जनाधार भएको एउटा प्रमुख दल हो । यो निर्वाचनबाट डराएर भाग्ने पार्टी होइन । त्यसैले देशका १६५ वटै निर्वाचन क्षेत्रमा यसले आफ्ना उम्मेदवारहरुलाई खडा गरिसकेको छ । २०४६ सालको जन आन्दोलन पछिका ३५ बर्षमा नेपाली काँग्रेसले १९ बर्ष ५ महीना, नेकपा एमालेले ८ बर्ष ४ महीना, नेकपा माओवादीले ४ बर्ष ९ महीना र अन्य दलहरुले ३ बर्ष १० महिना सरकारको नेतृत्व गरेका थिए । त्यसमा पनि २०७२ सालको भुकम्पको पुनर्निर्माणमा यसले खर्चिनु परेको समय र कोभिड १९ को समयमा यसले ब्यतित गरेका समय अत्यन्त कठिनपुर्ण र देश विकासमा संलग्न हुन जटिल थियो । यस्तो जटिल कालखण्डका बावजुत पनि एमालेले देश विकासको लागि महत्वपुर्ण योगदान पुर्याएको छ ।

अहिले देशमा जति विकास भएको छ त्यो नेकपा एमालेले तय गरेको "आफ्नो गाउँ आफै बनाउँ" र " नौ स अभियान" कार्यक्रमको परिणति हो । नेपालका दुई ठुला विमानास्थल पोखरा विमानास्थल र लुम्विनी विमानास्थल निर्माण, राष्ट्रिय गौरवका सडक आयोजनाहरु संचालन, खानेपानी र सिंचाई आयोजनाहरु संचालन, रेलमार्गको सुरुआत, सुरुङ मार्गहरुको निर्माण, एकै पटक ३०० अस्पताल निर्माणको शिलान्यास जस्ता विकास निर्माणका कामलाई तीव्रता दिएको छ । सुशासनका क्षेत्रमा प्रसस्त सुधारका कामहरु भएका छन् । भ्रष्टाचार न्युनिकरणमा शून्य सहनशिलता अपनाउँदै ललिता निवास जग्गा प्रकरणको उजागर एमाले सरकारले गरेको छ । भ्रष्टाचारमा संलग्न पार्टीकै नेता कार्यकर्तालाई पनि कानुनी दायरामा ल्याएको छ । त्यसैले नेकपा एमालेले देशको क्षमता र सामर्थ्य अनुसार गर्नुपर्ने कार्यहरु गर्न र निभाउनु पर्ने भुमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेको छैन । देशको राष्ट्रियता र भौगोलिक अखंडता कायम राख्न यसले खेलेको भुमिका तथा श्रद्धेय अध्यक्ष के.पि. शर्मा ओलीको राष्ट्रियता प्रतिको चट्टानी अडानको सबै नेपालीले खुलेर प्रशंसा गरिरहेका छन् ।
यसका अगाडि थुप्रै कार्यभारहरु अझै छन् । संविधानमा उल्लेखित संघीयता, गणतन्त्र, धर्म निरपेक्षता तथा समावेशी लोकतन्त्रको संरक्षण र संवर्धन गर्नु पर्ने गहन जिम्मेवारी छ । संतुलित परराष्ट्र सम्बन्ध कायम गर्दै हाम्रा मित्रराष्ट्रहरु सँग द्विपक्षिय हितका आधारमा कुटनितिक सम्बन्धलाई मजवुत बनाउनु पर्नेछ । देशमा रोजगारीका अवसर सिर्जना गर्दै जनशक्ति पलायनलाई रोक्नु पर्नेछ । कृषिको आधुनिकीकरण, बजारको सुनिश्चितता, उद्योग धन्दाको विकास, राष्ट्रिय पुँजीको विकास र पुँजी पलायनमा रोक, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सर्वसाधारण जनताको पहुँच जस्ता थुप्रै कार्यभारहरु पूरा गर्नु पर्नेछ ।

यी कार्यभारहरु पूरा गर्न दीर्घकालिन नीति, सिद्धान्त र ठोस कार्यनीतिहरु आवश्यक पर्दछन् । नेकपा एमाले सँग देश विकासको स्पष्ट नीति, कार्यक्रम र कार्यदिशा छ । जनताको बहुदलीय जनवादको कार्यदिशा मार्फत मात्र यी कार्यभारहरु पूरा गर्न सकिन्छ । एमाले सँग मात्र यस्ता कार्यक्रमहरु छन् । यिनै कार्यभारहरु पूरा गर्नकालागि रानीतिक स्थायित्व आवश्यक पर्दछ । राजनीतिक स्थायित्व दिन सक्ने एक मात्र पार्टी नेकपा एमाले नै हो । यस निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरु सशक्त ढंगले निर्वाचनको अभियानमा संलग्न भइसकेका छन् । यस नुवाकोट जिल्लामा पनि नेकपा एमालेका तर्फबाट क्षेत्र नं १ मा क. बद्री मैनाली र क्षेत्र नं २ मा क. केशव राज पाण्डे उम्मेदवारका रुपमा खडा भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि एमालेका नयाँ अनुहार, सशक्त र युवा उम्मेदवारहरुलाई विजयी गराई राजनीतिक स्थिरता, सुशासन र विकासको गतीलाई निरन्तरता दिन हामी सम्पुर्ण नुवाकोटवासी आमा बुबा दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अपिल गर्दछौं ।
नेकपा एमाले जिन्दावाद ।

Address

Bidur-4, Bidur
Nuwakot
977

Telephone

+9779851048842

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल बौद्धिक परिषद, नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल बौद्धिक परिषद, नुवाकोट:

Shortcuts

Share