ओखलढुंगा समाचार

ओखलढुंगा समाचार ओखलढुंगा जिल्ला नेपालको कोशी प्रदेशमा पर्ने एक ऐतिहासिक र प्राकृतिक रूपले सुन्दर जिल्ला हो। यसलाई "सिद्धिचरण श्रेष्ठको जन्मभूमि" का रूपमा पनि चिनिन्छ।

(2)

मेरो प्यारो ओखलढुंगा

किंवदन्तीअनुसार राज्य एकीकरणको क्रममा भीम मल्लको फौजले किरात शासकहरुलाई धपाए । फौजले लुटेर ल्याएको धान एउटा खोपिल्टा परेको ढुंगामा कुटेर खाएका थिए । त्यही ढुंगाको ओखल रहेको ठाउँलाई ‘ओखलढुंगा’ भनिएको हो । ‘प्राचीन किरात राजा यलम्बरले पश्चिममा त्रिशुली नदीदेखि पूर्वमा टिस्टासम्म आफ्नो राज्य विस्तार गरेका थिए भन्ने अनुमान वा दावी सत्य भएको खण्डमा हालको ओखलढुंगा क्षेत्र पनि उक्त

राज्यमा परेको हुनुपर्छ भन्ने अड्कल गर्न सकिन्छ,’ मेचीदेखि महाकाली–१ पुस्तकमा छ, ‘अझसम्म पनि साधारण बोलीमा यो क्षेत्रलाई वल्लो किरात भनिने गरेकोबाट पनि किरातहरुको प्रभुत्व यस क्षेत्रमा रहेको अडकल गर्न गाह्रो पर्दैन ।’ ओखलढुंगालाई २०१८ सालको जिल्ला पुनर्गठनअघिसम्म ‘पूर्व तीन नम्बर’ भनेर चिनिन्थ्यो ।

शिक्षक सरुवाको विरोधमा हर्कपुर माविमा कक्षा बहिष्कार, विद्यार्थी र अभिभावक धर्नामाओखलढुंगा — श्री हर्कपुर माध्यमिक विद्य...
03/08/2026

शिक्षक सरुवाको विरोधमा हर्कपुर माविमा कक्षा बहिष्कार, विद्यार्थी र अभिभावक धर्नामा

ओखलढुंगा — श्री हर्कपुर माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकको शैक्षिक सत्रकै बीचमा गरिएको काज सरुवाको विरोधमा विद्यार्थी तथा अभिभावक आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनरत पक्षले स्थापित सरुवा निर्देशिकाविपरीत तथा बालबालिकाको शिक्षा र अधिकारमा असर पर्ने गरी सरुवा गरिएको दाबी गर्दै निर्णय तत्काल फिर्ता लिन सम्बन्धित गाउँपालिका, गाउँ शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई २४ घण्टे अल्टिमेटमसहित संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
मागको सुनुवाइ नभएपछि आन्दोलनको पहिलो चरणअन्तर्गत आज विद्यार्थीहरूले विद्यालयको सम्पूर्ण पठनपाठन बहिष्कार गर्दै विद्यालय परिसरमा शान्तिपूर्ण धर्ना दिएका छन्। आन्दोलन परिचालन समितिका अनुसार सरुवा निर्णयले विद्यार्थीको मनोविज्ञान र सिकाइ प्रक्रियामा नकारात्मक प्रभाव पार्ने भएकाले त्यसको विरोध गर्नुपरेको हो।
आन्दोलनरत विद्यार्थी तथा अभिभावकले सम्बन्धित शिक्षकमाथि पूर्वाग्रह र प्रतिशोधका आधारमा सरुवा गरिएको आरोप लगाउँदै उक्त निर्णय तत्काल बदर गर्न माग गरेका छन्।
आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण, संयमित र अनुशासित रहने तथा कुनै पनि प्रकारको तोडफोड वा अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता समेत आयोजकले जनाएका छन्। उनीहरूले तोकिएको २४ घण्टाभित्र सरुवा निर्णय फिर्ता नभए भोलिदेखि थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।
स्रोतः आन्दोलनरत विद्यार्थी

03/08/2026

आज साउनको तेस्रो सोमबार हलेसी महादेवले सबैजनाले दर्शन गर्नुहोस्। जय हलेसी महादेव। हलेसी महादेवले सबैजनाको रक्षा गरोस्।

03/08/2026

निरन्तर बर्षा भैरहेकोले बिपि राजमार्गमा आवतजावत गर्दा प्रहरी प्रशासनसंग समन्वय गरेर मात्र यात्रा गर्नहुन अनुरोध छ ।

01/08/2026

ओखलढुंगामा भारी वर्षा भैरहेको छ।
र पहिहे खोलाको आबस्था यस्तो छ।
video by = Xettri Susil

दुःखद खबर:पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) मा आएको विनाशकारी हिमपहिरोमा परेका प्रख्यात नेपाली पर्वतारोही Nirmal Purj...
01/08/2026

दुःखद खबर:
पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) मा आएको विनाशकारी हिमपहिरोमा परेका प्रख्यात नेपाली पर्वतारोही Nirmal Purja (निम्स दाइ) लाई आधिकारिक रूपमा मृत घोषित गरिएको छ। यो खबरले नेपालसहित विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ।

श्रम संस्कृति पार्टी ओखलढुंगाले आज उबु बाट  वाक्सा आउने बाटो मर्मत गर्दै
01/08/2026

श्रम संस्कृति पार्टी ओखलढुंगाले
आज उबु बाट वाक्सा आउने बाटो मर्मत गर्दै

सिंगो उदयपुर रुवाएको त्यो दु:खद घटना उदयपुरको कटारीमा सपना जस्तै एउटा घटना घट्यो । एक निर्दोष आमाले एकैदिन पलभरमै तीन जन...
31/07/2026

सिंगो उदयपुर रुवाएको त्यो दु:खद घटना

उदयपुरको कटारीमा सपना जस्तै एउटा घटना घट्यो । एक निर्दोष आमाले एकैदिन पलभरमै तीन जना सन्तान गुमाउनुपरेको घटनाले सबैलाई भावबिह्वल बनाएको छ । कटारी ३ हडैयाँमा घर नजिकै पोखरीमा पौडी खेल्न पसेका तीनैजना डुबेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयले देखेपछि तत्काल उद्दार गरी अस्पताल पुर्याएपनी मृत घोषित गरिएको थियो । ११ वर्षका सुमितकुमार दनुवार, ७ वर्षका सुगमकुमार दनुवार र ८ वर्षका आदित्यकुमार दनुवारको मृत्युले सिंगो अभिवावकहरुलाई स्तब्ध बनाएको छ ।
अहिले वर्षाको समय जतिबेला नि वर्षात हुनसक्छ । वर्षाले भेलबाढी बग्छ । खाल्डाखुल्डीमा पानी भरिएको हुन्छ । आफ्ना नानीवाबुहरुलाई एक्लै जथाभावी हिडडुल गर्नबाट रोकौं । आउदा दिनहरुमा यस्ता अप्रीय घटनाहरु हुनबाट बचौं । धन्यवाद

31/07/2026

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा पहिलोपटक जङ्गली हाब्रे (रेड पाण्डा) को भिडियो दृश्य कैद भएको छ। यो दुर्लभ दृश्यले उक्त क्षेत्रमा हाब्रेको उपस्थितिलाई थप पुष्टि गर्नुका साथै यसको संरक्षणका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। �
भिडियो: फुरी शेर्पा

नोट: वन्यजन्तुलाई कुनै पनि किसिमले दुःख दिने, लखेट्ने वा उनीहरूको प्राकृतिक बासस्थानमा अनावश्यक हस्तक्षेप गर्ने कार्य नगर्नुहोस्। वन्यजन्तिको संरक्षण हाम्रो साझा दायित्व हो।

यो सामानको नाम के हो र यसको काम के हो? को कसलाई थाहा छ कमेन्ट गर्नुहोला।
29/07/2026

यो सामानको नाम के हो र यसको काम के हो? को कसलाई थाहा छ कमेन्ट गर्नुहोला।

Address

Okhaldhunga
Okhaldhunga Bazaar
56100

Website

Alerts

Be the first to know and let us send you an email when ओखलढुंगा समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ओखलढुंगा समाचार:

Shortcuts

Share