12/09/2026
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न
===========================================
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३-०५-२७ गते नेपाल प्रहरी प्रदेश कार्यालय,बनेपा काभ्रेको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८३” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धि बिक्रम शाहज्यू सहितको अनुगमन तथा मूल्याङकन टोलीबाट कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन,अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको निरीक्षण समेत गर्नु भएको थियो । साथै केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धि बिक्रम शाहज्यूबाट नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाको कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै समग्र काम कारवाहिको सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाज्युले प्रस्तुतीकरण गर्नु भएको थियो । सो अवसरमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।