नेपाल विधुत प्राधिकरण, परासी वितरण केन्द्र

  • Home
  • Nepal
  • Parasi
  • नेपाल विधुत प्राधिकरण, परासी वितरण केन्द्र

नेपाल विधुत प्राधिकरण, परासी वितरण केन्द्र शाखाको तर्फबाट ग्राहकलाई जानकारी तथा सुचना प्रेषित गर्न र ग्राहकका गुनासो सुनुवाइ गर्न आधिकारिक पेज !

17/08/2026
11/08/2026

१३२/३३ के.भी. गण्डक सबस्टेशनमा प्राविधिक कारणले सिस्टम फेल (System Failure) हुन गएकोले सो सबस्टेशनबाट आपूर्ति हुने ३३ के.भी. लाइन अवरुद्ध भएको छ। जसका कारण परासी सबस्टेशनबाट सञ्चालित सम्पूर्ण ११ के.भी. फिडरहरूबाट हुने विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहेको जानकारी गराइन्छ।
गण्डक सबस्टेशनको सिस्टम सामान्यतया १५ देखि ३० मिनेट (वा बढीमा ४५ मिनेट) भित्र पुनः सञ्चालन (Restore) भई स्थिति सामान्य हुने अपेक्षा गरिएको छ। सबस्टेशनमा विद्युत आपूर्ति सुचारु हुनासाथ परासी वितरण केन्द्र अन्तर्गतका सबै ११ के.भी. फिडरहरू क्रमशः चालु गरिनेछ।

09/08/2026

System फेल भाएको छ ।

06/08/2026

मिति: २०८३/०४/२१
नेपाल विद्युत प्राधिकरणको पालीनन्दन फिडर अन्तर्गत पर्ने पालीनन्दन गाउँपालिकाको कुस्मा स्थित ट्रान्सफर्मरमा अचानक आगलागी भएको खबर प्राप्त भएकाले, सम्भावित जोखिम न्यूनीकरण तथा मर्मत-सम्भार कार्यका लागि पालीनन्दन फिडर सटडाउन (विद्युत आपूर्ति बन्द) गरिएको व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराइन्छ।
मर्मत कार्य सम्पन्न हुनासाथ विद्युत सेवा पुनः सुचारु गरिनेछ। यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।

06/08/2026

गण्डक सबस्टेशनमा आउने १३२ के.भी. सिस्टम नभएकोले यस बितरण केन्द्रका सम्पूर्ण क्षेत्रमा लाइन अबरुद्ध रहेको व्यहोरा अनुरोध छ मिति: २०८३.०४.२१ समय:१०:४१ बिहान

06/08/2026

सन्तपुर सग्राहामा रहेको ट्रान्सफर्मर जलेकाले बदलि कार्यका लागि बडेरा फिडर सटडाउनमा राखिएको व्यहोरा अनुरोध छ
अनुमानित समय : ३० मिनेट

05/08/2026

यस वितरण केन्द्र अन्तर्गत रामग्राम १७ पिपरहीया क्षेत्रमा MCC नेपाल बाट निर्माण भईरहेको नेपाल भारत ४०० के.भी. प्रसारण लाइनको तार तान्ने कार्य भईरहेकाले उक्त क्षेत्रमा रहेको ११ के.भी. तथा एल. टि. लाइन अबरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ

लाइन अबरुद्ध हुने क्षेत्रहरु: पिपरहीया, बेलासपुर ससस्त्र आगाडी, धन्गदावा, हत्तिबन, महुवा

मिति: २०८३.०४.२० गते बिहान ११:०० देखि अन्दाजी १:०० बजे सम्म

नेपाल भारत क्रस बोडर ४०० के.भी. ट्रान्समिसन लाइनको तार तान्ने कार्यका लागि यस वितरण केन्द्र अन्तर्गत रहेको बैकुण्ठपुर दे...
28/07/2026

नेपाल भारत क्रस बोडर ४०० के.भी. ट्रान्समिसन लाइनको तार तान्ने कार्यका लागि यस वितरण केन्द्र अन्तर्गत रहेको बैकुण्ठपुर देखि घनश्यामपुर बीचमा ११ के.भी. परासी पूर्व फिडर तथा ३३ के भी फिडरमा अस्थायी रूपमा केवल तार बाट विद्युत प्रसारण गरिएकाले उक्त खण्डमा रहेको केवल नजिक नजान तथा केवल लाई हानि नोक्सानी हुने कुनै पनि कार्य नगर्न अनुरोध गरिन्छ।

28/07/2026

नेपाल भारत क्रस बोडर ४०० के.भी. ट्रान्समिसन लाइनको तार तान्ने कार्यका लागि यस वितरण केन्द्र अन्तर्गत रहेको बैकुण्ठपुर देखि घनश्यामपुर बीचमा ११ के.भी. परासी पूर्व फिडर तथा ३३ के भी फिडरमा अस्थायी रूपमा केवल तार बाट विद्युत प्रसारण गरिएकाले उक्त खण्डमा रहेको केवल नजिक नजान तथा केवल लाई हानि नोक्सानी हुने कुनै पनि कार्य नगर्न अनुरोध गरिन्छ।

Address

Parasi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00

Alerts

Be the first to know and let us send you an email when नेपाल विधुत प्राधिकरण, परासी वितरण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share