राष्ट्रिय युवा संघ नेपाल राष्ट्रियता, न्याय, समानता, मानवअधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यताप्रति सचेत तथा सामान्तवाद, दलाल, नोकरशाही पुँजीवाद र सम्राज्यवाद विरोधी चरित्रका प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा र स्वतन्त्र सङ्गठन हो । युवाहरुको हक, अधिकार नेपाली समाजको अग्रगामी परिवर्तनको लागि सचेत र संगठित ढङ्गले परिचालित गर्न युवा संघ नेपालको गठन भएको हो ।
राष्ट्रिय युवा सं
घ नेपालका प्रमूख उद्देश्यहरु:
१ देशमा विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक आर्थिक वर्ग चरित्रलाई अन्त्य गर्ने ।
२ जनताको मुक्ती, स्वतन्त्राता र स्वाधिनताका लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने ।
३ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्न युवालाई सहायक शक्तिको रुपमा स्थापित गर्ने ।
४ न्यूनतम् कार्यक्रम जनताको बुहदलीय जनवादी र अधिकतम कार्यक्रम समाजवाद हुँदै साम्यवाद प्राप्त गर्न युवा शक्तिलाई क्रियाशील बनाउने ।
५ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र समाजावादी व्यवस्था निर्माणका लागि देशका सम्पूर्ण युवाहरुलाई संङ्गठित र परिचालन गर्ने ।
६ युवाको हक, हित, अधिकार र सुरक्षाको लागि क्रियाशील रहने ।
७ युवाको मानसिक, बौद्धिक, शारिरीक र व्यक्तित्व विकासका लागि कार्यरत रहने ।
८ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा युवालाई क्रियाशिल बनाउने ।