राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची RSP Melamchi

  • Home
  • Nepal
  • Pati Bhanjyang
  • राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची RSP Melamchi

राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची RSP Melamchi ब्याप्त बेथिति र भ्रष्टाचार अन्त्य भै थिती बसेको देख्न चाहने मेलम्ची नगरवासी सम्पूर्णमा स्वागत छ !

🕊️ हार्दिक श्रद्धाञ्जली तथा समवेदनाराष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची नगर समितिको तर्फबाट हिजो तीन जना दिवंगत आत्माप्रत...
27/09/2026

🕊️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना

राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची नगर समितिको तर्फबाट हिजो तीन जना दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरियो।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस्। 🙏

राष्ट्रिय स्वतन्त्र पार्टी
मेलम्ची नगर समिति

25/09/2026

PM Balen Shah last word of UN General Assembly, "भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिड्न सकुन।.. नमस्ते।" Balen

25/09/2026

“बन्दुक बारुद संसारको कुनै पनि कुनामा समय मै पुग्छन्
तर एउटा किसानलाई खेती गर्न मल पुग्दैन”
-PM BALEN
-Nepal

सम्भावित बाढी, पहिरो तथा विपद्जन्य जोखिमप्रति सतर्कता अपनाउने सम्बन्धमा।सावधानी नै सुरक्षा हो।सतर्क रहौँ, सुरक्षित रहौँ।...
23/09/2026

सम्भावित बाढी, पहिरो तथा विपद्जन्य जोखिमप्रति सतर्कता अपनाउने सम्बन्धमा।

सावधानी नै सुरक्षा हो।
सतर्क रहौँ, सुरक्षित रहौँ।
विपद्को समयमा एक–अर्कालाई सहयोग गरौँ।

रसुवा बाढीमा परी बेपत्ता हुनुभएका मेलम्ची नगरवासीका परिवारजनसँग भेटघाट गरी उहाँहरूको दुःख पीडा र अवस्थालाई नजिकबाट बुझ्न...
22/09/2026

रसुवा बाढीमा परी बेपत्ता हुनुभएका मेलम्ची नगरवासीका परिवारजनसँग भेटघाट गरी उहाँहरूको दुःख पीडा र अवस्थालाई नजिकबाट बुझ्ने प्रयास गर्‍यौँ।
आफ्नो परिवारको सदस्य कहाँ हुनुहुन्छ भन्ने खबरको प्रतीक्षामा बस्नुपर्दाको पीडा कति गहिरो हुन्छ त्यो शब्दमा भन्न सकिँदैन। घरको आँगनमा उहाँ फर्केर आउनुहुन्छ कि भन्ने आशा अझै बाँकी छ तर हरेक दिनको प्रतीक्षा झनै पीडादायी बन्दै गएको छ।
यस्तो कठिन समयमा पीडामा साथ दिनु उहाँहरूको कुरा सुन्नु र आवश्यक सहयोगका लागि पहल गर्नु नै हाम्रो जिम्मेवारी हो। परिवारजनको यो दुःखमा हामीले सकेको साथ र सहयोग निरन्तर रहनेछ।
तपाईँहरू एक्लो हुनुहुन्न।
यो पीडाको घडीमा हामी पनि तपाईँहरूसँगै छौँ।🙏

संविधान दिवसको हार्दिक शुभकामना।
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना।

🕯️ हार्दिक अनुरोध 🙏भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीका कारण ज्यान गुमाउनु भएका मेलम्ची नगरपालिकाका दिवंगत महानुभावहरू...
07/09/2026

🕯️ हार्दिक अनुरोध 🙏

भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीका कारण ज्यान गुमाउनु भएका मेलम्ची नगरपालिकाका दिवंगत महानुभावहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गर्न सम्पूर्ण मेलम्चीवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

📅 मिति: २०८३ भदौ २२ गते
📍 स्थान: मेलम्ची बजार
🕕 समय: साँझ ६:०० बजे

दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरौँ।
एकजुट भई श्रद्धाञ्जली अर्पण गरौँ। 🕯️

जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना।
28/08/2026

जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना।

विज्ञप्ति भोटेकोसी नदीमा आएको आकस्मिक बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा लगायत विभिन्न जिल्लामा...
27/08/2026

विज्ञप्ति
भोटेकोसी नदीमा आएको आकस्मिक बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा लगायत विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची नगरपालिका समिति गहिरो दुःख व्यक्त गर्दछ । यस विपद्का कारण प्रभावित स्थानमा जनजीवन प्रभावित हुनुका साथै धेरै नागरिक सम्पर्कविहीन भएको जानकारीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
विशेषगरी रोजगारीका लागि सो क्षेत्रमा पुग्नुभएका तथा गोसाईँकुण्ड तिर्थाटनमा जानुभएका सिन्धुपाल्चोक जिल्ला तथा मेलम्ची नगरपालिकाका नागरिकसमेत सम्पर्कविहीन भएको अवस्थामा उहाँहरूको अवस्था तत्काल पहिचानका लागि खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हामी नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय तथा सबै सरोकारवाला संघसंस्थाहरूलाई तत्काल समन्वय गरी प्रभावकारी खोज तथा उद्धार अभियान सञ्चालन गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विपद्को यस घडीमा राज्यको सम्पूर्ण संयन्त्र नागरिकको जीवनरक्षामा केन्द्रित हुनुपर्ने हाम्रो स्पष्ट धारणा छ । खोज तथा उद्धार कार्यमा ढिलाइ हुँदा मानवीय क्षति थप बढ्न सक्ने भएकाले सम्भावित सबै स्रोत, साधन र जनशक्ति तत्काल परिचालन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।

आगामी दिनमा पनि अन्यत्र यस्ता घटना भइहालेमा न्युनतम क्षती हुने अवस्था निर्माण गर्न भौगोलिक अध्ययन, द्रुत्ततर सूचना प्रणाली, खोज तथा उद्धार, तालिमप्राप्त जनशक्ति लगाएत विषयमा पुर्वतयारी गर्न समेत सरकारको ध्यानकर्षण गराउँदछौं ।

घटनामा ज्यान गुमाउनु हुने मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । विपद्बाट प्रभावित नागरिक तथा परिवारजनप्रति ऐक्यबद्धता व्यक्त गर्दै सम्पर्कविहीन सबै नागरिकको सकुशल उद्धारको कामना गर्दछौँ । राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा नगर समिति आफ्नो क्षमताअनुसार आवश्यक सहकार्य र समन्वय गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ । रन्जित थापा , नगर सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी ,
मेलम्ची नगरपालिका समिति, सिन्धुपाल्चोक

Address

Pati Bhanjyang

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची RSP Melamchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share